उदयपुरमा दश वर्षमा २३ हजार बढी जनसंख्या वृद्धि

दश वर्षको अवधिमा उदयपुरको जनसंख्या २३ हजार हाराहारीमा मात्र वृद्धि हुनाले जिल्लाको जनसंख्या वृद्धिदरमा स्थिरता देखिएको हो।...

सम्बन्धित सामग्री

नेपालीको औसत आयु ७१ वर्ष, वार्षिक जनसंख्या वृद्धिदर एक प्रतिशत तल

सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको पनि उनले बताए ।

धनुषामा एक दशकमा एकलाख भन्दा बढी जनसंख्या वृद्धि

जनकपुरधाम – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नजिता अनुसार धनुषाको जनसंख्या साढे ८ लाख भन्दा बढी रहेको छ । यस जिल्लामा १० वर्षको अवधिमा एकलाख भन्दा बढीले जनसंख्या वृद्धि भएको हो । तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार धनुषाको कुल जनसंख्या ८ लाख ७२ हजार ७ सय १३ रहेको छ […]

३२ जिल्लामा घट्यो, ४५ जिल्लामा बढ्यो : कुन जिल्लामा कति छ जनसंख्या?

काठमाडौं : लगातार रुपमा पहाडी तथा हिमाली जिल्लाहरुमा जनसंख्या वृद्धिदर ऋणात्मक(घटेको) देखिएको छ। २०६८ सालको जनगणनाको तुलनामा २०७८ को जनगणनामा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक बनेको हो। सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुरमा देखिएको छ। भक्तपुरमा ३.३२ प्रतिशतले जनसंख्या वृद्धि भएको छ। २०६८ को जनगणनामा तीन लाख…

खाद्यान्न उत्पादनको क्षेत्रीय अवस्था

बाह्र वर्षअघि नेपालमा खाद्यान्न उत्पादन आवश्यकताभन्दा न्यून थियो । अहिले तथ्यांकहरूले खाद्यान्न बचत हुनसक्ने स्थिति देखाएका छन् । यतिबेला पूर्वाञ्चल विकास क्षेत्रमा खाद्यान्न बचत हुन थालेको छ । तर मध्यमाञ्चल र सुदूर पशिचमाञ्चल भने खाद्यान्नमा अझै परनिर्भर छन् । नेपालको खाद्यान्न उत्पादनले नेपालीलाई खान पुग्ने देखिन्छ । यो कृषि व्यवसाय प्रवर्द्धन तथा बजार विकास निर्देशनालय कृषि विभागबाट प्रकाशित कृषि बजार सूचनाले प्रस्ट पार्छ । त्यसबाहेक अर्को वर्षका लागि पनि केही बचत हुन सक्ने देखिएको छ । एक नेपालीलाई वर्षमा सरदर १ सय ९३ किलो खाद्यान्न आवश्यक पर्ने आधारमा यो तथ्यांक निकालिएको हो । बाह्र वर्ष अघि र पछिको जनसंख्या र खाद्यान्नको उत्पादन स्थितिको तालिकाबाट पनि माथिको तथ्य स्पष्ट हुन्छ । सबैभन्दा धेरै खाद्यान्न बचत गर्ने क्षेत्रमा पूर्वाञ्चल रहेको छ  यस विकास क्षेत्रमा गत बाह्र वर्षमा करिब ११ लाख जनसंख्या बढे पनि ती सबैलाई सो क्षेत्रमा उत्पादित खाद्यान्नबाट खान पुगेको हो । यसबाहेक २ लाख मेट्रिक टनभन्दा बढी खाद्यान्न पूर्वाञ्चलले विक्री गर्न सक्छ । तराइमात्र नभएर हिमाली र अधिकांश पहाडी जिल्ला समेत अहिले खाद्यान्न बचत गर्नसक्ने स्थितिमा देखिएका छन् । मध्यमाञ्चल विकास क्षेत्रमा भने खाद्यान्न न्यून छ । यस क्षेत्रमा बाह्र वर्षमा २५ लाखभन्दा बढी जनसंख्या वृद्धि भएको छ । यहाँ अन्यत्रबाट बसाइ सरेर आउनेको संख्या पनि उच्च छ । वर्ष ५, अंक ४४, २०६७, असार २१– २७

चीनको जनसंख्या वृद्धि निकै सुस्त, मंगलवार सार्वजनिक भयो जनगणनाको तथ्यांक

चीनको जनसंख्या दशकौंमा सबभन्दा सुस्त दरमा बढेको मंगलवार जारी गरिएको जनगणना तथ्यांकले देखाएको छ ।  यसले संसारको दोस्रो ठूलो अर्थतन्त्रका लागि समस्या ल्याउन सक्छ ।  चीनको राष्ट्रिय तथ्यांक विभागका अनुसार, विगत एक दशकमा जनसंख्या ५.३८ प्रतिशतले बढेको छ । यसबीचमा ७ करोड २० मानिस बढेका छन् । अहिले १.४१ अर्बभन्दा बढी जनसंख्या छ ।    यसैबीचमा ६५ वर्ष उमेरभन्दा माथिको जनसंख्या द्रुत गतिमा बढेको छ । सन् २०१० मा ८.८७ प्रतिशतको वृद्धि भएकोमा सन् २०२० मा १३.५ प्रतिशतको वृद्धि छ ।  चीनले गत नोभेम्बर...