युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको महासभामा बोल्ने क्रममा उहाँले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राख्नुभएको हो ।
रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको ज्यान गएको र लाखौँ विस्थापित भएका उहाँले जानकारी दिनुभयो । ‘रुसले युक्रेन र युक्रेनी जनताविरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ’, उहाँले भन्नुभयो ।
यस क्षेत्रको शान्ति सुरक्षाका ला...