निजीक्षेत्रका संस्थाहरू पनि क्रोनी क्यापिटलिजम्लाई पक्षपोषण गर्ने अवस्थामा पुगेका छन्

नेपालमा आर्थिक उदारीकरणसँगै भित्रिएको मानिने क्रोनी क्यापिटलिजम् (मिलेमतोवादी/आसेपासे पूँजीवाद) पछिल्लो समय मौलाउँदै गएको देखिन्छ । मुख्यतः राज्य, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र सीमित व्यवसायी तथा व्यावसायिक घरानाको मिलेमतोमा विकसित यस्तो पूँजीवादले राज्यको तल्लो तहसम्मै जरो गाडेको छ । प्रस्तुत छ, मुलुकमा क्रोनी क्यापिटलिजम्को अवस्था, यसका स्वरूप लगायत अर्थतन्त्रको समसामयिक विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले पूर्वअर्थसचिव रामेश्वर खनालसँग गरेको कुराकानी : पछिल्लो समय आर्थिक मुद्दाहरूको बहसमा ‘क्रोनी क्यापिटलिजम्’ विषयले प्राथमिकता पाएको देखिन्छ । यसको अर्थ के हो र नेपालमा यसको प्रयोगलाई कसरी विश्लेषण गर्नुहुन्छ ? क्रोनी क्यापिटलिजम्को अर्थ नेपालीमा बिचौलिया पूँजीवाद वा आसेपासे पूँजीवाद भन्ने हुन्छ । कसैले उद्यमशीलताको काम गरेर उत्पादन गर्छ, रोजगारी सृजना गर्छ र त्यसबाट पूँजी जम्मा गर्छ भने त्यो क्यापिटलिजम् हो । तर त्यो क्रोनी क्यापिटलिजम् होइन । कसैले उद्यमशीलताको प्रयोग नगरीकन, नवीन कुनै काम नगरी, पूँजीको मात्र प्रयोग गरी धनी हुन खोज्छ र त्यसका लागि सरकार तथा राज्यको शक्तिहरूको प्रयोग गर्छ भने त्यस्तो प्रकारको पूँजीको संग्रह गर्ने परिपाटी क्रोनी क्यापिटलिजम् हो । क्रोनी हुन त्यहाँ कुनै शक्ति भएको व्यक्ति वा राज्य शक्तिको उपयोग गरिएको हुनुपर्छ । नेपालको आर्थिक इतिहास हेर्ने हो भने मल्लकालभर क्रोनी क्यापिटलिजम्को लिगेसी देखिँदैन । त्यो समयमा राज्यले आर्थिक गतिविधि गर्न समान अवसर दिएको देखिन्छ । काठमाडौं, भक्तपुर र ललितपुरमा त्यो बेला कसैले डलरको कारोबार गरे, कसैले काष्ठकलाका सामानको व्यापार गरे, त्यो क्रोनी क्यापिटलिजम् थिए । जब राणाहरूको सक्रिय शासन शुरू भयो, त्यसपछि आर्थिक गतिविधि गर्न स्वीकृति चाहिने भयो । राणाहरूले शुरू गरेको जमिन बिर्ता दिने प्रथा नै एक प्रकारले क्रोनी क्यापिटलिजम्को शुरुआत हो । आफू निकटका व्यक्तिलाई सयौं रोपनी बिघा जग्गा बिर्ता दिने, बिर्ता पाउने व्यक्तिले पनि आफै काम नगरी मजदूर राख्ने र त्यसको उत्पादनले पूँजी संग्रह गर्ने प्रवृत्ति बढ्यो । सो समयमा पूँजीको सृजना भूमिबाटै हुन्थ्यो । पछि केही उद्योग खुल्न थाले पनि उद्योग खोल्ने स्वीकृति पनि राणा निकटकै व्यक्तिहरूले पाए । त्यो बेला इन्द्रचोकमा डलरलगायत विभिन्न मुद्राको सट्टाबजारी हुन्थ्यो । अर्को बिर्ता पाएको जमीनमा उब्जाउ भएको बाली विक्री भएबापत पैसा एउटा कागजी चिर्कटोमा लेखिएको हुन्थ्यो र त्यो दोस्रो बजारमा तिर्जाको नाममा कारोबार हुन्थ्यो । त्यो कारोबार पनि शासकको नजिक भएको व्यक्तिले मात्र गर्न पाउँथे । त्यसैले नेपालमा क्रोनी क्यापिटलिजम्को शुरुआत राणाशासन कालमा भएको पाइन्छ । यसलाई पञ्चायतले मलजल गर्‍यो । पञ्चालयत कालमा जति व्यवसाय स्थापित भए, त्यो पञ्चायतलाई सहयोग गरेर मात्र सम्भव भएको हो । क्रोनी क्यापिटलिजम्ले अर्थतन्त्रलाई घात गर्छ भनिन्छ । अहिले उदारवादी अर्थ व्यवस्थामा पनि किन नयाँ नयाँ व्यवसायी आएनन् त ? क्रोनी क्यापिटलिजम् आफैले घात गर्छ भन्नेमा म विश्वास गर्दिनँ । कतिपय देशका उदाहरण हेर्ने हो भने क्रोनी क्यापिटलिजम् विस्तारै उदार पूँजीवाद, प्रतिस्पर्धात्मक पूँजीवादमा रूपान्तरण भएको पनि पाइन्छ । हामीले हेर्दा दक्षिण कोरियामै शुरूमा ५–६ ओटा मात्र व्यावसायिक घराना सक्रिय रहेको देखिन्छ । त्यसलाई नेपालमा तुलना गर्ने हो भने कुनै व्यापारिक समूह भनेजस्तै हो । त्यहाँ तिनै व्यावसायिक घराना बाहेक अरूले लाइसेन्स पाउँदैनन् । अहिले विस्तारै प्रतिस्पर्धात्मक पूँजीवादमा परिवर्तन भएको छ । समाजलाई रोजगारी, गुणस्तरयुक्त सामान र सेवा उचित मूल्यमा चाहिएको हो । त्यसैगरी समष्टिगत रूपमा राज्यले उद्योग व्यवसायले वातावरणमा प्रभाव नपरोस्, राज्यको सम्पत्ति जथाभावी दोहन नहोस् भन्ने चाहने हो । सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक ठाउँमा जथाभावी व्यावसायिक गतिविधि भयो भने राज्यको सम्पत्तिको सही प्रयोग भएन नि । त्यही ठाउँमा व्यावसायिक गतिविधिको सम्भावना छ र प्रतिस्पर्धा गराएर दियो भने राम्रो हो । हामीकहाँ प्राकृतिक सम्पदा थुप्रै छन् । त्यसको सही प्रयोग भएको छैन । घात भएको छ । कत्तिको घात गरिएको पाउनुभयो त ? हामीकहाँ घातबाहेक लाभ भएकै छैन । प्राकृतिक स्रोतको दुरुपयोग भइरहेकै छ । कसैको नाम नलिईकन उदाहरण दिने हो भने ढुंगा, गिट्टी तथा बालुवाको काम कसले पाउँछ भने राजनीतिक नेता वा उनीहरूसँग निकट प्रभावशाली व्यक्तिहरूले नै हो, जसको कारण गाउँको खेतीपातीको प्रणालीमा असर गरेको छ, नदीको धार नै परिवर्तन भएको छ, पानीको मूल नै सुकेको छ । क्रोनी क्यापिटलिजम्का स्वरूप कस्ता कस्ता हुन्छन् र नेपालमा के कस्ता स्वरूप देखिएका छन् ? कतिपय व्यवसाय सञ्चालन गर्न राज्यले अनुमति दिएको हुन्छ । त्यसमा कि त स्रोत दुर्लभ छ या त्यो विषय धेरै सर्वसाधारणको जीवनसँग गाँसिएको हुन्छ । जस्तै– मोबाइल, टेलिभिजन सञ्चालन गर्न फ्रिक्वेन्सी सीमित हुन्छ । त्यसैले लाइसेन्सको व्यवस्था गरियो । लाइसेन्स प्रतिस्पर्धात्मक विधिबाट दिइयो भने क्रोनी क्यापिटलिजम् भएन, तर खास व्यक्तिलाई बोलाएर, मोलाहिजामा परेर दिइयो भने त्यो क्रोनी क्यापिटलिजम् भयो । नेपाल टेलिकमबाहेक अरू प्रतिस्पर्धात्मक विधिबाट होइन, एनसेलको लाइसेन्स पनि खुसुक्कै दिइएको हो । सीमित केही खानीको हकमा प्रतिस्पर्धा भएको देखिन्छ, नत्र जलविद्युत्को हकमा पनि त्यही हो । ‘झोलामा खोला’ भन्ने उखान त्यत्तिकै बनेको होइन नि । बजारमा गलत प्रतिस्पर्धा होला, त्यसलाई नियमन गर्नुपर्ला भनेर राज्यले लाइसेन्स दिएको हुन्छ । जस्तै– बैंकिङको त कुनै प्राकृतिक सीमितता छैन, १० लाख बैंक खोले पनि केही आपत्ति छैन नि । हाइड्रोपावर, टेलिकम जस्तो स्रोतमा सीमितता त छैन । तर, बैंकिङले मानिसको जीवनमा प्रभाव पार्छ, सर्वसाधारणको निक्षेप दुरुपयोग होला भनेर लाइसेन्सको व्यवस्था गरिएको हो । त्यहाँ पनि पहुँचका आधारमा लाइसेन्स दिएको सुनिन्छ । अहिले पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिँदा पैसा खाएर दिइयो भन्ने व्यापक हल्ला छ । जसले पाएको छ, उसले पनि पैसा ख्वाएर पाएको भनेर फुर्ती लगाउँछ । तर हामी सहेर बस्नुपरेको छ । कसैले आवाज उठाउँदैन, उठाएको आवाज पनि दमित हुन्छ । यो क्रोनी क्यापिटलिजम्को उदाहरण हो । जहाँ प्रतिस्पर्धा गर्नुपर्ने हो, त्यहाँ सेटिङ हुन्छ । टेन्डरको सूचना पत्रिकामा निकाल्यो, त्यो दिनको पत्रिका सबै टेन्डरवालाले नै किन्यो, अनि आफ्नै सेटिङका कम्पनीको टेन्डर भरेर पार्‍यो । भोजपुरमा एउटा घोडा किन्न टेन्डर गर्दा खुट्टा खोच्याउने, छिर्केमिर्के रङ भएको, पुच्छर छोटो भएको टेन्डर गर्दा ठ्याक्कै ज्वाइँको घोडा मिल्यो भनेजस्तै हो । आफूले पक्षपोषण गर्ने व्यक्तिलाई दिने राज्यसंयन्त्रको चाहना, राज्यसंयन्त्रबाट पाउने अत्यधिक लाभ लिन भरमग्दुर प्रयास गर्ने व्यवसायी, यी दुवै क्रोनी क्यापिटलिजम् हो । त्यसो भए कार्टेलिङ र क्रोनी क्यापिटलिजम् उस्तै हो त ? कार्टेलिङ त बजारको विकृति हो । कार्टेलिङलाई क्रोनी क्यापिटलिजम् परिभाषाभित्र राख्न मिल्दैन । उदारवादी अर्थतन्त्रमा पनि राज्यव्यवस्थाले नियमन गर्नुपर्छ । तर जब राज्य कमजोर हुन्छ, धेरै नाफा कमाउन धेरै व्यवसायी मिलेर मूल्य र मौज्दातमा कार्टेलिङ गर्न सक्छन् । सामान्यतया बजार प्रतिस्पर्धी हुनुपर्ने हो, बजार प्रतिस्पर्धी हुने गरी नियमन हुन सकेन भने प्रतिस्पर्धा गर्ने व्यवसायी आफै मिलेर कार्टेलिङ गर्छन् । क्रोनी सोसजिलम् के हो त ? मै त यसलाई क्रोनी कम्युनिजम् नै भनेको छु । किनकि आदर्शको रूपमा पार्टीको विश्वासका रूपमा साम्यवाद वा समाजवाद भन्ने, तर विलासी सामान प्रयोग गर्नुपर्ने, साँझ भएपछि महँगो मदिरा खाने, आफ्नो मान्छेलाई नियुक्ति, ठेक्कापट्टा दिलाउनुपर्ने प्रवृत्ति बोकेपछि त्यो क्रोनी कम्युनिजम् भयो । अहिले कम्युनिष्ट पार्टीहरूले पनि आफुलाई समाजवादी भन्न रुचाउछन् । नेपाली कांग्रेसले पहिलेदेखि समाजवादी भनेको हो, त्यसैले गैरसमाजवादी त कोही पनि छैनन् । अहिले त नेपालमा व्यापारी पनि समाजवादी, ढुंगा गिट्टीको व्यवसायी पनि समाजवादी नै हो । नेपालमा आर्थिक उदारीकरणसँगै क्रोनी क्यापिटलिजम् फस्टाएको हो त ? २०४८/२०४९ मा एकैपटक धेरै क्षेत्र खुला भए । बैंकिङ, बीमा, मिडियालगायतका क्षेत्रमा एकैपटक उदार नीति लागू गरियो । तर, त्यो बेला गिरिजाप्रसाद कोइराला, रामशरण महत वा अरू कसैलाई चिनेर वा पैसा दिएर लाइसेन्स पाएको होइन । त्यो बेला गुमनाम व्यक्तिले पनि बैंकको लाइसेन्स पाएको छ । त्यही समयमा गाउँबाट आएर उद्योग व्यवसाय सञ्चालन गरेर अर्बपति भएका धेरै व्यवसायी हुनुहुन्छ । विकृति प्रारम्भको चिन्तन गर्दा जब व्यवसायीले आफूले कमाएको नाफाको महत्त्वपूर्ण हिस्सा कसैलाई दिनुपर्ने भने तब कसैबाट सुरक्षा खोज्न थाल्नुभयो । यसको शुरुआत द्वन्द्वकालीन अवस्थामा तत्कालीन नेकपा माओवादीबाटै भएको हो । उहाँहरूलाई बैंक लुटेर मात्र पुगेन, यति पैसा चाहियो भनेर व्यवसायीलाई चिठी पठाए । कति व्यवसायीलाई चन्दा नदिएको निहुँमा सिध्याइयो पनि । कति व्यवसायी