काठमाडौं महानगरपालिका १० मा नेपाली कांग्रेस विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १० को वडाध्यक्षमा नेपाली कांग्रेका रामकुमार केसी विजयी भएका छन् । उनी तीनहजार ४२८ मत ल्याए वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनको प्यानल नै विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अशोक कार्कीले एकहजार ९५३ मत प्राप्त गरे ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं-६ बाट उम्मेदवारमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । विगत १० वर्षदेखि काठमाडौं महानगरपालिका-२६ बाट […]

काठमाडौं महानगरपालिका २६ मा कांग्रेस विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ मा नेपाली कांग्रेस विजय भएको छ ।  वडाध्यक्षमा कांग्रेसका ख्यामराज तिवारी तीनहजार ३१५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तिर्थकाजी डंगोलले दुईहजार ४२९ मत प्राप्त गरे

काठमाडौं महानगरपालिका–२७ मा कांग्रेसका खड्गी विजयी

काठमाडौं - काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ मा नेपाली कांग्रेस जित हासिल गरेकाे छ ।  निर्वाचन आयोगका अनुसार २७ नम्बर वडामा कांग्रेस उम्मेदवार योगेश कुमार खड्गीले वडाध्यक्ष पदमा जित हासिल गरेका हुन् । खड्गीले १५४१ मत ल्याएर जित हासिल गरेकाे आयोगले जनाएकाे छ । उनले एमालेका चिनिया मान बज्राचार्यलाई पराजित गर...

काठमाडौं महानगरपालिका–२७ मा कांग्रेसका खड्गी विजयी

काठमाडौं - काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ मा नेपाली कांग्रेस जित हासिल गरेकाे छ ।  निर्वाचन आयोगका अनुसार २७ नम्बर वडामा कांग्रेस उम्मेदवार योगेश कुमार खड्गीले वडाध्यक्ष पदमा जित हासिल गरेका हुन् । खड्गीले १५४१ मत ल्याएर जित हासिल गरेकाे आयोगले जनाएकाे छ । उनले एमालेका चिनिया मान बज्राचार्यलाई पराजित गर...

काठमाडौं महानगरपालिका–३० मा कांग्रेस विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ ।    कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका हुन् । कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरे ।      सदस्यमासमेत...

काठमाडौंका ११ पालिकामध्ये ७ मा एमाले, ३ मा कांग्रेस र महानगरमा बालेनको अग्रता

काठमाडौं- काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।  हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ वटामा नेपाली कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।  काठमाडौं जिल्लामा एउटा महानगरपालिका र १० वटा नगरपालिका रहेका छन् । जिल्लामा काठमाडौं महानगरपालिका, कागेश्वरी […]

सहमति जुट्न नसकेको ठाउँमा तालमेल नहुनेः महामन्त्री थापा

बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नव वर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताएका हुन्।...

नेपाली कांग्रेस दोलखाका सभापति जुवाको खालबाट पक्राउ

नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा जुवाको खालबाट पक्राउ परेका छन्।  सभापति लामासहित १८ जनालाई कौडा खेलिरहेको अवस्थामा बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा कौडा खेलिरहेको सूचना महानगरीय प्रहरी वृत्त बौद्धको टोली खटिएको थियो । टोलीले छापा मार्दा सभापति लामासहित १८ जना पक्राउ परेका हुन् ।

तत्कालै चुनावमा जानुको विकल्प छैन् : कांग्रेस नेता सिंह

काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संसद बैठक प्रभावकारी रुपमा चल्न नसकेकाले संसदीय मूल्य, मान्यताअनुरूप संसदले काम गर्न नपाएको अवस्थामा ताजा जनादेशमा जानुको विकल्प नरहेको […]

शान्ति निकुञ्ज माविमा अक्सिजनसहित आइसोलेसन केन्द्र

काठमाडौंको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा अक्सिजन सहितको आइसोलेसन केन्द्र स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेस काठमाडौंका नेता राजुराज जोशीको विशेष पहलमा काठमाडौं महानगरपालिका–२० स्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा बुधवारदेखि आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो ।  शुरुमा १० शय्याको अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरिए पनि यसै हप्तामा २० शय्याको आइसोलेशन केन्द्र निर्माण गरिने नेता जोशीले राससलाई जानकारी ...