कोल्याप्स हुँदै अफगान बैंकिङ प्रणाली, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिवान

  काठमाडाैं । अफगानिस्तानमा तालिवानले दुई साताअघि नियन्त्रणमा लिएका बैंक अझै सुचारु हुन सकेका छैनन् । आक्कल झुक्कल खुलेका एक दुईवटा बैंकमा मानिसहरुको भीड थामिनसक्नु छ । लामो समय बैक बन्द हुँदा त्यहाँको बैंकिङ प्रणाली नै ‘कोल्याप्स’ हुने र आर्थिक तथा मानवीय दुर्घटनाको जोखिम बढेको छ । काबुलका केही बैंकबाहिर पैसा झिक्न लामबद्ध उभिएका मानिसहरुको हेर्न […] The post कोल्याप्स हुँदै अफगान बैंकिङ प्रणाली, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिवान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

कृषि विकास बैंकको मोबाइल बैंकिङ प्रणाली स्तरोन्नति

काठमाडौं। कृषि विकास बैंकले विद्युतीय बैंकको मोबाइल बैंकिङ प्रणाली ‘अपग्रेड’ गरेको छ । मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज गराउन सुविधा थप गर्दै बैंकले शुक्रवारदेखि मोबाइल बैंकिङको नयाँ भर्सन ‘एडीबीएल स्मार्ट प्लस’ सञ्चालनमा ल्याएकोे हो । यस भर्सनमा वेबबाट लगइन हुनेछ । यसबाट इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी गर्न सकिने सुविधा थप गरिएको बताइएको छ । यसमा विभिन्न सेवा तथा कारोबारको रकम तथा ‘म्याचुरिटी’ मिति हेर्न मिल्ने, विभिन्न वालेटमा ब्यालेन्स लोड गरी कारोबार गर्न सकिने र ग्राहक सेवामा देखिएका समस्या तथा जानकारी सम्प्रेषण तथा समाधानको सुझाव समेत पाइने सुविधा रहेको बैंकको भनाइ छ । मोबाइल बैंकिङबाट कार्ड ब्लकको अनुरोध गर्न सकिने, पिन परिवर्तन, चेक बुक तथा बैंक विवरण अनुरोध गर्न सकिनेछ । साथै अनलाइनबाटै मुद्दती खाता खोल्न सकिनेछ । विभिन्न सुरक्षा प्रणाली, प्रोफाइल विवरण थप, अनलाइन भुक्तानी लगायतका सुविधा समेत यस भर्सनमा रहेको बताइएको छ ।

आर्थिक मन्दी र युनिभर्सल बैंकिङ प्रणाली

अहिले बैंकले पर्याप्त लगानी गर्न सकेका छैनन् । घरजग्गाको कारोबार सुस्ताएको छ । उद्योगीले आत्मदाह र आत्महत्या गर्ने क्रम चलिरहेको छ । व्यवसायीका यस्ता क्रियाकलापले नेपाल पनि आर्थिक मन्दीमा फसिसकेको संकेत गर्दछ ।मन्दीको अर्थ...

अमेरिकी बैंकिङ संकटः मन्दीको पुनरावृत्ति होला?

अमेरिकामा हालसालै सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक बन्द भएसँगै अरू दुईवटा बैंक बन्द भएपछि अमेरिकाका राष्ट्रपति र अर्थमन्त्रीले अमेरिकाको बैंकिङ प्रणाली बलियो भएकाले जनतालाई विश्वास गर्न आह्वान गर्नुपरेको थियो । यसपछि युरोपका केही बैंकको सेयरको मूल्य घट्न थालेपछि सन् १९२९ देखि १९३३ सम्मको महामन्दी र सन् २००८ को वित्तीय संकटको पुनरावृत्ति भएको भान हुन्छ […]

बैंकिङ प्रणाली विशिष्टीकृत वा युनिभर्सल ?

