भारतीयलाई नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्ष पक्राउ

नवलपरासी। भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा नवलपुर–६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा पक्राउ परेका छन्। उनीसहित आठजनाले जमिर देवन नाम गरेका भारतीयलाई स्थानीय भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएका थिए। पक्राउ पर्नेमा वडाध्यक्ष सापकोटासहित सदस्य पवित्रा सापकोटा, भारतीय नागरिक जमिर देवन, नक्कली बाबु सफीअल्ला मियाँ र चारजना साक्षीहरु रहेको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन्।

सम्बन्धित सामग्री

गैर नागरिकलाई नागरिकता प्रदान गर्ने वडाध्यक्ष पक्राउ

झुटा विवरण पेस गरी गैर नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने झापाको भद्रपुरका एक पूर्व जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । भद्रपुर नगरपालिका वडा नं. ९ का पूर्व वडा अध्यक्ष ५२ वर्षीय शनिलाल राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

डाक्नेश्वरीका फरार वडाध्यक्ष दुई वर्षपछि पक्राउ

सप्तरीमा नागरिकता, छाप र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ताबाट एक करोडभन्दा बढी रुपैयाँ अपचलन गरेको मुद्दामा दुई वर्षदेखि फरार एक वडाध्यक्ष पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी...

भारतीय नागरिकलाई नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पुर्व वडाध्यक्ष पक्राउ

गैर नेपालीलाई नागरिकता दिलाएको आरोपमा कपिलवस्तुको मायादेवी गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष फते माहोम्मद मुसलमान पक्राउ परेका छन्।

दोहोरो नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

दोहोरो नागरिकता बनाउन सिफारिस दिने उमाकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर सुनुवार पक्राउ परेका छन् । एकपटक नागरिकता लिइसकेकी उमाकुण्ड गाउँपालिका–४ की निर्मला बस्नेतले पुनः आफ्नो जन्मदर्ता नै परिवर्तन गरी बहिनीको...

दोहोरो नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

रामेछाप – एक महिलालाई दोहोरो नागरिकता बनाउन सिफारिस गर्ने उमाकुण्ड गाउँपालिका ४ का अध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । एक पटक नागरिकता लिइसकेकी उमाकुण्ड गाउँपालिका ४ की निर्मला बस्नेतले आफ्नो जन्मदर्ता नै परिर्वतन गरी बहिनीको प्रमाणपत्रको आधारमा वडा कार्यालयमा जन्म दर्ता गराइ नागरिकताको सिफारिस लिएकी थिइन् । बस्नेतलाई जन्म दर्ता गराउन र सिफारिस लिन सहयोग गरेको भन्दै उनकी आमा दिलकुमारी र नागरिकताको सिफारिस दिने वडा सचिव पदमकुमारी बस्नेतलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।  दोहो...

दोहोरो नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

नागरिकता लिइसकेकी एक महिलालाई दोहोरो नागरिकता बनाउन सिफारिस दिने उमाकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। एकपटक नागरिकता लिइसकेकी उमाकुण्ड–४ की निर्मला बस्नेतले पुनः आफ्नो जन्मदर्ता परिर्वतन...

दोहोरो नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

एकपटक नागरिकता लिइसकेकी एक महिलालाई दोहोरो नागरिकता दिन सिफारिस गर्ने रामेछाप उमाकुण्ड ४ का वडाध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

किर्ते नागरिकता बनाएको आरोपमा वडाध्यक्ष पक्राउ

झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट नागरिकता बनाएको आरोपमा प्रहरीले स्याङ्जाको आँधीखोला गाउँपालिका ३ का वडाध्यक्ष ४८ वर्षीय विष्णुबहादुर खत्रीसहित ५ जनालाई पक्राउ गरेको छ ।

किर्ते नागरिकता सिफारिसमा वडाध्यक्ष पक्राउ, छुटाउन एमालेको दबाब

स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिन लाग्दा धमाधम वडा अध्यक्ष पक्राउ पर्न थालेका छन् । नागरिकताका लागि किर्ते काम गरी सिफारिस गरेको अभियोगमा स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पक्राउ परेका छन् ।

वडाध्यक्ष पक्राउ परेलगत्तै छुटे

झापा। विदेशीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोपपछि फरार रहेका विर्तामोड नगरपालिका-८ का वडाध्यक्ष अजय कार्की सोमबार पक्राउ परेकै दिन धरौटीमा छुटेका छन्। दुई वर्षअघि गैरनेपालीलाई नागरिकता दिलाउन अनुसूची फाराममा हस्ताक्षरसहित सिफारिस गरेको आरोपमा वडाध्यक्ष कार्कीविरुद्ध मुद्दा दर्ता भएको थियो। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि लामो अवधिदेखि फरार रहेका कार्कीलाई सोमबार पक्राउ परेका थिए। (रासस)