नेपाल रेल्वे कम्पनीले पुराना कर्मचारीलाई अनाहकमा निकालेको भन्दै रेल्वे कर्मचारी संघर्ष समितिले तालाबन्दी गरेको छ । शुक्रबार जनकपुरधामस्थित रेल्वे स्टेशनमा रहेको नेपाल रेल्वे कम्पनीको कार्यालयमा उनीहरुले तालाबन्दी गरेका हुन् ।दुई साता अघिदेखि आन्दोलनमा उत्रिएका पुराना कर्मचारीले बिहीबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । संघर्ष समितिमा आवद्ध दिलिप साहले विगत १५ दिनदेखि धर्ना, प्रदर्शन गर्दै आए पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताए ।जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझ