भुवन कार्कीले सम्हालिएको इनिङ खेलेपछि साबिकको विजेता त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै एपिएफले शनिवार प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आर्मीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको एपिएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर भेटाउँदै च्याम्पियन बनेको हो । पाँचौँ विकेटका लागि आएका भुवन कार्कीले एपिएफलाई जिताउन सम्हालिएको प्रदर्शन गरे । ८२ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५५ रन जोड्दा सुमित महर्जनले