वाणिज्य बैंकहरूलाई प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा विस्तार गर्न कठिन भएको छ । नेपाल राष्ट्र बैंकले कृषि, लघु, घरेलु, साना एवं मझौला उद्यम र जलविद्युत्मा कुल कर्जाको क्रमशः १५/१५ र १० प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । २०८३ सालसम्म प्राथमिकताप्राप्त क्षेत्रमा कुल कर्जाको ४० प्रतिशत लगानी गर्नुपर्ने भए पनि गएको पुससम्म त्यस्तो लगानी कुल कर्जाको झन्डै २९ प्रतिशत हुन सकेको छ । युनिभर्सल बैंकिङको अवधारणा पनि करीब करीब सबै सेवा प्रदान गर्ने तर बजारको आवश्यकताअनुसार नै काम गर्ने भन्ने हो । युनिभर्सल बैंकिङको अभ्यास आवश्यक ठान्ने केन्द्रीय बैंकले प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा विस्तारको निर्देशन दिएर विशिष्टीकृत बैंकिङतर्फ जोड दिएको हो कि भन्ने देखिन्छ । राष्ट्र बैंकले युनिभर्सल बैंकिङको अवधारणाबाट निर्देशित हुँदै नेपालमा यस्तो अभ्यास गर्न खोजे पनि कैयन् विषयमा स्पष्ट हुन नसक्दा वाणिज्य बैंकहरूलाई प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा विस्तार गर्न कठिन देखिएको हो । आधारभूत रूपमा नै वाणिज्य बैंकहरूको उद्देश्य व्यापार, व्यवसाय वृद्धि गर्नु नै हो । जहाँ फाइदा बढी हुन्छ त्यही क्षेत्रमा लगानी गर्ने र लाभ लिने वाणिज्य बैंकहरूको ध्येय हुन्छ । संसाभरिकै मान्यता यस्तै हो । युनिभर्सल बैंकिङको अवधारणा पनि करीब करीब सबै सेवा प्रदान गर्ने तर बजारको आवश्यकताअनुसार नै काम गर्ने भन्ने हो । नेपालमा युनिभर्सल बैंकिङको अभ्यास आवश्यक ठान्ने केन्द्रीय बैंकले प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा विस्तारको निर्देशन दिएर विशिष्टीकृत बैंकिङतर्फ जोड दिएको हो कि भन्ने देखिन्छ । सिद्धान्त युनिभर्सल बैंकिङको बोक्ने तर अभ्यास विशिष्टीकृत बैंकिङको गर्न खोज्दा सिँगो बैंकिङ प्रणाली नै वर्णसंकरतर्फ जाने हो कि भन्ने खतरा बढेको देखिन्छ । पक्कै पनि युनिभर्सल र विशिष्टीकृत बैंकिङका आआफ्ना फाइदा, बेफाइदा छन् । खुला बजार अर्थतन्त्रमा एउटा ठीक र अर्को बेठीक भन्न सकिँदैन । तर, नियामक निकाय भने नेपालका लागि कुन प्रणाली र अभ्यास आवश्यक छ भन्नेमा स्पष्ट हुनुपर्छ । विशिष्टीकृत बैंकिङ आवश्यक हो भने विपन्न वर्गलाई लक्षित गरी ग्रामीण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाहरूमा समस्या किन आइलाग्यो ? युनिभर्सल बैंकिङलाई नै प्रोत्साहन गर्न खोजिएको हो भने वाणिज्य बैंकहरूलाई मर्चेन्ट बैंक बनाउन किन दिइयो ? त्यसैले यस्ता कुरामा स्पष्ट भएपछि मात्र केन्द्रीय बैंकले लिने निर्णय बढी प्रभावकारी र विश्वसनीय हुन्छ । नेपालजस्तो देशका लागि उत्पादनमूलक क्षेत्रको विकास नगरी आर्थिक समृद्धि नहुनेमा कुनै विवाद छैन । कृषि, ऊर्जा, उद्योग, व्यवसायमा जतिसक्दो बढी लगानी हुनुपर्छ । प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढी हुनेमात्र नभई ब्याजदर पनि सस्तो हुनुपर्छ । तर, यी काम गर्न विशिष्टीकृत बैंकिङको आवश्यकता पर्छ । अहिले प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा विस्तार सुस्त हुनुको कारण नै विशिष्टीकृत बैंकिङको राम्रो अभ्यास हुन नसकेकाले हो । वाणिज्य बैंकहरूको प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा विस्तार सुस्त हुनु स्वाभाविक हो, किनकि अधिकांश बैंकले एउटै क्षेत्रमा केन्द्रित भई काम गरिरहेका छैनन् । त्यति मात्र होइन, केन्द्रीय बैंकको निर्देशनपछि प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा विस्तार गर्न शुरू गरिए पनि वाणिज्य बैंकहरूले जलस्रोत विभाग, कृषि विकास विभाग वा त्यस्तै अन्य विभाग स्थापना गरेर काम गरेका छैनन् । एकातिर प्राथमिकताप्राप्त क्षेत्रको निर्देशन कार्यान्वयन गर्नुपर्ने अवस्था र अर्कोतर्फ विशिष्टीकृत विभाग वा बैंकिङ अभ्यास हुन नसकेपछि समस्या त आउने नै भयो । त्यसैले वाणिज्य बैंकहरूले किन प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा विस्तार गर्न सकेनन् भनेर प्रश्न गर्नुभन्दा पनि किन यस्तो अवस्था आयो भन्ने कुरा महत्त्वपूर्ण हो । प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा विस्तार गर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरूले पनि विशिष्टीकृत रूपमा काम गर्नुपर्छ । विशिष्टीकृत हुनेबित्तिकै ती संस्थाले प्रदान गर्ने सेवा पनि विशिष्टीकृत नै हुन्छ । तर, विशिष्टीकृत काम गर्दा लघुवित्त वित्तीय संस्थालाई जस्तै समस्या पर्‍यो भने के गर्ने भन्नेबारे ठोस योजनाचाहिँ नियामक निकायसँग हुनुपर्छ । जे भेटिन्छ, त्यही क्षेत्रमा काम गर्नेको तुलनामा विशिष्टीकृत क्षेत्रमा काम गर्नेको दायरा त साँघुरो हुन्छ नै । त्यही साँघुरो दायरामा पनि समस्या सृजना भयो भने वित्तीय संस्थाहरू धराशयी हुन बेर लाग्दैन । त्यसैले हाम्रो बैंकिङ प्रणाली युनिभर्सल वा विशिष्टीकृत के हो भन्नेमा स्पष्ट हुन जरुरी छ । यी दुवै प्रणाली राम्रोसँग अभ्यास नहुनुले कतै समग्र बैंकिङ प्रणाली नै वर्णसंकर त हुने होइन भन्ने प्रश्न उब्जिएको छ ।