सिंगापुर पलाएन भए, अहिले फेरि त्यही माओवादीसँग निकट बसेर पनि काम गरिरहेका छन् । व्यवसाय भनेको नशा पनि हो । सत्ता नजिक भएकाले सत्ताधारीको संरक्षण खोज्छ । जब व्यवसायीले कुनै नेतासँग गएर संरक्षण खोज्छ, उसले तिम्रो नाफाको हिस्सा हामीलाई पनि दिनुपर्छ भन्छ । जब नाफाको बाँडफाँट हुन थाल्यो, द्वन्द्वकारी शक्तिले पनि च्याप्ने भए, राज्य निकटले पनि च्याप्न थाले । द्वन्द्वकारी शक्तिले संरक्षण गरेपछि खुलेआम तस्करी गर्न पाउने भए । उनीहरूलाई हतियार तस्करी गरिदियो, बजारमा अरू सामानको तस्करी । योभन्दा अघि २०४५ सालमा नाकाबन्दीमा हवाई इन्धन र खाद्यान्न तस्करी गर्न केही व्यक्तिलाई राज्यले नै संरक्षण गरेको थियो । क्रोनीको झिल्को त्यो बेला शुरू भयो, तीव्ररूपमा झांगिएको २०५७–२०५८ पछि हो । राजनीतिक समूहहरू र व्यवसायीको बीचमा एकले अर्कालाई संरक्षण गर्ने वातावरण बन्यो । व्यवसायीले राजनीतिकर्मीलाई चुनाव जित्न, उहाँहरूको वर्चस्व बढाउन सहयोग गर्ने प्रवृत्ति बढ्यो । यो रकमको आधारमै बनेको हो । यो हटाउन ठूलै प्रयत्न गर्नुपर्छ । पोलिसी क्याप्चर, रेगुलेटरी क्याप्चर पनि देखिन्छ नि ? आफूलाई सहयोग पुग्छ भन्ने हिसाबले भित्रको डिजाइन नै आफ्नो हिसाबले गर्ने नीति निर्मातालाई शेयर गर्ने प्रवृत्ति छ । नीति निर्माणको शुरुआत समस्याबाट वा सर्वसाधारणबाट हुनुपर्ने हो । जस्तै– अहिले सहज रूपमा पासपोर्ट वा ड्राइभिङ लाइसेन्स पाइँदैन । यो अवस्थामा यसलाई कसरी सहज बनाउने भनेर सम्बन्धित निकायले नै नीति बनाउने हो । त्यसको सट्टा कसैले गएर आफ्नो संस्थाको स्वार्थपूर्ति हुने गरी प्रारम्भ आफैबाट गर्ने प्रवृत्ति पोलिसी क्याप्चर हो । स्वार्थ समूहहरूले नीतिमा आफ्नो कुरा छिराउन प्रयास गरिरहेकै हुन्छन् । हामीकहाँ पनि बैंक तथा वित्तीय संस्था ऐन, विद्युत् ऐन, बीमा ऐनमा आफ्ना कुरा राख्न सरोकारवालाहरूले संसद्सम्म पुगेर लबिङ गरे । यो विश्वव्यापी रूपमै प्रयोग हुने विधि हो । ज्ञान बाँड्ने हिसाबले लबिङ भएको छ भने केही हदसम्म स्वीकार्य मान्न सकिन्छ । अमेरिकामा त व्यावसायिक लबिङ नै हुन्छ । नेपालमा अदृश्य लबिङ हुने गरेको देखिन्छ । कुनै पनि निकायमा आफ्नो मान्छेलाई पठाउने र ऊमार्फत आफ्नो काम गराउने रेगुलेटरी क्याप्चर हो । नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन ५ करोड रुपैयाँ बुझाइएको जस्ता कुरा पनि आए । अहिले धितोपत्र बोर्ड, नेप्सेको प्रमुख आफू निकटकालाई बनाउन चलखेल भइहेकै छ । यसको अर्थ उक्त व्यक्तिबाट भोलि आफूलाई सहयोग होस् या आफूले गलत गर्दा कारबाही नहोस् भन्ने हो । कहिलेकाहीँ पदमा रहेका इमानदार व्यक्ति अर्को ढंगले पनि दुरुपयोग हुन्छन् । प्रधानमन्त्री, राष्ट्रपतिसम्म पुगेर काम गर्न दबाब दिएका उदाहरण पनि हामीकहाँ छन् । क्रोनिजम् मौलाउनुमा कानूनमा केही समस्या छन् कि ? कानूनमा प्रतिस्पर्धालाई संरक्षण र प्रवद्र्धन गर्ने भन्ने नै छ । खास व्यक्तिलाई खास स्वार्थका आधारमा रकम लेनदेन गरेर दिनुपर्छ भनेर त कतै लेखेको छैन नि ⁄ एक–आपसमा बाझिएका कानूनमा छिद्र छन् कि ? छिद्र पत्ता लगाएर करको विषयमा प्लानिङ गरेको हुन सक्छ । कानूनमा भएको छिद्र प्रयोग गरेका छन् भने त्यो सामान्य हो । कतिपय कम्पनीहरूले ‘ट्याक्स हेभन’ मुलुकमा पैसा राखेर कारोबार गरेका छन् त । सार्वजनिक नीति बनाउने, नियमन गर्ने, लाइसेन्स दिने संस्थाहरूमा निजीक्षेत्रको प्रतिनिधि पठाउने व्यवस्थालाई कसरी हेर्नुहुन्छ ? विश्वव्यापी रूपमा यसलाई राम्रो अभ्यासका रूपमा लिइन्छ । जसलाई नियमन गर्ने हो, उसको सहभागिता नभै नियमन गर्दा अनावश्यक दण्ड सजाय हुने, उसको आवाज सुनिँदै सुनिँदैन भन्ने मान्यता छ । जस्तै– धितोपत्र बोर्डमा निजीक्षेत्रको प्रतिनिधित्व हुन्छ । बोर्ड सार्वजनिक कम्पनीको पूँजी निष्कासनको नियमन गर्ने निकाय हो । त्यो कारोबार निजीक्षेत्रका व्यक्तिहरूले गर्छन् । उनीहरूको आवाजलाई नै ठाउँ नदिई नियमन् गर्दा राम्रो हुँदैन भन्ने हो । प्रतिनिधित्व भएन भने नीति राम्रो बन्दैन । तर व्यक्तिले आफ्नो भूमिका अनुसारको काम गर्न सक्नुपर्छ । जस्तै– म कुनै कजेजमा पढाउँछु, त्यही कलेजमा पढ्ने मेरो छोरा वा छोरी कहिल्यै फेल नहुने व्यवस्था त ठीक होइन नि । व्यक्तिका भूमिका फरक–फरक हुन्छन्, फरक भूमिका अनुसार आफूलाई प्रस्तुत गर्नुपर्छ । नियमनकारी निकायमा जाँदा उनीहरूले नियमनकारी निकायकै भूमिका खेल्नुपर्छ । निजीक्षेत्रका संस्थाहरूले पनि त्यस्तो प्रतिनिधित्व गराउँदा उपयुक्त व्यक्तिलाई गराउनुपर्छ । अहिले निजीक्षेत्रका संस्थाहरू पनि क्रोनी क्यापिटलिजम् पक्षपोषण गर्ने अवस्थामा पुगेका छन् । यसको समाधान के हो ? कतिपयले सरकारी भूमिका घटाउनुपर्ने उपाय पनि सुझाउँछन् त ? सरकारी भूमिका घटाउनुपर्ने उपाय कसैले सुझाउँछ भने त्योसँग गाँसिएका अरू विषयहरू पनि स्पष्ट गर्नुपर्ने हुन्छ । त्यो झन् खतरा, लागू गर्न नसक्ने खालको व्यक्तिवादी हुन्छ । कतिपय यस्ता क्षेत्र छन्, जसमा सरकारको स्वामित्व आवश्यक हुन्छ । कुनै क्षेत्र प्रतिस्पर्धात्मक अवस्थामा सञ्चालन भएको छ भने राज्यको प्रवेश आवश्यक छैन । जस्तै– पसल सञ्चालन राज्यले गर्नुपर्दैन । तर, केही वस्तुहरू सुरक्षा र सार्वभौमसत्ताको दृष्टिकोणले राज्य सहभागी हुनैपर्छ । निजीक्षेत्रका एफएनसीसीई, सीएनआई जस्ता संस्थाहरूले पनि क्रोनी क्यापिटलिजम्कै हिसाबले काम गरिरहेका छन् । उनीहरूले नियमनकारी निकायमा राम्रो प्रतिनिधित्व गर्न सकेका छैनन् । सदस्यले गलत गर्दा पनि संरक्षण गरेका छन् भन्ने कुरा आयो । यी संस्थाहरूको औचित्य सकिएको हो त ? मानिसको संगठित हुने अधिकारलाई रक्षा गर्नुपर्छ । ती मानिसहरू चाहे श्रमिक हुन् या व्यवसायी । यस्ता संगठन चाहिँदैन भनेर म भन्दिनँ । तर अघि हामीले पोलिसी, रेगुलेटरी क्याप्चरको चर्चा गर्‍यौं । ती संस्थाहरू पनि क्याप्चरमा परेका छन् । उद्योग वाणिज्य महासंघको अध्यक्षको निर्वाचनमा पैसाको चलखेल किन हुन्छ ? एउटा व्यक्ति व्यवसाय छोडेर किन जान्छ त्यस्तो संस्थामा ? यो एक प्रकारको आर्थिक लाभको अवसर, क्रोनी क्यापिटलिजम् हो । सरकारमा जसरी क्रोनी क्यापिटलिजम् छ, त्यहाँ पनि क्रोनी क्यापिटलिजम् छिराएको उहाँहरूले नै हो । व्यवसाय नै नभएको व्यक्ति नेतृत्वमा लडेर जित्नुभएको छ । व्यवसाय बन्द छ, तर पदाधिकारीमा क्रियाशील हुनुहुन्छ । क्रोनी सिस्टमको बढी आधार लाइसेन्स प्रणालीमै रहेको देखिन्छ । तर सन् १९९० देखि धेरै क्षेत्रमा लाइसेन्सको व्यवस्था हटाइए पनि केही कायम राख्नुको कारण के हो ?   सीमित प्राकृतिक स्रोत भएमा, जस्तै कुनै एउटा लोकेसनमा जलविद्युत् आयोजना बनाउन एउटालाई लाइसेन्स दिइयो भने अर्कोलाई दिन सकिँदैन । त्यसैले प्राकृतिक स्रोतको सीमा छ । आम मानिसको हितको रक्षा गर्नुपर्नेछ । बैंक, बीमाजस्ता क्षेत्र र अर्को पर्यावरणीय कारणले मात्र लाइसेन्स दिने हो । नत्र बजारमा जो पनि जान खुला छ । अहिले बजारमा मोटरसाइकल वर्कशप खोल्न सरकारको लाइसेन्स व्यवस्था त छैन नि । यदि प्रतिस्पर्धामा कुण्ठित हुने गरी, खास–खास व्यक्तिले मात्र थाहा पाउने गरी काम हुन्छ भने त्यो क्रोनी क्यापिटलिजम् नै हो । तपाईं आफै लामो समय नीति निर्माण तथा कार्यान्वयन गर्ने ठाउँमा नेतृत्व गर्नुभयो । अहिले हामीले छलफल गरेका विविध विकृति हटाउन के कस्तो काम गर्नुभयो ? मैले छाडेको ११ वर्ष भयो । त्यो बेला अहिलेको हदसम्मको क्रोनी क्यापिटलिजम्को विकृति थिएन । त्यो बेला सार्वजनिक खरीद ऐन नै थिएन । त्यसको मस्यौदा मैले गरेको हो । त्यो ड्राफ्ट गर्ने बेलामा निजीक्षेत्रको सहभागिता होस् भनेर सकुन्तललाल हिराचनको टोली नै राखेका थियौं । त्यसको अर्थ पनि क्रोनी क्यापिटलिजम् नहोस् भनेर नै हो । अहिले यो ऐनलाई देखाएर गलत कुराको व्याख्या गर्छन्, हाम्रो सार्वजनिक खरीद ऐनले न्यूनतम कबोल गर्ने बोलपत्रदाताको स्वीकार गर्नुपर्छ भनेकै छैन । भनेकै न्यूनतम मूल्यांकित बोलपत्रदाता भनिएको छ । न्यूनतम मूल्यांकित बोलपत्र भनेकै गतिलो बोलपत्रमध्ये सबैभन्दा कम कबोल गरेको भनिएको हो । अपव्याख्या गर्ने, आफ्नो मान्छेलाई ठेक्का दिने प्रयत्न गर्ने, अनि काम गर्न नसकेपछि कानूनमा कमजोरी देखाउने प्रवृत्ति छ । यस्ता धेरै सुधारको काम मैले गरेँ । भन्सार ऐनको मस्यौदा म आफै बसेर ड्राफ्ट गरेको हो । कर प्रणालीमा धेरै सुधार भयो । कुल गार्हस्थ्य उत्पादनमा कुल राजस्व ८–९ प्रतिशत कर राजस्व, साढे १७ प्रतिशत पुग्दा छोडेको अहिले २३ प्रतिशत पुगेको छ । संसदीय व्यवस्थामा प्रधानमन्त्री मुख्य व्यक्ति हुन्छ, तर नेपालमा जसरी मन्त्रीहरूले आफूखुशी काम गरिरहेका छन् । यसले त क्रोनिजम् झन् बढेर गएको देखियो नि ? संसदीय व्यवस्था नभएका मुलुकमा समेत क्रोनिजम् छ । रूसमा समेत अहिले क्रोनी सोसलिजम् हो । पुटिनलाई मन पर्ने व्यक्तिले व्यवसाय गर्न पाउँछ, नपर्ने व्यक्ति जेलमै पठाइन्छ । चीनमा पनि करीब यस्तै हुन लागेको छ । सत्ताको नजिक नभएका कम्पनीहरूलाई पैसा धेरै कमायौ भनेर ठेगान लगाइरहेको छ । बरु मुख्य परिवर्तन त संसदीय व्यवस्थामै भएको छ । सार्वजनिक संस्थाहरू बलियो बनाइयो, सार्वजनिक संस्थामा जाने व्यक्ति असल भयो, ‘राइट म्यान राइट प्लेस’ भयो भने राम्रो हुन्छ । सरकार अस्थिर भएको जापानजस्तो देशमा पनि सार्वजनिक संस्था बलियो बनाइएको छ । यसका लागि प्रधानमन्त्रीमा इमानदारी आवश्यक छ ।

सम्बन्धित सामग्री

गैरबैंकिङ वित्तीय क्षेत्रको नियमन

सहकारी संस्थाहरू एकपछि अर्को गर्दै समस्याग्रस्त भइरहँदा अहिले सहकारीको नियमन कसले र कसरी गर्ने भन्नेमा बाक्लै बहस हुन थाले पनि सरकारले यसको नियमनका लागि दोस्रो तहका नियामक गठन गर्न भने चासो देखाएको छैन । सहकारी संस्था समस्यामा पर्न थालेको डेढ दशक नाघिसकेको छ । पछिल्लो समय अर्थतन्त्रमा समस्या देखिएसँगै सहकारीहरू पनि समस्याग्रस्त बनिरहेका छन् । लाखौं बचतकर्ताको अर्बौं रुपैयाँ डुबेको अवस्था छ । खाई नखाई जोगाएको पैसा बढी ब्याज पाइने आशमा सहकारीमा राखेको रकम फिर्ता नपाएपछि कैयौं व्यक्ति अहिले मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् । यस्तो गम्भीर अवस्था आइसक्दा पनि सहकारीमा देखिएका विकृति रोक्न र यसलाई नियमन गर्न कस्तो निकाय बनाउने भन्नेमा सरकार अनिर्णीत देखिन्छ । यसो हुनु निकै विडम्बना हो । लघुवित्त र सहकारी विशेष प्रकृतिका वित्तीय कारोबार गर्ने संस्था हुन् । त्यसो हुँदा यिनलाई नेपाल राष्ट्र बैंकले नियमन गर्नु हुँदैन । तर, अहिले लघुवित्तलाई बैंकसरह मानेर राष्ट्र बैंकले नियमनका लागि विभिन्न निर्देशन जारी गरेको छ जुन सही मान्न सकिँदैन । ठूलो कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकलाई नियमनको जिम्मेवारी दिनेमा पनि छलफल भएको पाइन्छ । बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न गाह्रो भएकाले तिनको संख्या घटाउन लागेको राष्ट्र बैंकका लागि सहकारीको नियमन त्यति सहज देखिँदैन । तर, एउटा यथार्थ के हो भने वित्तीय कारोबार गर्ने गैरबैंकिङ संस्थाहरूलाई नियमन गर्न एउटा अलग सशक्त नियामक निकायको आवश्यकता छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत ठूला कोषको पनि नियमन आवश्यक छ । यद्यपि यस्ता कोषमा भने समस्या देखिएको छैन । यस्ता ठूला कोषका कारण ब्याजदरलगायत क्षेत्र प्रभावित हुने भएकाले तिनलाई पनि कुनै नियमनभित्र राख्नु उपयुक्त हुन्छ ।  यस्तो नियामक निकाय स्वायत्त बनाउने कि नेपाल राष्ट्र बैंकको मातहतमा बनाउने भन्ने पनि छलफलको विषय बनेको छ । यसका बारेमा पनि पर्याप्त छलफल जरुरी छ । नियामक निकायको आवश्यकता अहिले देखिएको होइन, लामो समयदेखिको माग हो । यो मात्र होइन, सहकारीका लागि पनि कर्जा सूचना केन्द्रको माग भइरहेको छ । यस्ता मागलाई बेवास्ता गर्दाको परिणति नै अहिले सहकारीमा समस्या आउनु हो ।  ३१ हजारभन्दा बढी सहकारी रहेको मुलुकमा नियामक निकाय नहुनु विडम्बना नै हो । यद्यपि सिद्धान्तत: सहकारी संस्था भनेको स्वनियमनमा चल्नुपर्ने संस्था हुन् । तैपनि सहकारीका लागि अलग नियामक बनाउने चलन विश्वका धेरै मुलुकमा देखिएको छ । नियामक निकायको चर्चा भएर पनि बन्न नसक्नुमा चाहिँ स्वार्थको द्वन्द्वले काम गरेको देखिन्छ । मुख्य राजनीतिक दलका सबैजसो नेतृत्वको संलग्नता प्राय: कुनै न कुनै सहकारीमा रहेको पाइन्छ । सहकारीलाई नै राजनीतिक पहुँचको आधार बनाउने पनि छन् । यिनीहरू नियामकको विरुद्धमा देखिन्छन् । सहकारीहरू अनौपचारिक अर्थतन्त्रका लागि समेत उपयोग भएको पाइन्छ । खासगरी घरजग्गाको कारोबारमा सहकारीको अत्यधिक लगानी छ । सहकारीहरू समस्यामा पर्नुको कारण पनि घरजग्गा कारोबारमा मन्दी आउनुसँग जोडिएको छ । त्यसैले सहकारी लगायत गैरबैंकिङ क्षेत्रलाई नियमनमा ल्याउन सकिएन भने अर्थतन्त्रमा समस्या थपिँदै जाने देखिन्छ । अत: नियामक निकाय बनाउन ढिला गर्नु हुँदैन । यसो नगर्ने हो भने सहकारीलाई पूर्ण रूपमा स्वतन्त्र छाडिदिनुपर्छ । एक लहर ठूलै समस्या भोगेपछि तिनमा शुद्धीकरणको अभ्यास हुन थाल्छ । तर, यो समस्याले मुुलुकको अर्थतन्त्र नै तहसनहस पार्न पनि सक्छ भन्नेमा चाहिँ सतर्क हुनु आवश्यक छ ।

गैरबैंकिङ वित्तीय क्षेत्रको नियमन

सहकारी संस्थाहरू एकपछि अर्को गर्दै समस्याग्रस्त भइरहँदा अहिले सहकारीको नियमन कसले र कसरी गर्ने भन्नेमा बाक्लै बहस हुन थाले पनि सरकारले यसको नियमनका लागि दोस्रो तहका नियामक गठन गर्न भने चासो देखाएको छैन । सहकारी संस्था समस्यामा पर्न थालेको डेढ दशक नाघिसकेको छ । पछिल्लो समय अर्थतन्त्रमा समस्या देखिएसँगै सहकारीहरू पनि समस्याग्रस्त बनिरहेका छन् । लाखौं बचतकर्ताको अर्बौं रुपैयाँ डुबेको अवस्था छ । खाई नखाई जोगाएको पैसा बढी ब्याज पाइने आशमा सहकारीमा राखेको रकम फिर्ता नपाएपछि कैयौं व्यक्ति अहिले मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् । यस्तो गम्भीर अवस्था आइसक्दा पनि सहकारीमा देखिएका विकृति रोक्न र यसलाई नियमन गर्न कस्तो निकाय बनाउने भन्नेमा सरकार अनिर्णीत देखिन्छ । यसो हुनु निकै विडम्बना हो । लघुवित्त र सहकारी विशेष प्रकृतिका वित्तीय कारोबार गर्ने संस्था हुन् । त्यसो हुँदा यिनलाई नेपाल राष्ट्र बैंकले नियमन गर्नु हुँदैन । तर, अहिले लघुवित्तलाई बैंकसरह मानेर राष्ट्र बैंकले नियमनका लागि विभिन्न निर्देशन जारी गरेको छ जुन सही मान्न सकिँदैन । ठूलो कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकलाई नियमनको जिम्मेवारी दिनेमा पनि छलफल भएको पाइन्छ । बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न गाह्रो भएकाले तिनको संख्या घटाउन लागेको राष्ट्र बैंकका लागि सहकारीको नियमन त्यति सहज देखिँदैन । तर, एउटा यथार्थ के हो भने वित्तीय कारोबार गर्ने गैरबैंकिङ संस्थाहरूलाई नियमन गर्न एउटा अलग सशक्त नियामक निकायको आवश्यकता छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत ठूला कोषको पनि नियमन आवश्यक छ । यद्यपि यस्ता कोषमा भने समस्या देखिएको छैन । यस्ता ठूला कोषका कारण ब्याजदरलगायत क्षेत्र प्रभावित हुने भएकाले तिनलाई पनि कुनै नियमनभित्र राख्नु उपयुक्त हुन्छ ।  यस्तो नियामक निकाय स्वायत्त बनाउने कि नेपाल राष्ट्र बैंकको मातहतमा बनाउने भन्ने पनि छलफलको विषय बनेको छ । यसका बारेमा पनि पर्याप्त छलफल जरुरी छ । नियामक निकायको आवश्यकता अहिले देखिएको होइन, लामो समयदेखिको माग हो । यो मात्र होइन, सहकारीका लागि पनि कर्जा सूचना केन्द्रको माग भइरहेको छ । यस्ता मागलाई बेवास्ता गर्दाको परिणति नै अहिले सहकारीमा समस्या आउनु हो ।  ३१ हजारभन्दा बढी सहकारी रहेको मुलुकमा नियामक निकाय नहुनु विडम्बना नै हो । यद्यपि सिद्धान्तत: सहकारी संस्था भनेको स्वनियमनमा चल्नुपर्ने संस्था हुन् । तैपनि सहकारीका लागि अलग नियामक बनाउने चलन विश्वका धेरै मुलुकमा देखिएको छ । नियामक निकायको चर्चा भएर पनि बन्न नसक्नुमा चाहिँ स्वार्थको द्वन्द्वले काम गरेको देखिन्छ । मुख्य राजनीतिक दलका सबैजसो नेतृत्वको संलग्नता प्राय: कुनै न कुनै सहकारीमा रहेको पाइन्छ । सहकारीलाई नै राजनीतिक पहुँचको आधार बनाउने पनि छन् । यिनीहरू नियामकको विरुद्धमा देखिन्छन् । सहकारीहरू अनौपचारिक अर्थतन्त्रका लागि समेत उपयोग भएको पाइन्छ । खासगरी घरजग्गाको कारोबारमा सहकारीको अत्यधिक लगानी छ । सहकारीहरू समस्यामा पर्नुको कारण पनि घरजग्गा कारोबारमा मन्दी आउनुसँग जोडिएको छ । त्यसैले सहकारी लगायत गैरबैंकिङ क्षेत्रलाई नियमनमा ल्याउन सकिएन भने अर्थतन्त्रमा समस्या थपिँदै जाने देखिन्छ । अत: नियामक निकाय बनाउन ढिला गर्नु हुँदैन । यसो नगर्ने हो भने सहकारीलाई पूर्ण रूपमा स्वतन्त्र छाडिदिनुपर्छ । एक लहर ठूलै समस्या भोगेपछि तिनमा शुद्धीकरणको अभ्यास हुन थाल्छ । तर, यो समस्याले मुुलुकको अर्थतन्त्र नै तहसनहस पार्न पनि सक्छ भन्नेमा चाहिँ सतर्क हुनु आवश्यक छ ।

एकीकृत सामाजिक सुरक्षा अपरिहार्य

पाँच वर्षअघि सरकारले नयाँ युगको शुरुआत भन्दै निकै महत्त्वका साथ अघि सारेको सामाजिक सुरक्षा कोषको कार्यक्रम लक्ष्यको अनुपातमा निकै सुस्त गतिमा अघि बढेको छ । निजीक्षेत्रका कर्मचारीलाई समेत पेन्सन उपलब्ध गराउने भनी प्रचारित यो कार्यक्रम किन अपेक्षा गरेअनुसार सफल हुन सकेन भनेर सरकारले समेत चासो दिएको पाइँदैन । यद्यपि यस अवधिमा केही पनि भएको छैन भन्ने होइन, धेरै काम भएका छन् । यसलाई प्रभावकारी बनाउन स्थापना दिवसका दिन शुभकामना सन्देश दिएर मात्रै सरकारको दायित्व पूरा हुँदैन । यसको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै एकीकृृत सामाजिक सुरक्षा कार्यक्रम यसै कोषमार्फत सञ्चालन गर्ने गरी नीति बनाउन ढिला भइसकेको छ ।  सामाजिक सुरक्षा कोष स्थापना हुँदा यसका बारेमा मानिसहरूमा अनेक आशंका र द्विविधा थियो । यस्ता आंशका र द्विविधाको अन्त्य अझै हुन सकेको छैन । श्रीमान् श्रीमती दुवै योगदानकर्ता भएमा एकको निधनपछि अर्काले योगदानको रकम नपाउने अवस्था छ । त्यस्तै आफैले जम्मा गरेको रकम नै महीनावारी पाउने हो भने किन कोषमा रकम जम्मा गर्ने भन्ने प्रश्नको पनि चित्तबुझ्दो जवाफ कोषले दिन सकेको छैन । कोष भर्खर स्थापना भएको र यसमा लगानीसम्बन्धी विशेषज्ञहरूको अभाव भएकाले यस कोषको परिचालन राम्ररी हुन नसकेको देखिन्छ । कोषको रकम आयमूलक क्षेत्रमा लगानी गर्ने हो भने योगदानकर्ताले बढी लाभ प्राप्त गर्छन् । त्यसो हुँदा श्रमिकहरू यसमा आबद्ध हुन आकर्षित हुन्छन् । पाँच वर्षमा ९ लाख श्रमिकमात्रै यसमा आबद्ध हुनु भनेको यसको सफलता हो भनेर मान्न सकिँदैन । अनौपचारिक क्षेत्रका कामदारलाई समेत यसमा समेट्ने नीति लिइएको छ । साँचै नै यस्तो हुने हो भने यसमा ३० लाखभन्दा बढी श्रमिक आबद्ध हुनुपर्ने देखिन्छ । समान प्रकृतिका भए पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष अनिवार्य होइनन्, सामाजिक सुरक्षा कोष भने कानूनत: अनिवार्य भनिएको छ । तर, संघीय राजधानीकै ठूलाठूला संगठित संस्थाहरू यसमा आबद्ध भएका छैनन् । बैंकहरू यसमा आबद्ध हुन नचाहेर अदालत पुगेका छन् । अदालतले यससम्बन्धी अन्तिम फैसला भने गरेको छैन । यी सबै कुराले कोष अझै सबल बन्न नसकेको देखिन्छ । पाँच वर्षअघि सरकारले नयाँ युगको शुरुआत भन्दै निकै महत्त्वका साथ अघि सारेको सामाजिक सुरक्षा कोषको कार्यक्रम लक्ष्यको अनुपातमा निकै सुस्त गतिमा अघि बढेको छ । निजीक्षेत्रका कर्मचारीलाई समेत पेन्सन उपलब्ध गराउने भनी प्रचारित यो कार्यक्रम किन अपेक्षा गरेअनुसार सफल हुन सकेन भनेर सरकारले समेत चासो दिएको पाइँदैन । यद्यपि यस अवधिमा केही पनि भएको छैन भन्ने होइन, धेरै काम भएका छन् । यसलाई प्रभावकारी बनाउन स्थापना दिवसका दिन शुभकामना सन्देश दिएर मात्रै सरकारको दायित्व पूरा हुँदैन । यसको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै एकीकृृत सामाजिक सुरक्षा कार्यक्रम यसै कोषमार्फत सञ्चालन गर्ने गरी नीति बनाउन ढिला भइसकेको छ ।  सामाजिक सुरक्षा कोष स्थापना हुँदा यसका बारेमा मानिसहरूमा अनेक आशंका र द्विविधा थियो । यस्ता आंशका र द्विविधाको अन्त्य अझै हुन सकेको छैन । श्रीमान् श्रीमती दुवै योगदानकर्ता भएमा एकको निधनपछि अर्काले योगदानको रकम नपाउने अवस्था छ । त्यस्तै आफैले जम्मा गरेको रकम नै महीनावारी पाउने हो भने किन कोषमा रकम जम्मा गर्ने भन्ने प्रश्नको पनि चित्तबुझ्दो जवाफ कोषले दिन सकेको छैन । कोष भर्खर स्थापना भएको र यसमा लगानीसम्बन्धी विशेषज्ञहरूको अभाव भएकाले यस कोषको परिचालन राम्ररी हुन नसकेको देखिन्छ । कोषको रकम आयमूलक क्षेत्रमा लगानी गर्ने हो भने योगदानकर्ताले बढी लाभ प्राप्त गर्छन् । त्यसो हुँदा श्रमिकहरू यसमा आबद्ध हुन आकर्षित हुन्छन् । पाँच वर्षमा ९ लाख श्रमिकमात्रै यसमा आबद्ध हुनु भनेको यसको सफलता हो भनेर मान्न सकिँदैन । अनौपचारिक क्षेत्रका कामदारलाई समेत यसमा समेट्ने नीति लिइएको छ । साँचै नै यस्तो हुने हो भने यसमा ३० लाखभन्दा बढी श्रमिक आबद्ध हुनुपर्ने देखिन्छ । समान प्रकृतिका भए पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष अनिवार्य होइनन्, सामाजिक सुरक्षा कोष भने कानूनत: अनिवार्य भनिएको छ । तर, संघीय राजधानीकै ठूलाठूला संगठित संस्थाहरू यसमा आबद्ध भएका छैनन् । बैंकहरू यसमा आबद्ध हुन नचाहेर अदालत पुगेका छन् । अदालतले यससम्बन्धी अन्तिम फैसला भने गरेको छैन । यी सबै कुराले कोष अझै सबल बन्न नसकेको देखिन्छ । राजस्व नबढेर सरकारी कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण उठाउनुपर्ने अवस्थामा बजेटको ३७ प्रतिशत रकम सामाजिक सुरक्षाका लागि खर्च गर्नुपर्ने बाध्यता छ । यो खर्च अब सरकारले धान्न सक्ने देखिँदैन ।  योगदानका आधारमा पेन्सन दिने भन्ने सरकारी नीति आएपछि त्यसमा सरकारी कर्मचारी र निजीक्षेत्रका कर्मचारीका लागि अलग व्यवस्था आवश्यक छैन । योगदानका आधारमा घटीबढी पेन्सन र सुविधा प्राप्त गर्ने भएपछि सरकारी कर्मचारीलाई यसमार्फत नै सामाजिक सुरक्षा दिन सरकारलाई के को आपत्ति ? सरकारी कर्मचारीले नै सामाजिक सुरक्षा कोषप्रति अविश्वास गरेपछि निजीक्षेत्रले विश्वास नगर्नु सामान्य नै हो । त्यस्तै कोषको सञ्चालक समितिमा मजदूर संगठनका प्रतिनिधिको बोलवाला रहनु पनि उपयुक्त होइन । निजी संस्थामा काम गर्ने कामदारका लागि मात्रै यो संस्था बनाउने उद्देश्यले यसो गरिए पनि सबै क्षेत्रलाई यसमा समेट्ने हो भने यो प्रावधानमाथि पुनर्विचार गरिनुपर्छ । यसको सञ्चालकमा कोष सञ्चालन गर्ने हैसियतका विज्ञहरू राखिनुपर्छ ।  अर्कोतर्फ नेपालमा सामाजिक सुरक्षा कार्यक्रम निकै बढी भइसकेका छन् । यी कार्यक्रम आवश्यकताका आधारमा ल्याइएको हो वा लहडले भन्ने प्रश्न बारम्बार उठिरहन्छ । राजस्व नबढेर सरकारी कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण उठाउनुपर्ने अवस्थामा बजेटको ३७ प्रतिशत रकम सामाजिक सुरक्षाका लागि खर्च गर्नुपर्ने बाध्यता छ । यो खर्च अब सरकारले धान्न सक्ने देखिँदैन । संघीय सरकारले मात्रै ९० वटा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको देखिन्छ । प्रदेश र स्थानीय तहमा समेत यस्तो वितरणप्रति आकर्षण देखिएको छ । यस्तोमा सबै सामाजिक सुरक्षालाई यही कोषबाट सञ्चालन गर्ने अवधारणाअनुसार काम गर्नै पर्ने अवस्था आइसकेको छ । यसबाट नै योगदानमा आधारित कार्यक्रम र अशक्तहरूका लागि अलग कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसो नगर्ने हो भने एकातिर दोहोरो सुविधा लिने सम्भावना रहन्छ भने अर्कातिर सरकारले सामाजिक सुरक्षाकै लागि मात्रै ऋण लिनुपर्ने र अन्तत: मुलुकको अर्थतन्त्र सम्हाल्नै नसक्ने अवस्था आउन सक्छ ।  योगदानका आधारमा पेन्सन दिने भन्ने सरकारी नीति आएपछि त्यसमा सरकारी कर्मचारी र निजीक्षेत्रका कर्मचारीका लागि अलग व्यवस्था आवश्यक छैन । योगदानका आधारमा घटीबढी पेन्सन र सुविधा प्राप्त गर्ने भएपछि सरकारी कर्मचारीलाई यसमार्फत नै सामाजिक सुरक्षा दिन सरकारलाई के को आपत्ति ? सरकारी कर्मचारीले नै सामाजिक सुरक्षा कोषप्रति अविश्वास गरेपछि निजीक्षेत्रले विश्वास नगर्नु सामान्य नै हो । त्यस्तै कोषको सञ्चालक समितिमा मजदूर संगठनका प्रतिनिधिको बोलवाला रहनु पनि उपयुक्त होइन । निजी संस्थामा काम गर्ने कामदारका लागि मात्रै यो संस्था बनाउने उद्देश्यले यसो गरिए पनि सबै क्षेत्रलाई यसमा समेट्ने हो भने यो प्रावधानमाथि पुनर्विचार गरिनुपर्छ । यसको सञ्चालकमा कोष सञ्चालन गर्ने हैसियतका विज्ञहरू राखिनुपर्छ ।  अर्कोतर्फ नेपालमा सामाजिक सुरक्षा कार्यक्रम निकै बढी भइसकेका छन् । यी कार्यक्रम आवश्यकताका आधारमा ल्याइएको हो वा लहडले भन्ने प्रश्न बारम्बार उठिरहन्छ । राजस्व नबढेर सरकारी कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण उठाउनुपर्ने अवस्थामा बजेटको ३७ प्रतिशत रकम सामाजिक सुरक्षाका लागि खर्च गर्नुपर्ने बाध्यता छ । यो खर्च अब सरकारले धान्न सक्ने देखिँदैन । संघीय सरकारले मात्रै ९० वटा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको देखिन्छ । प्रदेश र स्थानीय तहमा समेत यस्तो वितरणप्रति आकर्षण देखिएको छ । यस्तोमा सबै सामाजिक सुरक्षालाई यही कोषबाट सञ्चालन गर्ने अवधारणाअनुसार काम गर्नै पर्ने अवस्था आइसकेको छ । यसबाट नै योगदानमा आधारित कार्यक्रम र अशक्तहरूका लागि अलग कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसो नगर्ने हो भने एकातिर दोहोरो सुविधा लिने सम्भावना रहन्छ भने अर्कातिर सरकारले सामाजिक सुरक्षाकै लागि मात्रै ऋण लिनुपर्ने र अन्तत: मुलुकको अर्थतन्त्र सम्हाल्नै नसक्ने अवस्था आउन सक्छ ।

श्रमिकको पारिश्रमिक वृद्धिमा विवाद

सरकारले आन्तरिक श्रमबजारमा कार्यरत चियाबगानबाहेकका नेपाली श्रमिकको भत्तासहित न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । यो अघिल्लो पारिश्रमिकको दाँजोमा १५ प्रतिशतभन्दा बढी हो । नयाँ पारिश्रमिक २३ सय रुपैयाँ बढेको छ । तर, शुरूमै पारिश्रमिक वृद्धिको आलोचना भइरहेको छ । पारिश्रमिक वृद्धिबाट रोजगारदाता र श्रमिक दुवै असन्तुष्ट छन् ।  अझ नेपाल उद्योग परिसंघले त वक्तव्य जारी गरी नयाँ पारिश्रमिक दिन नसकिने बताएको छ । सरकारले सरोकारवालासँग छलफल नै नगरी पारिश्रमिक बढाएकाले श्रम सम्बन्धमा थप समस्या आउने देखिएको छ । पक्कै पनि सरकारले वृद्धि गरेको पारिश्रमिक पाउँदा पनि महँगी बढेको अहिलेको समयमा श्रमिकको समस्या समाधान हुन सक्दैन ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने रोजगारदाता र ट्रेड युनियनसँग निरन्तर छलफल गरी पारिश्रमिक निर्धारण गरिएको दाबी गरेको छ । तोकिएको पारिश्रमिकका अतिरिक्त सामाजिक सुरक्षा ऐन, श्रम सम्झौता वा नियुक्तिपत्र दिनुपर्ने, सञ्चय कोष, उपदान आदि लागू गर्नुपर्ने श्रम मन्त्रालयले बताएको छ । श्रमशक्ति सर्वेक्षण २०१७ अनुसार नेपालमा ७० लाख ८६ लाख ७५ हजार श्रमिक कार्यरत छन् । यीमध्ये २६ लाखभन्दा बढी कामदार औपचारिक क्षेत्रमा कार्यरत छन् भने ठूलो अंश अर्थात् ४४ लाख (६२.२ प्रतिशत) अनौपचारिक क्षेत्रमा कार्यरत छन् ।  यो न्यूनतम तलबमान वृद्धि गर्दा सरकारले निजीक्षेत्र र सरोकारवाला सबैसँग गम्भीर छलफल गर्नुपथ्र्यो । सरकारले तोकेको भन्दा निकै बढी पारिश्रमिक दिने संस्था पनि नभएका होइनन् तर न्यूनतम तलब नदिने र काममा भने निकै घोटाउने संस्था पनि नभएका होइनन् । विधि र प्रक्रिया पूरा गरी सञ्चालन भएका कतिपय संस्थाहरू अहिले तलबै खुवाउन नसक्ने अवस्थामा पुगेका छन् र उनीहरूले उत्पादन कटौतीमात्र होइन, कामदार पनि कटौती गरिरहेका छन् । यस्तो अवस्थामा गरिएको तलबवृद्धि यस्ता कम्पनीले थेग्न कठिन देखिन्छ ।  कामदारहरूको तलब बढाउनु निश्चयै स्वागतयोग्य कुरा हो । तर, यसरी तलब बढाउँदा मुलुकको अर्थतन्त्रको अवस्था कस्तो छ भन्नेमा सरकारले ध्यान दिएको देखिँदैन । नेपालको श्रमको उत्पादकत्व निकै कमजोर छ भन्ने तथ्य धेरैलाई थाहा भएकै हो ।  उद्योग र श्रम सम्बन्धलाई नबिगार्ने गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्ने विधि अवलम्बन गरिनुपर्छ जसमा सबैको चित्त बुझोस् । मुुलुक मन्दीमा गएर उद्योगधन्दाले आफ्नो क्षमता ७० प्रतिशतसम्म घटाएको अवस्थामा कामदारलाई तलब दिन नसकेर फिटफिटी भइरहेको छ । कतिपय व्यवसायले त घरजग्गा बन्धक राखेर समेत कामदारलाई तलब खुवाएको पाइन्छ । यस्तोमा १५ प्रतिशत तलब बढी खुवाउनु पर्दा यस्ता संस्थालाई त्यो बोझ निकै ठूलो हुन्छ । यो बेला सामान्य उद्यम गर्नेलाई समेत कठिन भइरहेको पाइन्छ । यसै पनि कोरोना महामारी र त्यसपछिको युक्रेन–रूस युद्धका कारण उद्योग व्यवसायहरू खुम्चिरहेका छन् । त्यसैले उनीहरूले सरकारबाट विभिन्न सहयोगको अपेक्षा गरिरहेका छन् । संकटको बेला उद्योग व्यवसायलाई कर घटाएर भए पनि सहयोग गर्नुपर्नेमा उल्टै कर पनि थपिएको छ । यो बोझ उठाउन सक्ने अवस्थामा संस्थाहरू छैनन् । संस्थाहरू राम्ररी चलेको बेलामा भने कर थप्न पनि हुन्छ, तलब वृद्धि गराउन पनि हुन्छ । अर्कोतर्फ महँगीका कारण जीवनस्तरमा ह्रास आइरहेको सन्दर्भमा तलब वृद्धिमात्र समाधान हुन सक्दैन । महँगी नियन्त्रणमा लिन सक्नुपर्छ । साथै, पैसा बढाउनुभन्दा कामदारहरूलाई लाभ हुने अन्य खालको सुविधा थप्न सकिन्छ । त्यसतर्फ सरकारको ध्यान जानु जरुरी छ ।  उद्योग र श्रम सम्बन्धलाई नबिगार्ने गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्ने विधि अवलम्बन गरिनुपर्छ जसमा सबैको चित्त बुझोस् । चित्त नबुझ्दा त्यसले सीधै उत्पादकत्व र लगानीमा असर पर्छ भन्नेमा सरकारको ध्यान जानु जरुरी छ । अहिलेको तलब वृद्धिले श्रमिक र रोजगारदाताबीच द्वन्द्व बढाउने भएकाले उत्पादकत्वमा झनै असर पर्ने देखिएको छ ।

आन्दोलित हुँदै सहकारीका सञ्चालक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर र मिटरब्याजीको विरोधमा आन्दोलन चलिरहेका बेला अब सहकारीका सञ्चालकले पनि आन्दोलन गर्ने भएका छन् । बचत तथा ऋण सहकारी संस्थाहरू तरलता अभावलगायत समस्यासँग जुधिरहेका बेला सरकारले सहयोग नगरेको भन्दै उनीहरूले छाता संस्था राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा आन्दोलनमा गर्न लागेका हुन् । सहकारी ऐनमा व्यवस्था भएका कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, निक्षेप तथा कर्जा सुरक्षणको व्यवस्था गर्न लामो समयदेखि माग गरे पनि सरकारले बेवास्ता गरेकाले आन्दोलित हुनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । ‘सहकारी अभियानसँग पटक–पटक गरिएको प्रतिबद्धता कार्यान्वयनमा सरकारले ध्यान दिएन । कोठामा गरिएका सहमतिको सुनुवाइ भएन,’ बुधवार महासंघले गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले भनिन्, ‘अब सडकमै गएर आवाज सुनाउन लागेका हौं ।’ महासंघले ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत २० गते काठमाडौं काठमाडौंको माइतीघरमा शक्ति प्रदर्शनको कार्यक्रम तय गरेको छ । त्यसपछि आन्दोलनका थप कार्यक्रम ल्याइने महासंघले बताएको छ । संकटमा पनि विचलित नभईकन सदस्यको बचतको सुरक्षाका लागि जिम्मेवार र प्रतिबद्ध रहेको सन्देश दिन तथा अभियानको तर्फबाट राखिएका मागहरूमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने उद्देश्यले सडकमा प्रदर्शन तथा कोणसभा गर्न लागिएको उपाध्यक्ष मल्लले बताइन् । सहकारीमा समस्या समाधानमा महासंघले नेतृत्व नलिएको भन्दै सहकारीका सञ्चालकहरूले ‘सहकारी बचाऊ अभियान’को नाममा आन्दोलन घोषणा गरेका थिए । उनीहरूले महासंघमै रिले अनशन शुरू गरेपछि महासंघले आइतवार वरिष्ठ उपाध्यक्ष मल्ललाई आन्दोलन समितिको संयोजनको जिम्मेवारी दिएको थियो । समितिमा सञ्चालकद्वय राजेन्द्र पौडेल र शिव डाँगी सदस्य छन् । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभावको समस्या देखिएसँगै बचत तथा ऋण सहकारीहरूमा पनि तरलता अभाव हुन थालेको थियो । तरलता अभावको अवधि बढ्दै गएपछि कतिपय संस्थाहरू सदस्यको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । सहकारीका सञ्चालकहरूले सहकारीको समस्या समाधान गर्न सन्दर्भ ब्याजदर खारेजी, तरलता व्यवस्थापनका लागि राज्यकोषबाट सहयोग, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण स्थापना, ऋणी तथा जमानीको चलअचल सम्पत्ति संस्थाको परिपत्रमार्फत रोक्का गर्न सकिने व्यवस्था, बचतको सीमा २५ लाख तोक्ने प्रावधान खारेजी हुनुपर्ने माग राखिएका छन् । यस्तै त्रासमुक्त भएर संस्था सञ्चालन हुने वातावरण सृजना, ब्याजकर दाखिला गर्ने समय १ वर्ष थप, २ वर्षको कुलिङ पिरियड, नियमनका लागि सेकेण्ड टायर इन्स्टिच्युसन, सहकारीमा विश्वासको वातावरण बनाउन सरकार र अभियानको स्पष्ट पहल हुनुपर्नेलगायत माग छन् । आफ्ना मागहरूप्रति सरकारको ध्यान नगएकाले सडक आन्दोलन गर्न बाध्य हुनुपरेको उपाध्यक्ष मल्लको भनाइ छ । सरकारले माग पूरा नगरेसम्म आन्दोलन नरोकिने उनले बताइन् । कोभिड–१९ को महामारी, रुस–युक्रेन संकट र आर्थिक मन्दीका कारण सहकारी समस्या आएको मल्लले दाबी गरिन् । ‘सञ्चालक र सहकारीकर्मीको कारणले मात्र सहकारीमा समस्या आएको होइन,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सहकारी डुब्नुमा सहकारीकर्मीको मात्र कमजोरी छैन । समग्र आर्थिक क्षेत्रमा सल्किएको आगोले समस्या पारेको हो ।’ नेपालमा २०१३ चैत २० गते चितवनको बखानपुरमा बखान ऋण समिति स्थापना भएको सम्झना गर्दै हरेक वर्षको चैत २० गते सहकारी दिवस मनाइन्छ ।

सहकारी समस्यामा समन्वय गर्न महासंघले बनायो समिति

काठमाडौं । सहकारी क्षेत्रमा देखिएको तरलता अभावलगायतका समस्या समाधान गर्न राष्ट्रिय सहकारी महासंघले संयोजन समिति बनाएको छ । महासंघको आइतवार बसेको सञ्चालक समिति बैठकले वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा सञ्चालकद्वय राजेन्द्र पौडेल र शिव डाँगी सदस्य रहेको समिति गठन गरेको हो । समितिलाई सहकारीमा विषयगत केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक, प्रदेश र जिल्लास्तरीय संघ तथा नियामक निकायसँग समन्वय गरी समस्या समाधानको लागि पहल गर्ने जिम्मेवारी दिइएको छ । सहकारीमा देखिएका समस्या समाधानको लागि महासंघले पहलकदमी लिन नसकेको भन्दै सञ्चालकहरूले सहकारी बचाऊँ राष्ट्रिय अभियानको नाममा आन्दोलन शुरू गरेका छन् । महासंघले उक्त अभियानले उठाएको मागलाई अपनत्व लिने निर्णय समेत गरेको छ । आन्दोलनकारीले सहकारीमा देखिएको समस्या सम्बोधन गर्न सन्दर्भ ब्याजदर खारेजी, तरलता व्यवस्थापनका लागि राज्य कोषबाट सहयोग, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण स्थापना, ऋणी तथा जमानीको चलअचल सम्पत्ति संस्थाको परिपत्रमार्फत रोक्का गर्न सकिने व्यवस्था, बचतको सीमा २५ लाख तोक्ने प्रावधान खारेजी, त्रासमुक्त भएर संस्था सञ्चालन हुने वातावरण सृजना, ब्याजकर दाखिला गर्ने समय एक वर्ष थप, दुई वर्षको कुलिङ पिरियड, नियमनका लागि सेकेन्ड टायर इन्स्टिच्युसन, सहकारीमा विश्वासको वातावरण बनाउन सरकार र अभियानको स्पष्ट पहललगायत माग उठाएका छन् । बैंक तथा वित्तीय संस्थामा तरलता अभावको समस्या देखिएसँगै बचत तथा ऋण सहकारीमा पनि तरलता अभाव हुन थालेको थियो । तरलता अभावको अवधि बढ्दै गएपछि कतिपय संस्थाहरू सदस्यको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । सहकारीका समस्या समाधान गर्न यसअघि महासंघले तीनओटा समिति बनाइसकेको छ । आर्थिक वर्षको शुरूमै सञ्चालक राजेन्द्र पौडेलको संयोजकत्वमा बनेको समितिको सिफारिश अनुसार महासंघले सहकारीले सातामा पाँच प्रतिशत मात्र बचत फिर्ता गर्न अपील गरेपछि विवादमा परेको थियो । त्यसपछि उक्त समिति निष्क्रिय भयो । त्यसपछि महासंघले मङ्सिर १३ गते वागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको संयोजकत्वमा अर्को संयन्त्र बनायो । उक्त सयन्त्रमा प्रदेश र जिल्लास्तरीय संघको मात्र प्रतिनिधित्व रहेको भन्दै मङ्सिर १६ गते सञ्चालक केबी उप्रेतीको संयोजकत्वमा अर्को समिति बनाएको थियो । तैपनि महासंघले उठाएका सन्दर्भ ब्याजदरको खारेजी, कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, बचत तथा निक्षेप सुरक्षण कोषलगायतका व्यवस्था सम्बोधन भएका छैनन् । अध्ययन कार्यदल बनाउन विभागको प्रस्ताव यसैगरी सहकारी क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय सुझाउन संघीय सहकारी विभागले अध्ययन कार्यदल गठन गर्ने प्रस्ताव गरेको छ । अर्थ र सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, अभियानकर्मी लगायत रहने गरी कार्यदल बनाउने प्रस्ताव मन्त्रालयमा पठाइएको विभागका सूचना अधिकारी तथा उपरजिस्ट्रार टोलराज उपाध्यायले जानकारी दिए । ‘समस्या समाधान गर्न पहिला त्यसको पहिचान आवश्यक छ,’ उनले भने, ‘त्यसैका लागि सम्बन्धित विषयविज्ञ समेत रहेन गरी कार्यदल गठन गर्न प्रस्ताव पठाएका छौं । मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेपछि निर्णय होला ।’ सहकारी संस्थामा समस्या बढ्दै गए पनि सरकारले समाधानका लागि काम नगरेको आरोप लाग्दै आएको छ । यसअघि राष्ट्रिय सहकारी विकास बोर्डको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक, लघुवित्त र सहकारीमा देखिएका समस्या समाधानका लागि सर्वदलिय बैठक बोलाउने बताउनुभएको थियो । तरलता अभावसँग जुधिरहेको बेला व्यापारीले बैंकको ब्याज नतिर्ने घोषणा गर्दै आन्दोलनमा उत्रिएपछि वित्तीय क्षेत्र त्रसित छ ।

