प्राकृतिक विपत् र अनुकूलन

मनसुन शुरू भए पनि पर्याप्त वर्षा नहुँदै मुलुकका केही भागमा आएको बाढीले भौतिक पूर्वाधारहरूमा क्षति पुर्याएको छ । प्राकृतिक विपत् मानवीय नियन्त्रणबाहिर भए पनि त्यसले पुऱ्याउने क्षति न्यून गर्न भने सकिन्छ । तर, नेपालमा सरकारले क्षति न्यून गर्न प्रभावकारी नीति अवलम्बन गर्न भने सकेको छैन । यसले दिगो विकासको लक्ष्यमाथि नै चुनौती थपेको छ । त्यसैले आगामी दिनमा बनाइने पूर्वाधारमा सकेसम्म कम क्षति पुगोस् भन्नेमा ध्यान दिन ढिला भइसकेको छ । असारको पहिलो हप्ता पूर्वी नेपालमा आएको बाढीले ३० ओटा जलविद्युत् आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। यसबाट कुल ४६३ मेगावाट क्षमता उत्पादन प्रभावित भएको छ । जलविद्युत् आयोजनामात्र होइन, बाढीपहिरोबाट खानेपानी आयोजना र सडक तथा पुलहरूमा समेत क्षति पुगेको छ । यस्तो क्षति वर्षेनि हुने गरे पनि पूर्वाधार निर्माणमा आवश्यक सतर्कता अपनाउन सकिएको छैन । पहाडमा जथाभावी खनिएका सडक अहिले धराप जस्तै बनेका छन् । डोजरे विकासको नामले चिनिएका सडकहरूबारे पर्याप्त अध्ययन भएको पाइँदैन । खासगरी त्यसले बातावरणीय क्षति कति पुयाउँछ भन्ने कुनै अध्ययन छैन। भौगोलिक बनोट पनि अध्ययन भएको छैन । त्यसैले अहिले पहाडी क्षेत्रमा पहिरोको समस्या बढी देखिइरहेको छ । सडक खन्ने जस्तो काम लहडबाजीमा गर्न दिनु हुँदैनथ्यो । तर, डोजर चालक नै इन्जिनीयर बनेजस्तो गरी सडक खनिएकाले पहिरो नेपालका लागि ज्यादै डरलाग्दो समस्या बन्ने देखिन्छ । यही पहिराका कारण जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । बाढीपहिरोको समस्या एकातिर मानव सृजित समस्या हो नै । साथै अहिले विश्वभरि नै देखिएको जलवायु परिवर्तनको असर पनि हो । जलवायु परिवर्तनको कारक नेपाल होइन भन्दा हुन्छ किनभने यहाँ ठूलो परिमाणमा प्राकृतिक असन्तुलन ल्याउने गरी विकास निर्माणका काम भएका छैनन् । जलवायु परिवर्तनको असर नेपालले आफै कम गर्न सक्दैन । तर, अब निर्माण हुने आयोजनाहरूको हकमा भने यस्तो परिवर्तनलाई अनुकूलन गर्न सक्ने गरी नीति लिइनुपर्छ । जलवायु परिवर्तनको असर नेपालले  आफै कम गर्न सक्दैन । तर, अब निर्माण हुने आयोजनाहरूको हकमा भने यस्तो परिवर्तनलाई अनुकूलन गर्न सक्ने गरी नीति लिइनुपर्छ । भौतिक विकास र विनाशबीच अन्तर्द्वन्द्व चलिरहेको हुन्छ । प्रकृतिमा हस्तक्षेप गरे समस्या निम्तिन्छ भनी विकास निर्माणका काम पूरै ठप्प गर्नु बुद्धिमानी होइन । र, भौतिक विकासको प्रतिस्पर्धामा लागेर प्राकृतिक विनाश निम्त्याउनु पनि बुद्धिमानी मान्न सकिँदैन । त्यसैले यी दुवै पक्षबीच सन्तुलन राख्न आवश्यक छ । यो भनेको सम्भावित प्राकृतिक विपत्तिबाट जोगिनेगरी पूर्वाधार निर्माण गर्नु हो । नेपाल जलस्रोतमा धनी छ र जलविद्युत्मा ठूलो सम्भावना छ भनिरहँदा यसको दोहन कसरी गर्ने भन्नेमा पर्याप्त अध्ययन र अनुसन्धान जरुरी छ । हरेकजसो वर्ष कुनै न कुनै क्षेत्रका जलविद्युत् आयोजनाहरूमा क्षति पुगिरहेको पाइन्छ । आयोजनाहरूले बीमा गरेकाले कम्पनीले बीमाबाट क्षतिपूर्ति लिन सक्छ तर यसरी आयोजनाहरूमा निरन्तर क्षति भइरहँदा यसमा लगानी आकर्षण रोकिन पनि सक्छ । अर्को गम्भीर विषयमा नेपालको ध्यान जानु जरुरी छ । विश्व तापमानमा यही कमले वृद्धि जारी रहे हिमाल रित्तै हुने सम्भावना विज्ञहरूले बताइरहेका छन् । यसो हुँदा हिमनदीहरूमा कुनै बेला बाढी आउने र त्यसपछि नदी सुक्दै जाने प्रबल सम्भावना छ ।  अबको २०/२५ वर्षमै सेता हिमाल काला पहाडमा परिणत हुन सक्ने खतरा औंल्याइँदै छ। यसो हुने हो भने जलविद्युत् आयोजनाहरूको भविष्यमात्र होइन यस क्षेत्रमा बसोवास गर्ने मानिस र जनावरको अस्तित्वमा समेत समस्या आउन सक्छ। त्यसैले नेपालले विश्व रंगमञ्चमा आफ्नो समस्या राख्न सक्नुपर्छ । विकसित देशकै कारण नेपाल समस्यामा पर्दै जाने देखिएकाले त्यसको क्षतिपूर्तिका लागि सशक्त आवाज उठाउनुसमेत पर्छ । तर, मुख्य कुरा नेपालमा बन्ने जलविद्युत् आयोजना यस्ता सम्भावित प्रकोपबाट प्रभावित नहुने गरी बनाइनु आवश्यक छ। प्राकृतिक विपत्लाई रोक्न सक्ने सम्भावना नभए पनि जलवायु परिवर्तनका कारण हुने असरलाई कम गर्ने भनेको यस्तो अवस्थासँग अनुकूलनको अभ्यास र नीति नै हो । त्यसैले विद्युत् नियमन आयोगजस्ता निकायले जुनसुकै आयोजना शुरू गर्दा वातावरणसँग अनुकूलन गर्न विशेष ध्यान दिनुपर्छ । अनुकूलन हुन नसक्ने आयोजनाको लगानी खेर जाने सम्भावना बढी हुन्छ । जलविद्युत् जस्ता आयोजनामा आईपीओमार्फत सर्वसाधारणको पनि लगानी भएकाले नियमनकारी निकाय झनै चनाखो हुन आवश्यक छ ।

