मह उत्पादनमा कमी हुँदै

यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, सिकारी चराको प्रकोप र रोगव्याधीका कारण मह उत्पादन अनपेक्षित रुपले घटेको हो ।

सम्बन्धित सामग्री

दाङमा यस वर्ष मह उत्पादनमा कमी

काठमाडौँ, ५ वैशाख । दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय ५० टन मह उत्पादन भएको थियो । पछिल्ला […]

म्याग्दीमा मह उत्पादनमा कमी

गलेश्वर – आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पतिहरु नासिँदै गएपछि पुष्परसको अभाव र विभिन्न किसिमका किरा र रोगको प्रकोपका कारण मौरीलाई आहाराको कमी हुँदा हिमाली जिल्ला म्याग्दीमा मह उत्पादनमा कमी आएको छ । चालु आर्थिक वर्ष २०७८-७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यस वर्ष मह उत्पादन घटेको हो । जिल्लाको विभिन्न स्थानमा किसानहरुले गरेको मौरीपालन […]

म्याग्दीमा मह उत्पादनमा कमी

काठमाडौँ,१७ असार । आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पतिहरु नासिँदै गएपछि पुष्परसको अभाव र विभिन्न किसिमका किरा र रोगको प्रकोपका कारण मौरीलाई आहाराको कमी हुँदा हिमाली जिल्ला म्याग्दीमा मह उत्पादनमा कमी आएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यस वर्ष मह उत्पादन घटेको हो । जिल्लाको विभिन्न स्थानमा किसानहरुले गरेको […]

म्याग्दीमा मह उत्पादन घट्याे, यस वर्ष मात्रै १२ हजार केजी मह उत्पादन

म्याग्दी – म्याग्दीमा यसवर्ष गएका वर्षकाे तुलनामा मह उत्पादन घटेको छ । मौरीमा रोग तथा किराको प्रकोप देखिनु, मौसम प्रतिकूल हुनु, समयमा पर्याप्त फूलहरु नफुल्नु र चरन क्षेत्रको अभावका कारण मह उत्पादनमा कमी आएको हो । म्याग्दीमा १ वर्षको अवधिमा जम्मा १२ हजार केजी मात्रै मह उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभरि यसवर्ष मह उत्पादन घटेको हो । जिल्लाको विभिन्न ठाउँमा किसानहरुले गरेको मौरीपालन व्यवसायबाट यसवर्ष १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्ल...

प्रतिकूल मौसमका कारण मह उत्पादनमा कमी

लमजुङ । लमजुङमा यस वर्ष घरपालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गतवर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् ।      प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गतवर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङले बताएको छ । कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष ११ हजार ५०० मौरी घारबाट ३० टन मह उत्पादन भएको छ । गतवर्ष जिल्लाका किसानले ११ हजार एक सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेका थिए । त्यस्तै २०७६ सालमा ९ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो भने २०७५ मा पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयको तथ्यांक छ । यस वर्ष जिल्लामा प्रतिकिलोग्राम महको मूल्य ८५० देखि ९०० रुपैयाँसम्म रहे पनि किसानले एक हजारसम्ममा बिक्री गरेका छन् । महको बिक्रीबाट यस वर्ष एक करोड ३६ लाख आम्दानी गरेको सूचना अधिकारी रेग्मीले जानकारी दिए । उनका अनुसार जिल्लामा उत्पादन गरिएको मह काठमाडौं, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै शहरबजारमा समेत राम्रो खपत हुँदै आएको छ । बेँशीसहर नगरपालिका–४ पुरानोकोटका मौरीपालक किसान बेनबहादुर गुरुङले गतवर्ष ९६ क्विन्टल मह उत्पादन गरेका थिए । तर यस वर्ष असोजमा बढी वर्षा भएकाले पौने ६ क्विन्टल मह उत्पादन भएको कृषक गुरुङको भनाइ छ । नेपाल मौरीपालक महासंघ जिल्ला शाखा लमजुङका उपाध्यक्ष तथा सुन्दरबजार नगरपालिका–११ का दुव्र दुराले पनि यस वर्ष मह उत्पादन घटेको बताए । ‘गतवर्ष ४५ ओटा मौरीका घारबाट डेढ क्विन्टल मह उत्पादन भएको थियो, यस वर्ष त झन् मौरी घार थपेर ९० ओटाबाट गत वर्षभन्दा दोब्बर उत्पादन होला भनेको थिए, तर डेढ क्विन्टल मात्र उत्पादन भयो ।’ जिल्लाका कृषकले आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगले मह उत्पादन गर्न थालेका छन् । नेपाल मौरीपालक महासंघ जिल्ला शाखा लमजुङका अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार र बेँशीशहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिका रहेका छन् । शाखामा दर्ता भएका ३८२ जनाभन्दा बढी मौरीपालक किसान छन् । मौरीपालक किसानलाई मौरी व्यवसायमा आकर्षित गर्दै मह उत्पादनमा वृद्धि गर्नका लागि यस वर्ष कृषि ज्ञान केन्द्र, बेँसीसहर र सुन्दरबजार नगरपालिकालगायत विभिन्न स्थानीय तहहरूले ५० प्रतिशत अनुदानमा आधुनिक मौरी घार, मौरीसहितको मौरी घारलगायत विभिन्न उपकरण वितरण गरेका थिए । जिल्लाको मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका–४, ५ र ६, सुन्दरबजार नगरपालिका–५ र बेँसीसहर नगरपालिका–२ मौरी पकेट क्षेत्रका रूपमा रहेको कृषि ज्ञान केन्द्रले बताएको छ । जिल्लामा पचास प्रतिशत अनुदानमा गोलासहितका ५०० र खाली घार एक हजार २०० ओटा किसानलाई वितरणका साथै आवश्यक उपकरणसमेत वितरण गरिएको केन्द्रले बताएको छ । रासस

प्रतिकूल मौसमका कारण मह उत्पादनमा कमी

लमजुङ । लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् ।

मह उत्पादन घटेपछि कृषक चिन्तित

नवलपुर । पछिल्ला तीन वर्षयता मह उत्पादन घट्न थालेपछि नवलपुरका मौरीपालक कृषक चिन्तित भएका छन् । मह राम्रो उत्पादन हुने समयमा नै मह उत्पादनमा ह्रास आउन थालेपछि उनीहरु मर्कामा परेका हुन् । मह उत्पादनमा कमी आउन थालेपछि नवलपुरका मौरीपालक कृषक चिन्तित भएका छन् । मह राम्रो उत्पादन हुने समयमा नै मह उत्पादनमा ह्रास आएपछि मर्कामा […]

चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी

बहुउपयोगी चिउरीका बिरुवा संरक्षण हुन नसक्दा यहाँका किसानले पर्याप्त मात्रामा मह उत्पादन गर्न सकिरहेका छैनन् । चितवनको कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का सामुदायिक वनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आएको हो ।कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा पशुचौपाया छाडा छोड्दा, डढेलो लगाउँदा तथा बर्सेनि आउने बाढीपहिराका कारण चिउरीका बोटबिरुवाको संरक्षण हुन नसकेको बताउँछन् । “डिभिजन वन कार्यालय, मौरीपालन विकास कार्यालयले चिउरीको बिरुवा उपलब्ध गराएको छ”, वडाध्यक्ष प्रज

दाङमा यस वर्ष मह उत्पादनमा कमी

दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ ।