हिसिला यमीको टिप्पणी- प्रचण्ड सरकार बनाउन माहिर, नेतृत्व लिन असक्षम (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भएपनि नेतृत्व लिन भने सक्षम हुन नसकिरहेको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले शान्ति सम्झौतापछि बनेका […]

सम्बन्धित सामग्री

प्रचण्ड सरकार : १४ महिनामा तीनवटा ‘साझा न्यूनतम कार्यक्रम’, छैन भिन्नता

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मंगलबार तेस्रोपटक ‘प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ ल्याएको छ। १५ महिनामा तीनपटक गठबन्धन फेरबदल गरेको प्रचण्ड सरकारले १४ महिनामै तीनवटा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको हो।गत वर्षको आमनिर्वाचनपछि बनेको नेकपा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको गठबन्धन सरकारले पहिलोपटक २५ पुस २०७९ मा ‘नीतिगत प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ ल्याएको थियो

असमावेशी प्रचण्ड सरकार: मन्त्रिपरिषद्मा दलित र मुस्लिमको सहभागिता शून्य

काठमाडौं,२५ फागुन । सुशासन, विकास र समावेशीकरणको रटान लगाएर नथाक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको प्रधानमन्त्री रहँदा उनकै मन्त्रिपरिषद् भने असमावेशी देखिएको छ । तेस्रो पटक मुलुकको प्रधानमन्त्रीमा आसिन प्रचण्ड ०७९ पुस १० गतेदेखि सत्ताको नेतृत्वमा रहेका छन् । आम निर्वाचनपछि तत्कालीन गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग कुरा नमिलेपछि एमालेको समर्थनमा तेस्रो पटक […]

प्रचण्ड सरकार राष्ट्रघाती र सबै हिसाबले असफल : एमाले नेता आनन्द पोखरेल

काठमाडौं, २१ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता आनन्द पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार आर्थिक, राजनीतिक, कूटनीतिक, पर्यटन र विकास, देशमा शान्ति सुरक्षा, अमनचयन सबै हिसाबले असफल भएको बताएका हुन् […]

‘लेण्डुपको नयाँ अवतार, प्रचण्ड सरकार’

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ। बिहीबार अनेरास्ववियु बागमति उपत्यका विशेष प्रदेश कमिटिले आरआर क्याम्पस अगाडि प्रदर्शन गर्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेको हो। प्रदर्शनमा ‘लेण्डुपको नयाँ अवतार, प्रचण्ड सरकार’लगायतका नेमप्लेटहरूसहित विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा प्रदेश इन्चार्ज दिपेश प्रसाईं, कार्यक्रम संयोजक विशाल न्यौपाने, सहसंयोजक […]

तत्काललाई जोगियो प्रचण्ड सरकार, तर बाँकी छ भय

१३ जेठ, काठमाडौं । प्रतिनिधिसभामा मतदानको माध्यमबाट बहुमतले बजेट पारित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारबारे भइरहेको सम्भावित संकट पनि तत्काललाई टरेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट अनुमोदनको पक्षमा १४७ र विपक्षमा १०८ मत पर्‍यो । बजेट अनुमोदनको पक्षमा परेको मत प्रतिनिधिसभाको ५३ प्रतिशत भएकाले सत्ताको पक्षमा […]

प्रचण्ड सरकार ढल्न लागेको हो त ?

काठमाडौं, ८ असार । प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता–सहकार्यको गृहकार्य थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई हटाउनको लागि कांग्रेस र एमाले दुवै दलका शीर्ष नेताहरुबीच समझदारी बनेको उच्च स्रोतको दाबी छ । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित यतिवेला उपचारको क्रममा सिंगापुरमा छन् । उनी स्वदेश फर्किएलगत्तै सरकार फेरबदल हुने […]

देउवाको अर्को फण्डा, अग्निपरीक्षामा प्रचण्ड

काठमाडौं। कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनबारे प्रधानमन्त्री प्रचण्डसँग सम्वाद गर्ने निर्णय गरेको छ। अर्थात् काँग्रेसले सभामुख र उपसभामुखको निर्वाचनमा माओवादी केन्द्रको सहयोगको अपेक्षा राखेको छ। जुन अहिलेको सत्ता समीकरणमा सम्भव छैन । यदि माओवादीले त्यसबारे सोचे मात्र पनि सत्ता गठबन्धन भत्किने छ। र, प्रचण्ड सरकार संकटमा पर्नेछ। यदि काँग्रेसलाई सहयोग नगर्ने हो भने पनि प्रचण्ड नैतिक संकटमा पर्नेछन्।

प्रचण्ड बालकाेटमा

काठमाण्डाै – सरकार गठनबारे छलफल गर्न नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेट पुग्नुभएकाे छ ।  प्रचण्ड सरकार गठनबारे छलफल गर्न पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङसहित ओली निवास बालकाेट पुग्नुभएकाे हाे । अहिले उहाँहरू छलफलमा हुनुहुन्छ ।  आजै बिहान बालुवाटारमा बसेकाे सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि प्रचण्ड बालकाेट पुग्नुभएकाे हाे । नेकपा विभाजनपछि प्रचण्ड पहिलो पटक बालकोट पुग्नुभएकाे हाे । अहिले एमाले, म...