११ बुँदे घोषणापत्र जारी गर्दै तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न

काठमाडौंमा दुई दिनदेखि सञ्चालन भइरहेको ‘तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनबाट पहिचान गरिएका तीन मुख्य समस्याहरू गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर र उद्यमशील समाज÷समुदाय निर्माणमा आ–आफ्नो क्षेत्रमा अगाडि बढ्ने सहकारी एवम् लघुवित्त संस्थाहरूले संकल्प गरेका छन् ।‘घर–घरमा उद्यम फैलाउँ, गरिबीलाई शुन्य बनाउँ’ भन्ने नारालाई मूर्तरूप दिन सम्मेलनका सहभागी सदस्यहरूले आ–आफ्नो क्षेत्रमा उद्यमशीलता अभिवृद्धि गर्न अभियान्ताका रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । सम्मेलन आयोजक समितिका अध्यक्ष एवं लघुवित्तका अगुवा अभियन्ता शंकर मान श्रेष्ठले पनि सो नारालाई मूलमन्त्र बनाएर कार्यान्वयनमा ल्याउन उपस्थित सदस्यहरूलाई आग्रह गरे । ‘घरघरमा उद्यम फैलाउने र गरिबी शुन्य बनाउने अभियानको अभियन्ता बन्नुहोस्’, उनले भने, ‘तपाईंहरू सबैले आफ्ना वरिपरिका दाजुभाइ दिदी बहिनीहरूमध्ये ५ जनालाई आफूजस्तै उद्यमी बनाउने अभियान चलाउनुहोस्, हाम्रो संकल्प कार्यान्वयन हनुपर्छ ।’यो सम्मेलनमा लघुवित्तको माध्यमबाट सिर्जित सफलताका कथाहरू सुन्दा निकै उत्साहित बनाएको र ‘गरे के नहुने रहेछ’ भन्ने महशुस पनि गराएको स्वाबलम्वन विकास केन्द्र (सीएसडी)का अध्यक्षसमेत रहेका श्रेष्ठले बताए । उनले आवश्यकता र तोकिएको मापदण्डभन्दा बढी कर्जा नदिन सहकारी तथा लघुवित्त कम्पनीहरूलाई सुझाव पनि दिए । यस्तै, लघुवित्तबाट कर्जा लिएर उद्यमी बनेकामध्येबाट १० सफल उद्यमीहरूलाई सीएसडीले पुरस्कृत गर्ने पनि उनले सुनाए । हरेक लघुवित्त कम्पनीले आफ्नो कार्यक्षेत्रको कम्तीमा ‘एक गाउँमा इको भिलेज’ विकास गर्न पहल गर्नुपर्ने ११ बुँदे संकल्पपत्रमा उल्लेख छ । तीनैमध्येबाट १० उत्कृष्ट इको भिलेज छनोट गरी पुरस्कृत गर्ने उनले बताए । यस्तै, आगामी दिनमा १० वटा उत्कृष्ट ३ शुन्य क्लब छनोट गरेर पनि पुस्कृत गर्ने उनको भनाइ थियो ।सम्मेलनको सांस्कृतिक उपसमिति संयोजक शोभा शर्माले सम्मेलनमा चलेका विभिन्न सत्रका छलफलबाट निकै उपलब्धिपूर्ण निष्कर्ष निस्किएको बताइन् । लघुवित्त संस्थाहरूले महिलालाई उद्यमी÷स्वरोजगार मात्र नबनाई नेतृत्व तहसम्म पुग्ने खुड्किलोसमेत बनेको उनको भनाइ थियो । ‘पहिला आफ्नो नाम भन्न पनि लजाउनेहरू अहिले आफ्नो दुःख र सफलताका कथा निर्धक्कसँग भन्न सक्ने भएका छन्’ उनले भनिन्, ‘गाउँगाउँमा उद्यमी महिला जन्माउन लघुवित्तको योगदान महत्वपूर्ण छ ।’ बैंकमा धितो राखेर ऋण निकाल्न नसक्ने विपन्न वर्गका महिलाहरू पनि लघुवित्तबाट बिनाधितो ५ लाखसम्म कर्जा लिई उद्यमी बनेर अहिले समाज र राष्ट्रकै ‘सक्सेस स्टोरी’ बनेका छन् ।जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको पोखरास्थित बिरौटा केन्द्रकी प्रमुख देवीमाया अधिकारीले नपढेका महिलाहरूले पनि ‘ऋण लिन, उद्यम गर्न, पैसा कमाउन र परिवार पाल्न सक्छन्’, है भन्ने सन्देश प्रवाह गर्न लघुवित्त संस्थाहरू सफल भएको बताइन् । उनले भनिन्, ‘पहिला महिलालाई नेतृत्वमा आउन आर्थिक अभाव अवरोध बनेको थियो, अहिले गाउँगाउँमा महिलाहरू उद्यमी बन्न थालेका छन्, जसले महिलाहरूलाई नेतृत्वमा पुग्न पनि सहज बनाएको छ ।’ लघुवित्तबाट कर्जा लिएर उद्यमी भएका कतिपय मानिसहरू आर्थिक रूपमा सबल बन्दै गएपछि राजनीति, नीति निर्माणको तह, सामाजिक संघसंस्थाको नेतृत्वसम्म पुगेका उदाहरणहरू प्रशस्त छन् । पहिला लघुवित्तबाट बिनाधितो कर्जा लिएर उद्यमी बनेकाहरू अहिले ठूला बैंकहरूमा सम्पत्ति धितो राखेर कर्जा लिई व्यवसाय विस्तार गर्ने अवस्थामा पनि पुगिसकेका छन् । लघुवित्तले सशक्तीकरणमा पनि उत्तिकै भूमिका खेलेको सम्मेलनमा सहभागीले बताए ।सो अवसरमा लघुवित्तबाट कर्जा लिएर सफल उद्यमी बनेका तीन जना महिलालाई पुरस्कृत गरिएको थियो । तनहुँको भानु गाउँपालिकामा गाईपालन गरिरहेकी बबिता गुरुङ, दाङको तुलसीपुरमा गाई पालिरहेकी सरिता रेउले र रंगेली–१, मोरङमा तरकारी खेती गरिरहेकी सरिताकुमारी शाह उत्कृष्ट उद्यमी बनेका छन्, जसलाई लघुवित्तका अभियन्ता श्रेष्ठले जनही २५ हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मानित गरे । यस्तै, सम्मेलन आयोजकले सुर्खेतको जनज्योती माध्यमिक विद्यालयमा अध्ययनरत १० जना विपन्न वर्गका छात्रछात्रालाई जनही ३० हजारका दरले छात्रवृत्तिसमेत प्रदान गरेको छ । विद्यालयका प्रधानाध्यापक नारायण सिग्देललाई एकमुष्ठ ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।सम्मेलनमा घोषणापत्र मस्यौदा समितिका सदस्य भोजराज बस्यालले ६० लाख घरधुरीमा लघवित्तले वित्तीय पहुँच पु¥याएको सुनाए । प्रधानमन्त्रीको शुभकामना सन्ेदश, कायममुकायम गभर्नर निलम ढुंगनाको मन्तव्य, विज्ञ स्रोत व्यक्तिहरूबाट प्राप्त विचार एवं महिला सदस्यहरूको मन्तव्यबाट प्राप्त बुँदाहरूलाई समेटेर घोषणापत्र (संकल्पपत्र) तयार पारेको उनको भनाइ थियो । घोषणापत्रको मस्यौदा तयार पार्न बस्याल, शारदा पोखरेल, हिराकुमारी थामदारसहित ४ जनाको योगदान थियो ।यस्तो छ ११ बुँदे घोषणापत्र१) ‘घर–घरमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’ भन्ने नारालाई मुर्त रुप दिन सम्मेलनका सहभागी सदस्यहरूले आ–आफनो क्षेत्रमा उद्यमशीलता अभिवृद्धि गर्न अभियन्ताको रुपमा कार्य गर्ने ।२) लघुवित्त संस्थाहरूले आफ्ना ग्राहक सदस्यहरूको वृद्धि मापन गरी सम्भावित उद्यमी सदस्यहरूको पहिचान गरी उनीहरूलाई व्यावसायिक रूपमा सक्षम उद्यमी बनाउनको लागि स्थानीय सेवाप्रदायक संस्थाहरू स्थानीय निकायहरूसँग समेत समन्वय गरी उद्यमशीलता अभिवृद्धिको लागि सहजीकरण गर्ने ।३) हालसम्म पनि लघुवित्तको पहुँचबाट टाढा रहेका तथा दुर्गम स्थानका अतिविपन्न वर्गमा पर्ने परिवारहरूको पहिचान गरी विवरण तयार गर्ने र कार्य योजना बनाइ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने । यसरी समेटिने अति विपन्न परिवारको अनुगमन प्रणालीमा समेत विकास गर्ने ।४) लघुवित्त सेवाको आधारभुत मूल्य मान्यता तथा ग्राहक संरक्षण सिद्धान्तहरू पूर्ण पालना हुने गरी कार्य पद्धतिमा पुनरावलोकन गरी पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयन गर्ने ।५) लघुवित्तका सदस्यहरूलाई ऋणको अतिभारबाट जोगाउन साख सूचना लिने दिने कार्यलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने । कर्जा सूचना केन्द्रबाट लघुवित्त संस्थाहरूबीच मात्र साख सुचना लिनेदिने पद्धतिलाई ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू र सहकारी संस्थाहरूबीचको विपन्न वर्ग कर्जा कारोबारलाई समेत साख सूचना लिने दिने पद्धति लागु गर्न सम्बन्धित निकायहरू समक्ष अनुरोध गर्ने ।६) लघुवित्तको माध्यमबाट गरिबी न्यूनीकरण गर्न साविकको कार्य पद्धतिमा भएको कमि कमजोरी यकिन गरी कर्जाको सदुपयोग, स्वरोजगारी, वचत परिचालन, बीमा, सुरक्षण, बजारीकरणको प्रणाली क्रियाशील रहने व्यवस्था गर्ने ।७) लघुवित्तका असल प्रयासहरू दोस्रो पुस्ता, अर्थात सदस्यका छोराछोरी जस्ता युवाहरूलाई उनीहरू अध्ययन गर्ने विद्यालय, कलेजमा गई अन्तरक्रियाको माध्यमबाट घरपरिवारको आर्थिक अवस्था, पारिवारिक बजेट, कर्जा, बचत, बीमा, रेमिटान्स, डिजिटलाइजेसन, स्वरोजगारी, उद्यमशीलता, पर्यावरण संरक्षण जस्ता विषयमा छलफल गर्ने । उनीहरूलाई ३ शुन्य क्लबको माध्यमबाट पनि परिचालन गर्ने ।८)  सदस्यका छोराछोरीहरू अर्थात् युवाहरूलाई स्थानिय साधन स्रोत, सम्भावनाहरू पहिचान गर्ने र ती साधन स्रोत परिचालन गरी पर्यावरणलाई कम भन्दा कम हानी गर्ने गरी व्यवसाय संचालन गर्न स्वरोजगार बन्न, रोजगारीका अवसर सृजना गर्न घरपरिवारबाट, स्थानिय निकायहरूबाट र लघुवित्त संस्थाहरूबाट अभिप्रेरित गर्ने । युवाहरूको स्वभाव नै सृजनशिल हुने कुरालाई मनन गरी नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने । लघुवित्त संस्थाहरूमार्फत त्यस्ता युवाहरूलाई समेत वित्तीय सेवा उपलब्ध गराउने ।९. लघुवित्त संस्थाहरूले सदस्यहरूको हित एवम् सुरक्षाको लागि बीमा कम्पनीहरूसँगको समन्वयमा कर्जा बीमा, लघुबीमा जस्ता कार्यक्रमहरूमा आबद्ध गराई उनीहरूको सुरक्षणको प्रबन्ध मिलाउने । उपलब्ध सेवाहरू आवधिक रुपमा पुनरावलोकन गर्दै सदस्यहरूको आवश्यकताअनुसार सेवाको दायरा बढाउँदै लैजाने ।१०.बिग्रँदो वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै सकेसम्म वातावरणमा कम हानी पर्ने गरी दिगो कृषि प्रणाली, पानीको मुहान संरक्षण, बोटबिरुवाको संरक्षण सहितको स्वरोजगारीयुक्त उद्यमशिल स्वावलम्बी नमुना गाउँको विकास गर्न हरेक लघुवित्त संस्थाले आफ्नो कार्यक्षेत्रको कम्तीमा एक गाउँमा पहल गर्ने ।११. हरेक संस्थाले कम्तीमा एउटा स्थानिय माध्यमिक विद्यालयसंग सहकार्य गरी उद्यमी निर्माण केन्द्रको रूपमा विकास गर्ने । सो स्कुलमा अध्ययन गर्ने सदस्यका छोराछोरीहरूसँग संवाद गरी उद्यमी बन्न प्रोत्साहित गर्ने र कर्जा सुविधा उपलब्ध गराउने ।

