महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

काठमाण्डाै - महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणासहित साधुसन्तलाई बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई छ वर्गमा विभाजन गरी दक्षिणासहित बिदाइ गरेकाे छ । ९५१ रुपैयाँ, ७५१ रुपैयाँ, ५५१ रुपैयाँ, ३५१ रुपैयाँ, २५१ र १५१ रुपैयाँ गरी छ वर्गमा विभाजन गरिएका दुई हजार साधुसन्तलाई दक्षिणासहित शनिवार बिदाइ गरिएको संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिनुभयो । ...

सम्बन्धित सामग्री

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको बिदाइ

महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शनका लागि आएका स्वदेश तथा विदेशका गरी तीन हजार दुई सय ८९ साधुसन्तलाई आइतबार दान दक्षिणासहित बिदाइ गरिएको छ । आइतबार बिहान ११ बजेदेखि सबै साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘क’ वर्गका आठ, ‘ख’ वर्गका २५, ‘ग’ वर्गका २८, …

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको दान दक्षिणासहित बिदाइ

महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शनका लागि आएका स्वदेश तथा विदेशका गरी तीन हजार दुई सय ८९ साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिएको छ ।

पशुपति आएका बाबाहरूलाई दक्षिणासहित बिदाइ (फोटो)

काठमाडौं :  महाशिवरात्रिका लागि नेपाल तथा भारतबाट पशुपति क्षेत्रमा आएका बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको छ। महाशिवरात्रि पर्व मनाउन शिवजी उत्पत्ति भएको विश्वास राखिने हिन्दूहरूका आरध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा भारतका विभिन्न स्थानदेखि बाबाहरू आएका थिए। शिवरात्रिका लागि यहाँ नेपालका विभिन्न भूभाग तथा भारतबाटसमेत बाबाहरू पशुपति आउने गर्छन्। शनिबार परेको महाशिवरात्रि सकिएपछि भारतबाट आएका बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले ससम्मान दानदक्षिणासहित बिदा गरेको हो। केही तस्...

महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाई गरियो

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउनुभएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।  गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणासहित साधुसन्तलाई बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई छ वर्गमा विभाजन गरी दक्षिणासहित बिदाइ गरेको छ । रु ९५१, रु ७५१, रु ५५१, रु ३५१, रु २५१ र रु १५१ गरी छ वर्गमा विभाजन गरी दुई हजार साधुसन्तलाई दक्षिणासहित आज बिदाइ गरिएको संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिए ।

डोलेश्वरबाट बिदा भए साधुसन्त

भक्तपुर : महाशिवरात्रि पर्वका लागि भक्तपुरमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आएका साधुसन्तलाई शुक्रवार साँझ बिदाइ गरिएको छ। भारत र नेपालका विभिन्न स्थानबाट डोलेश्वरको दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको हो।यस वर्ष डोलेश्वरमा १६२ जना साधुसन्त आएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जानकारी दिएको छ। कोरोना महामारीका कारण यस वर्ष साधुसन्तको कम आएका समितिका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर खाइतुले बताए।डोलेश्वरमा आएका साधुसन्

पशुपतिनाथ आएका साधु सन्तको गरियो बिदाइ

काठमाडौं : महाशिवरात्रि मेलामा पशुपतिनाथ आएका साधु सन्तलाई बिहीबार बाटो खर्चसहित बिदाइ गरिएको छ।  गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित महाशिवरात्रि मेलामा आएका साधु सन्तहरूलाई बिदाइ गरेका हुन्।  पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि बिहीबार बिहान एक कार्यक्रम गरी उनीहरूलाई बिदाइ गरिएक...