निर्वाचन भएको ३० दिनभित्रै मन्त्रिपरिषद गठन गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार सुदूरपश्चिम प्रदेश सरकार गठनबारे चर्चा बढ्न थालेको छ । मंसिर ४ गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको मत परिणाम सार्वजनिक भएको र कानुनी व्यवस्था अनुसार पनि तोकिएकै समयमा प्रदेश सरकार गठन गर्नुपर्ने हुँदा विभिन्न कोणबाट छलफल सुरु भएको हो ।सुदूरपश्चिम प्रदेशसभाको प्रत्यक्षतर्फ ३२ वटा निर्वाचन क्षेत्र छ । बाजुरा जिल्लाको दुई प्रदेशसभा निर्वाचन क्षेत्र बाहेक ३० वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । यहा