सम्बन्धित सामग्री

चेपुवामा विपत् व्यवस्थापन

काठमाडाैं । सरकारले विपत् जोखिम न्यूनीकरण गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरेको छ। गृह मन्त्रालयले पनि विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा काम गरिरहेको छ। सरकारकै यी दुई निकायले विपत् न्यूनीकरण, राहत र उद्धारमा काम गरिरहे पनि एकआपसमा अधिकार र स्रोतसाधन उपयोग विषयमा देखिएकोे द्वन्द्वले विपत् व्यवस्थापन तथा न्यूनीकरण कार्य प्रभावित […]

रोल्पाका स्थानीय तहलाई विपत् सूचना प्रणालीसम्बन्धी तालिम

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रोल्पाका स्थानीय तहमा कार्यरत सूचनाप्रविधि अधिकृत र विपत् सम्पर्क व्यक्तिलाई तालिम दिएको छ। रोल्पा सदरमुकाम लिबाङमा तीनदिनसम्म सञ्चालित तालिममा राष्ट्रिय विपत् सूचना प्रणाली स्थानीयकरणसम्बन्धी...

नेपालगञ्ज उपमहानगरपालिकालाई विपत् व्यवस्थापन सामग्री

काठमाडौँ – शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर प्रोजेक्ट) ले आज नेपालगञ्ज उपमहानगरपालिकालाई विपत् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा विपत् व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको सुपरले विपत् व्यवस्थापन, कार्यालय व्यवस्थापन तथा आगलागी नियन्त्रणका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो । युनिसेफ नेपालकी आपत्कालीन विशेषज्ञ सुनिता कायस्थले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई विपत् […]

विपत् कोषको न्यूनतम मौजदात रकम बढाइयो

जिल्लास्थित विपत् व्यवस्थापन कोषमा रहनुपर्ने न्यूनतम मौजदात रकम बढाएको छ।  राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिले विपत् व्यवस्थापन कोष कार्यविधि ०७९ स्वीकृत गर्दै कोषमा हुनुपर्ने न्यूनतम रकमको सीमा...

