दाङमा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । राप्ती गाउँपालिका–२ बाहुनेपाटाका २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमाको सोमबार घरमै करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए ।