सम्झाैता भएकाे नौवर्षपछि कर्णाली करिडोरकाे खुलालुमा पक्की पुल

कालीकाेट - कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने खुलालुमा पक्की पुल निर्माण सम्पन्न भएको छ ।   याे पुल निर्माण गर्न २०६७ सालमा योजना सम्झौता  भइ २०६८ सालमा नै काम सक्नुपर्ने जनाइएको थियो । कन्काई नेपाल प्रगति जेभीले झण्डै १४ करोडमा पुल बनाउन ठेक्का पाएको थियो । सम्झौता भएको नौ वर्षपछि बल्ल पुल निर्माण भएको छ । एक महिनाभित्र नै पुल सञ्चालनमा आउने कम्पनीका सञ्चालक दीपक मैनालीले जानकारी दिनुभयो । 'औपचारिक शुभारम्भ गरेर एक महिनाभित्र नै सञ्चालनमा ...

सम्बन्धित सामग्री

कर्णाली करिडोर पुनः सञ्चालनमा

मान्म, ११ भदौ । मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ । कर्णाली करिडोको कालीकोटको नरहरिनाथ गाउँपालिका–८ को खुलालुको पक्की पुल बाँयातर्फको भाग मर्मतका लागि बन्द गरिएको आजबाट खुल्ला गरिएको हो । खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको बायाँपट्टिको जोखिम सडक मर्मतका लागि बन्द गरिएको सडक दश दिनपछि सञ्चालनमा आएको छ । […]

मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला

मान्म– मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ । कर्णाली करिडोरको कालीकोटको नरहरिनाथ गाउँपालिका–८ को खुलालुको पक्की पुल बाँयातर्फको भाग मर्मतका लागि बन्द गरिएको करिडोर आजबाट खुल्ला गरिएको हो ।  खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको बायाँपट्टिको जोखिम सडक मर्मतका लागि बन्द गरिएको सडक दश दिनपछि सञ्चालनमा आएको छ । खुलालु पक्की […]

तुइनबाटै खाद्यान्न वारपार

कर्णाली करिडोर अन्तरगर्त हुम्लाको सल्लीसल्ला खण्डको नदीमा  पुल निर्माण नहुदाँ तुइनबाट खाद्यान्न तार्ने  गरिएको छ ।  हिल्सा सिमकोट सडक योजनाको ढिलासुस्तीका कारण कर्णाली नदीमा पक्की पुल निर्माण नभएपछि तुइनबाट खाद्यान्न...

जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता

सुर्खेत : पक्की पुल नहुँदा  स्थानीयबासीले अस्थायी रुपमा यातायात सुचारु गर्न निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि हुम्लाको समकोट हिल्सा सडकको हेक्पा खोला तर्न समस्या हुन थालेको छ।पानीको बहाबले कर्णाली करिडोर अन्तर्गतको सिमकोट हिल्सा सडकको हेक्पा खोलामा निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि समस्या भएको हो।जोखिम मोलेरै पुलमाथि बगेको पानीमै यातायातका साधन सञ्चालन हुँदै आएको नाम्खा गाउँपालिका–१ को गाडापारीका स्थानीयबासी मीमबहादुर लामाले बताए। दुई वर्ष अघिदेखि हेम्पा खोलामा य

कर्णाली करिडोर : कालीकोटदेखि हुम्लासम्म ९ ओटा पुल बन्दै

चैत २२, सुर्खेत । कर्णाली करिडोरमा ९ ओटा पक्की पुल निर्माण हुने भएका छन् । कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन् ।  कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने भएको हो ।  त्यस्तै, हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हुम्ला सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको उक्त कार्यालयका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए ।  ‘ठेक्का प्रक्रिया अगाडि बढेको छ,’ उनले भने, ‘यी खोलामा चाँडै पक्की पुल निर्माणको काम अगाडि बढ्छ ।’ सडक खण्ड फराकिलो पारिँदै कर्णाली करिडोरअन्तर्गत कालीकोट सडक खण्ड फराकिलो बनाउन थालिएको छ । कालीकोटको खुलालुदेखि लैफुसम्म करिडोर क्षेत्रको ४२ किलोमिटर सडक फराकिलो पार्ने काम शुरु भएको हो ।  सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरुले काम शुरु गरिसकेको उक्त कार्यालयले जानकारी दिएको छ । कर्णाली करिडोर साघुँरो हुँदा यातायात सञ्चालनमा समस्या भएकाले सडक फराकिलो पार्न लागिएको उक्त कार्यालयका इन्जिनियर यादवले बताए । ‘सडक फराकिलो पार्ने पहिलो चरणको काम शुरु भएको छ,’ उनले भने, ‘अब हुम्लासम्म नै सडक फराकिलो पार्ने काम हुनेछ ।’ करिडोरअन्तर्गतको ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ११३ किलोमिटर हुम्ला खण्ड रहेको छ । रासस

निर्माणको १२ वर्षपछि कर्णाली करिडोरको पक्की पुल संचालनमा

कर्णाली करिडोर अन्तर्गतको  कर्णाली नदीको नरहरिनाथ–८ कालिकोटको खुलालुमा रहेको पक्की पुल संचालनमा आएको छ । कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो । निर्माण थालेको १२ वर्षपछि कर्णाली करिडोरको...

सम्झौता भएको चार वर्षपछि ताक्रु खोलामा पक्की पुल निर्माणकार्य सुरु

कर्णाली करिडोर अन्तर्गतको हिल्सा सिमकोट खण्डको ताक्रु खोलमा पक्की पुल निर्माणकार्य सुरु भएको छ । निर्माण कम्पनी पक्षले चार वर्षपछि निर्माण सामाग्री र मेशिन निर्माण स्थलमा पुर्याएपछि काम सुरु भएको हो । हिल्सा सिमकोट सडक आयोजनासँग २०७४ साल साउन ६ गते सम्झौता भएको भएपनि अहिले आएर ताक्रु खोलाको पक्की पुलको निर्माणकार्य सुरु भएको आयोजना निमित्त योजना प्रमुख दीपकबहादुर शाहीले बताउनुभयो । पुलको फाउण्डेशन खन्ने कार्य अन्तिम चरण पुगेको, छड र सिमेन्ट निर्माण स्थलमा पुगेको समेत उहाँले बताउनुभयो । यसअघि सडक सञ्जाल पुल निर्माण स्थलमा नजोडिएको कारण काम गर्न ढिलाइ भएको आयोजनाले जनाएको छ ।

खुलालुको पक्की पुल बनेन

कर्णाली राजमार्गको हुम्ला खण्ड जोड्ने कर्णाली करिडोर जोड्ने झण्डै रु १४ करोडको लागतमा निर्माण हुन लागेको खुलालु पक्की पुलको काम अहिलेसम्म जगसमेत खनिएको छैन ।