बैंकिङ पहुँचसँगै इजरायलमा हुन्डी कम

इजरायलमा कार्यरत नेपालीहरूले लामो समयदेखि हुन्डीमार्फत नेपालमा पैसा पठाउने गर्दै आएकामा अहिले उनीहरूको माध्यम बैंकिङ प्रणाली बन्न पुगेको छ । बैंक तथा वित्तीय संस्थाको पहुँच र सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विभिन्न सुविधा दिन थालेपछि हुन्डीको विकल्प बैंकिङ प्रणाली हुन पुगेको हो । सन्राइज बैंक इजरायलका प्रतिनिधि अभिमन्यु दाहालले अहिले इजरायलमा कार्यरत नेपालीमध्ये धेरैले […]

बैंकिङ प्रणाली ह्याकको फेरि चेतावनी, बैंक तथा बित्तीय संस्थामा उच्च सतर्कता

काठमाडौं, पुष १५ । बैंकिङ प्रणाली ह्याकको फेरि चेतावनी आएको छ । अज्ञात समूहले कुमारी बैंकलाई इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो । कुमारी बैंकले यसबारे केन्द्रीय बैंकलाई जानकारी गराइसकेको र केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन भन्दै छानबीन अगाडी बढाइसकेको जनाइएको छ । राष्ट्र बैंकले उच्च सतर्कता अपनाएको बताउँदै अहिलेसम्म […]

तरलता सहज बनाउन रेमिट्यान्स बैंकिङ प्रणालीबाट ल्याउनुपर्छ : अध्यक्ष उपाध्याय

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनुपर्ने बताए । अध्यक्ष उपाध्यायले एनआएनमार्फत नेपाल आउने रकम, रेमिट्यान्स बैंकिङ प्रणालीमार्फत ल्याउने नीति सरकारले बनाउनुपर्ने धारणा राखे । उनले यस्तो गर्न सके वित्तीय प्रणालीमा तरलताको अभाव कम हुने बताए ।...

बैंकिङ प्रणाली सुरक्षित छ : राष्ट्र बैंक

बैंकिङ प्रणाली ह्याकरबाट सुरक्षित रहेको र कुनै जोखिम नदेखिएको नेपाल राष्ट्र बैंकले प्रष्ट पारेको छ । विभिन्न बैंकको प्रणाली ह्याक गर्ने ह्याकरको चेतावनी सार्वजनिक भएपछि केन्द्रीय बैंक, नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का साथै सबै बैंकको सिस्टम परीक्षण गरिएको र कुनै समस्या नदेखिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।“ह्याकिङको चेतावनी सार्वजनिक भएपछि हामीले केन्द्रीय […]

नेपालको बैंकिङ प्रणाली सुरक्षित : राष्ट्र बैंक

काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली सुरक्षित रहेको दाबी गर्दै नआत्तिन आग्रह गरेको छ । बिहीबार बिहान राष्ट्र बैंकका अधिकारीहरुलाई एसएमएस र ईमेल मार्फत विभिन्न १५ बैंकको सिस्टम ह्याक गर्ने चेतावनी आएको थियो । त्यसपश्चात बैंकका अधिकारीले खोजी गर्दा बैंकीङ प्रणाली सुरक्षित रहेको र सामाजिक सञ्जालमा भाईरल गर्ने उद्देश्यले मात्र यस किसिमको […]

विकल्पमा उदाएको ई–बैंकिङ प्रणाली

कोरोना महामारीका कारण जारी लकडाउनका कारण देश लामो समयदेखि प्रभावित बनेको छ । हाम्रा दैनिक क्रियाकलाप पनि यसकारण अत्यन्तै प्रभावित भएका छन् । विज्ञान र प्रविधिको युगमा अब हामीले भौतिकरुपमै दैनिक क्रियाकलाप सञ्चालनभन्दा पनि अनलाइनमार्फत अधिकांश सेवा–सुविधा प्रयोग गर्न विकल्पका रुपमा अवलम्बन गर्न जरुरी छ । यहाँ केही बैंकिङ क्षेत्रमा हुन सक्ने अनलाइन सेवाहरुका बारेमा […]