किशोरीको अकाउन्टमा ‘काकाबाट बलात्कृत’ भएको सन्देश राख्ने फेसबुकका साथी

काठमाडौं । काठमाडौंको साँखु घर भएकी १८ बर्षीया किशोरीको फेसबुक अकाउन्टबाट फागुन १३ मा  ‘एका घरका पुरुषबाट आफु बलात्कृत भएको’ सन्देश पोष्ट भयो । सन्देशमा आफनै काकाले बलात्कार गरेको र सो घटना बाहिर नलान दबाब दिइएको भन्दै सहयोगको याचना गरिएको थियो । तर, सो सन्देश छोरीले नराखेको किशोरीका बाबुले बताएका छन् । किशोरीका बाबुले रातोपाटीसँग सो सन्देशले परिवार नै स्तब्ध भएको जानकारी दिँदै भने, ‘अर्कैले छोरीको नामको आइडीबाट पोष्ट गरिदिएको रहेछ ।’ सो सन्देश हटाउन र

सम्बन्धित सामग्री

अपरिपक्व यौन सम्बन्धले पुर्यायो किशोरीलाई अस्पताल, किशोरलाई जेल

सामाजिक सञ्जालमार्फत भएको चिनजानपछि प्रेममा डुबेका किशोर–किशोरीबीचको सम्बन्ध वियोगान्त बन्दा किशोरी अस्पताल र किशोर जेल (सुधार गृह) पुगेका छन् । यो घटना भारतको महाराष्ट्र राज्यस्थित बैतूलको हो । किशोरीलाई उच्च रक्तस्राबपछि नागपुरस्थित अस्पताल भर्ना गरिएको छ । महाराष्ट्रकी १७ वर्ष ६ महिना उमेरकी एक नाबालिग किशोरी र १७ वर्ष १० महिना उमेरका नाबालिग किशोरबीचको फेसबुक मित्रता प्रेममा परिणत भएको थियो ।मुल्ताई थाना इलाकास्थित एक गाउँमा बस्ने नाबालिग किशोरले किशोरीलाई धम्की दिएर महाराष्ट्रको

काेशी नदीमा डुबेर किशोरीकाे मृत्यु

२९ असाेज, सप्तरी । काेशी नदीमा नुहाउन गएकी एक किशोरीकाे डुबेर मृत्यु भएको छ । सप्तरीकाे हनुमानागर कंकालिनी नगरपालिका वडा नम्बर १२ ईनरवा निवासी १८ वर्षीया प्रियंका देवकाे बिहीबार काेशी नदीमा डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ । स्थानीयले डुबेकाे देखेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएपनि चिकित्सकले मृत घाेषणा गरेकाे सप्तरी प्रहरीका प्रवक्ता […]

घर घरमा भित्र्याइयो कुश

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याइएका छन्।

आज कुशे औंशी, घर घरमा कुश भित्र्याउने

काठमाडौं, २२ भदौ । आज कुशे औंशी । हिन्दू धर्मावलम्वीहरु आज देव कार्य र पितृ कार्यका लागि अत्यावश्यक वनस्पति कुश काटेर घर घरमा भित्र्याउने गर्दछन् । वैदिक मन्त्रोच्चारणसहित उखेलिएको कुश पुरोहितहरुले यजमानका घरमा पुर्याईदिने चलन पनि रहेको छ । स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।। अर्थात्ः नुहाउँदा, जप स्नान […]

बलात्कार आरोपमा किशोर पक्राउ

बलात्कार गरेको आरोपमा प्रहरीले म्याग्दीको मालिका गाउँपालिका–५ बस्ने किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १५ वर्षका किशोर छन् । शनिवार साँझ पक्राउ गरिएका किशोरले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।बेनी बजारमा रहेको शिखर होटल र होटल डल्फीनमा लगेर ती किशोरले भदौ २ देखी १२ गतेसम्म बलात्कार गरेको उजुरी आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय म्याग्दीले अनुसन्धान गरिरहेको छ ।

कोशीको तिरैतिर

कोशीको तिरैमा चखेवाको जोडी, ए! मन मलाई पनि पूर्व उडाई लग, उडिरहेछन् ती जसरी। बगिरहेछ सप्तकोशी समेटेर सातै नदी, इन्द्रेणीको झझल्को दिइरहन्छ सधैभरि।

हलो क्रान्तिका नायक पण्डित तोयनाथ अधिकारीको शालिक शिलान्यास

लमजुङ – हलो क्रान्तिका नायक स्वर्गीय पण्डित तोयनाथ अधिकारीको शालिक शिलान्यास गरिएको छ । ७२ औँ हलो क्रान्ति दिवसको अवसरमा सोमवार लमजुङको सुन्दरबजार नगरपालिका ४ दुराडाँडा अर्चल्यानीमा रहेको ऐतिहासिक हलो क्रान्ति स्थल बाटेगरामा हलो क्रान्तिका नायक अधिकारीको शालिक शिलान्यास गरिएको हो । हलो क्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको पहलमा बाटेगरामा हलो क्रान्तिका नेतृत्वकर्ता पण्डित तोयानाथ अधिकारीले हलो जोत्दै गरेको शालिकको शिलान्यास गरिएको प्रतिष्ठानका अध्यक्ष दीपक पौडेलले जानकारी दिनुभयो । नेपाली कांग्...

बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण

बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा युनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको शेयर परेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज मात्रै सो कम्पनीको कूल  आठ लाख दुई हजार ४८७ कित्ता शेयर रु ६६ करोड ९४ लाख ४८ हजार ९८९ मा खरीद बिक्री भयो । अघिल्ला दुई कारोबार दिनमा सो कम्पनीको शेयरमा  सकारात्म

एमालेका शीर्ष नेता छलफलमा

नेकपा (एमाले) का शीर्ष नेताहरु पार्टीभित्रको विवाद मिलाउन आज पनि आपसी छलफलमा जुटेका छन्।

माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । पछिल्ला दिनमा लगातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नेप्से पनि नयाँ उचाइमा पुगेको छ । साताको पहिलो दिन आजको कारोवारमा अत्यधिक लगानीकर्ता जलविद्युत् कम्पनीको शेयर खरीद बिक्रीमा लालायित देखिएका छन् । सोही कारण माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ४९ को वृद्धि भई रु ५३९ मा पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना निर्माणको अन्तिम चरणमा रहेको ...