विपत् कोषमा ६ अर्ब ७९ करोड

मनसुन सुरु भएसँगै बाढीपहिरो तथा डुबानबाट हुन सक्ने क्षतिको न्यूनीकरण तथा उद्धारमा तीनवटै सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययो जना, २०७९ पारित भएसँगै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल संयुक्त रूपमा विपत् क्षति न्यूनीकरण, उद्धार तथा राहतमा खटिने भएका हुन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगामी वर्षायाममा बाढीपहिरो तथा डुबानबाट चार लाख २१ हजार घर धुरीका करिब २० लाख जनसङ्ख्या प्रभावित हुन अनुमान गरिएको छ ।गृ

विपत् व्यवस्थापनमा दीर्घकालीन योजना अभाव

काठमाडौं, माघ ८ । नेपालमा पटक–पटक विपत् आइरहे पनि सङ्घ, प्रदेश र स्थानीय तहले दीर्घकालीन व्यवस्थापनका लागि व्यवस्थित कार्ययोजना बनाउन सकेका छैनन् । तहगत समन्वय अभावमा विपत् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । कोरोना रोकथाम तथा नियन्त्रण, भूकम्प, बाढीपहिरोलगायतका विपत्को अवस्थामा कुन निकायले के गर्ने भन्ने दीर्घकालीन रणनीतिको अभाव छ । उक्त रणनीतिको अभावमा दीर्घकालीन […]

३३ स्थानीय तह विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौं, मंसिर २३ । सरकारले १० जिल्लाका ३३ स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयका अनुसार, सुदूरपश्चिम स्थित छ जिल्लाका २० स्थानीय तह, प्रदेश १ स्थित तीन जिल्लाका ११ स्थानीय तह र लुम्बिनी प्रदेशको एक जिल्लाका दुई स्थानीय तह विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ […]

जनगणनासँगै प्राकृतिक विपत् जोखिमबारे अध्ययन

देशैभरबाट प्राकृतिक विपत्, क्षतिको विवरण र जोखिमबारे तथ्यांक संकलन गरिने, जोखिममा रहेका क्षेत्र छुट्याउन र क्षति न्यूनीकरणका लागि सघाउ पुग्ने अपेक्षा  सरकारले पहिलोपटक देशैभरबाट प्राकृतिक विपत्, क्षतिको विवरण र जोखिमबारे तथ्यांक...

व्यवस्थित विकास नहुँदा विपत् बढ्यो

काठमाडौं, साउन ८ । गृहमन्त्री बालकृष्ण खाँणले भूगोल र वातावरणअनुसार विकास निर्माण नहुँदा विपत् बढिरहेको बताएका छन् । सङ्घीय संसद्को राज्य व्यवस्था समितिमा विपत् व्यवस्थापन, उद्धार तथा राहतका विषयमा आयोजित बैठकमा उनले गृह मन्त्रालयले विपत् व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । गृहमन्त्री खाँडले भने “आमनागरिकको सुरक्षा एवं विपत्मा परेर अकालमै कसैको मृत्यु नहोस् […]

विपत् व्यवस्थापनकै बिजोग

कुनै ठाउँमा ठूलो दैवी विपत्ति भयो भने सरकार दाल–चामल र चाउचाउ–बिस्कुट बोकेर पुग्छ। तर, विपत्तिका स्रोत पहिल्याएर निराकरण गर्न कहिल्यै अग्रसर हुँदैन। सरकार धेरै फेरिए। विपत् व्यवस्थापनको यो शैली भने कहिल्यै फेरिएन। विपत्ति पीडितलाई सामान्य राहत बाँड्नु नै यसको परिभाषाजस्तो बनेको छ। विपत् व्यवस्थापनसम्बन्धी सरकारका केन्द्रमै आधा दर्जनभन्दा बढी संयन्त्र छन्। तिनीहरूबीच न समन्वय छ, न त सक्रियता। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विपत् समन्वय हेर्ने सचिव खगराज बराल स्वय