काठमाडौँ । यस आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको नाफा ७४ करोडले बढेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख खुद नाफा कमाएको थियो […]