निर्वाचन आयोगले कारागार पुगेरै रेशम चौधरीको सनाखत गर्ने

काठमाडौं। निर्वाचन आयोगले कारागार पुगेरै रेशम चौधरीको सनाखत गर्ने भएको छ। जनता समाजवादी पार्टी(जसपा)का कार्यकारिणी सदस्य चौधरीलाई सनाखत गर्न आयोगका पदाधिकारी केन्द्रिय कारागार डिल्लीबजार नै पुग्ने भएका हुन्। आयोगका पदाधिकारी पूर्वराजपाबाट निर्वाचित सांसदसमेत रहेका चौधरीको सनाखतका लागि सोमबार कारागार जाने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले देखापढीलाई जानकारी दिए।टिकापुर घटनाका कारण निलम्बनमा रहेका चौधरीले जसपाका महन्थ ठाकुर,उपेन्द्र पक्षमा वा तटस्थ बस्न सक्नेछन्।

सम्बन्धित सामग्री

सर्वोच्चको अन्तरिम आदेश : खनालको सनाखत हुँदा पाण्डे र भट्टको सनाखत नगरिनु अनुचित

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दल दर्ताको क्रममा सहिछाप नभएका झलनाथ खनालको सनाखत गर्दा अन्य दुई सांसदको सनाखत नगरिनु उचित नभएको सर्वोच्च अदालतले ठहर गरेको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र...

दूतावासमार्फत झलनाथको हस्ताक्षर सनाखत

काठमाडौं : निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीको दर्ताका क्रममा नेता झलनाथ खनालको हस्ताक्षर सनाखत गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत नेता खनालको हस्ताक्षर सनाखत गरिएको हो। आयोगले भौतिक उपस्थिती नभइ हस्ताक्षर सनाखत नगर्ने भनेपछि यहि विषयमा आयोगका पदाधिकारीसँग नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुको केही समय विवाद भएको थियो। अन्ततः उपचारका लागि दिल्लीमै रहेका खनालले दूतावासमार्फत हस्ताक्षर सनाखत गराए।एमाले विभाजन गरी नेकप

निर्वाचन आयोगले स्वीकार्‍यो झलनाथ हस्ताक्षर सनाखत

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेता झलनाथ खनालको हस्ताक्षर सनाखत भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत खनालको हस्ताक्षर सनाखत गरिएको हो । एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी दर्ता गर्न नेताहरुले दिएको निवेदनमा निर्वाचन आयोगले बुधबार केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो । तर […]

सकियो नेकपा(एकीकृत समाजवादी) को सनाखत

नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन्। नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर तिनीहरुले सनाखत गरेका निर्वाचन आयोगले जनाएको छ।...

निर्वाचन आयोगले दुई दललाई सनाखतका लागि बोलायो

काठमाडौँ– निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । बिहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ । आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले […]

पार्टी विभाजनका लागि झलनाथले दिल्लीबाट सनाखत गर्न नपाउने

काठमाडौँ – निर्वाचन आयोगले एमाले विभाजनका लागि झलनाथ खनाललाई दिल्लीस्थित अस्पतालबाटै सनाखत नगराउने भएको छ। खनालका तर्फबाट आयोगमा दिल्लीस्थि दूतावासमार्फत सनाखत गराई दिन निवेदन दिए पनि आयोगमै उपस्थित हुनुपर्ने निर्णय गरेको हो। राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीले ‘आयोगमै उपस्थित भइ’ सनाखत गराउने व्यवस्था गरेकाले अस्पताल पुगेर सनाखत गराउन नमिल्ने निर्णय भएको आयोगका सचिव सुरेश अधिकारीले […]

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई दियो जसपाको आधिकारिकता

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई आयोगमा बोलाएर सनाखत गर्दा यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो। सनाखतमा यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६ र एक सदस्य तटस्थ रहेका थिए।

जसपा नेता रेशम चौधरीको सनाखत जेलमै गराइने

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरीको सनाखत जेलबाटै गराउने भएको छ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराउँदै छ । आयोगको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु पुगेका छन् । चौधरी जेलमा रहेकाले उनको सनाखत जेलमै गर्न […]

जसपाको विवाद टुंग्याउन निर्वाचन आयोगले आज ‘हेड काउन्ट’ गर्दै

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको छिनोफानो निर्वाचन आयोगले सोमबार गर्दैछ । निर्वाचन आयोगले विवाद टुंग्याउनका लागि सोमबार सनाखत अर्थात हेड काउण्ट गर्दैछ । सर्वोच्च अदालतले सनाखत रोक्ने आदेश दिन अस्वीकार गरेसँगै सोमबार विवादको छिनोफानो हुने भएको हो । सोमबार केन्द्रीय कार्यकारिणी परिषदका सदस्यको सनाखतमार्फत आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले बोलाएको छ […]