कृषि कर्जामा प्रणालीगत सुधारको खाँचो

नेपालमा कृषिक्षेत्रमा कर्जा विस्तारको संस्थागत प्रयास भएको निकै भयो । खास गरेर २०२४ सालमा विशेष ऐनअन्तर्गत आएको कृषि विकास बैंकको स्थापनापछि यो क्षेत्रमा संस्थागत कर्जा लगानीको आरम्भ भएको हो । त्यसअघि स्थापित सहकारी बैंकले पनि यो क्षेत्रमा कर्जा प्रवाह गर्थ्यो । त्यो बैंक पछि कृषि विकास बैंकमा गाभियो । अहिले त्यही कृषि विकास बैंक वाणिज्य बैंकमा परिणत भएको छ । अब उक्त बैंकबाट कृषिक्षेत्रमा हुने लगानी भनेको प्राथमिकताप्राप्त क्षेत्रका तोकिएको सीमाको लगानीबाहेक उसले चाहेमा मात्र हुने हो । त्यसरी विगतमा कृषि कर्जा लगानीका लागि गरिएको गतिलो संस्थागत प्रयास नै वाणिज्य बैंकिङमा परिणत भएपछि यो क्षेत्रमा दीर्घकालीन कृषि कर्जा लगानीका लागि ढोका थुनिएको छ । कृषि कर्जा प्रवाहका क्षेत्रमा यो एउटा गम्भीर नीतिगत त्रुटि थियो । कृषि कर्जाको विस्तारमा पनि प्रशस्त जोखिम हुने भएकाले त्यसको बन्दोबस्ती पनि सोहीअनुसार हुनुपर्छ । त्यसैले मौजुदा कृषि कर्जा प्रणालीमा व्यापक सुधार नगरी एकोहोरो नीतिगत रटानले मात्र यो क्षेत्रको विकास सम्भव देखिँदैन । वाणिज्य बैंकहरूबाट यो क्षेत्रमा कर्जा प्रवाहको थालनी भने २०३१ सालदेखि हुन थालेको हो । त्यस बेलादेखि थालिएको वाणिज्य बैंकहरूमार्फत यो क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था हाल प्रथमिकता प्राप्त क्षेत्रका नाममा कायमै छ । यसअन्तर्गत कुल कर्जा लगानीको ११ प्रतिशत कर्जा प्रवाह कृषिक्षेत्रमा गर्नुपर्छ । यसलाई आगामी २०८२ असारसम्म्ममा १५ प्रतिशत पुर्‍याउने गरी नीतिगत व्यवस्था गरिएको छ । कृषि अर्थतन्त्रलाई सबल बनाउने हो भने कृषितन्त्रका विद्यमान प्रणालीगत विकृतिहरूमा तत्काल सुधार गर्नुपर्छ । कृषिक्षेत्रमा लाग्नेहरूलाई जहिल्यै प्रोत्साहित गरेर लैजानुपर्छ भन्ने आवश्यकता बोध हुन सकेको देखिँदैन । साथै, यो क्षेत्रमा संरक्षणको आवश्यकता पनि पर्छ । यो क्षेत्रमा जोखिम भए पनि यो रोजगारीको प्रशस्त सम्भावना बोकेको क्षेत्र हो । कहिल्यै बजार अभाव नरहने अनि गार्हस्थ्य उत्पादनमा जहिल्यै सहयोग गरिरहने क्षेत्र भएकाले यसलाई अघि बढाएर लैजानु ज्यादै महत्त्वपूर्ण हुन्छ । जोखिम भएकैले सरकारी संरक्षण लगायत विविध कुराहरूमा ध्यान दिनपरेको हो । खेतीपातीमा लाग्नेहरूका लागि मल, बीउ, सिँचाइ, सिँचाइका लागि आवश्यक पर्ने विद्युत्को उपलब्धता, बजार, भण्डारण, बीमा, सहुलियत कर्जा, उत्पादनलाई बजारसम्म पु¥याउने ग्रामीण सडकको सुविधा, न्यूनतम समर्थन मूल्यको प्रत्याभूति, कृषि प्राविधिकहरूको निरन्तर र गुणस्तरीय सहयोग, कृषि औजारको समुचित प्रबन्ध, औषधिहरूको उपलब्धता, अनुदान आदि एकीकृत र प्याकेजकै रूपमा उपलब्ध गराइनुपर्छ । ती चीजको बन्दोबस्तीको प्रत्याभूत भयो भने मात्र यो क्षेत्र फस्टाउन सक्छ । कृषिक्षेत्रमा लाग्नु भनेको जोखिम उठाउनु पनि हो । परम्परागत रूपमा जीविकोपार्जनका लागि त जसोतसो कृषि प्रणाली घस्रिरहेकै छ । तर, साँच्चीकै यो क्षेत्रमा कायापलट गर्ने हो भने माथि भनिएका कुराहरूलाई सरोकारीहरूले इमानदारीपूर्वक कार्यान्वयन गनैपर्छ । कृषिमा स्नातक वा उच्च उपाधि लिएकाहरूलाई यो क्षेत्रमा प्रोत्साहित गरेर लाने कार्यक्रमहरू आउन सकेका छैनन् । कृषिक्षेत्रमा भएका गरिएका अध्ययन अनुसन्धानले पनि कृषिको आर्थिक वृद्धिमा सघाउन सकेको देखिँदैन । माथि उल्लेख गरिएका कृषिक्षेत्रका विकृतिहरू नै कृषि कर्जाको विस्तार र विकासमा वाधक हुन् । कृषि कर्जा व्यवस्थित गर्न ती कुराको अध्ययन आवश्यक छ । कृषि कर्जाको विस्तारमा पनि प्रशस्त जोखिम हुने भएकाले त्यसको बन्दोबस्ती पनि सोहीअनुसार हुनुपर्छ । त्यसैले मौजुदा कृषि कर्जा प्रणालीमा व्यापक सुधार नगरी एकोहोरो नीतिगत रटानले मात्र यो क्षेत्रको विकास सम्भव देखिँदैन । सामान्यतया वित्तीय संस्थाहरूको कर्जा लगानी हरेक वर्ष बढ्दै जाने अपेक्षा गरिएको हुन्छ । तर, कोरोना महामारीका कारण अरू कर्जा लगानी विस्तारित नभएको अवस्थामा यो क्षेत्रमा पनि कर्जा विस्तार हुनसकेको छैन । कोरोनाका कारण यसमा लगानी नपुगे पनि हर्जाना लाग्ने व्यवस्थालाई आगामी वर्षसम्मको राहत दिइएको छ । तोकिएको सीमाभन्दा सामान्यतया यस्तो लगानी बढ्न नसकेको यथार्थलाई दृष्टिगत राखी अब सीमाभन्दा बढी लगानी गर्ने वित्तीय संस्थाहरूलाई केन्द्रीय बैंक वा सरकारले विशेष किसिमको प्रोत्साहन दिएर तेस्तो लगानीलाई अगाडि बनाउने वातावरण बनाउनुपर्छ । अहिले कम लगानी गर्नेलाई बैंकहरूको तत्काल कायम उच्चतम ब्याजदरका आधारमा हर्जाना लगाउने व्यवस्था छ । त्यस्तो हर्जाना केन्द्रीय बैंकको आम्दानी हुने गरेको छ । कृषिमा लगानी नगर्दाको अवस्थामा वित्तीय संस्थाहरूलाई हर्जाना लगाई केन्द्रीय बैंकले आम्दानी बाँध्नु न्यायिक देखिन्न । बरु, कसरी यो क्षेत्रमा वित्तीय संस्थाहरूलाई प्रोत्साहित गरेर लैजान सकिन्छ भन्ने नीति हुनुपर्छ । यो क्षेत्रमा कुनै बेग्लै वित्तीय संस्था नभएकाले भइरहेकै वित्तीय संस्थाहरूबाट लगानी परिचालन गर्ने केन्द्रीय बैंकको नीतिगत अभीष्ट नराम्रो त होइन तथापि यो व्यवस्था मात्र पर्याप्त वा अन्तिम विकल्प होइन । करीब ५ दशकको अनुभवले यसै भनिरहेको छ । अब यस व्यवस्थाको पुनरवलोकनको खाँचो देखिएको छ । उदाहरणका लागि प्रोत्साहनको एउटा उपाय कृषिमा तोकिएको सीमाभन्दा बढी लगानी गर्ने वित्तीय संस्थालाई कर्पोरेट ट्यासमा सरकारले निश्चित प्रतिशत छूट दिएर ( हालको ३५ प्रतिशतलाई ३० वा २५ प्रतिशतमा ल्याएर ) पनि लगानी बढाउन सकिन्छ । साथै, केन्द्रीय बैंकले लिने हर्जानालाई उक्त बैंकले आम्दानी नबाँधी त्यसलाई अत्यन्त न्यून बैंक दरमा लगानी गर्न चाहने वित्तीय संस्थाहरूलाई नै स्रोतका रूपमा उपलब्ध गराउन सक्छ । वाणिज्य बैंक, विकास बैंकहरू वा वित्त कम्पनीहरू कृषिक्षेत्रमा भरसक लगानी नै गर्न नपरे हुन्थ्यो भन्ने मानसिकतामा जहिल्यै देखिएका छन् । कृषिमा हुने लगानी जोखिमयुक्त मात्र नभएर प्राविधिक किसिमको पनि हुने भएको साथै एसमा लगानीकर्ता बैंकको प्रयासलाई थप बलियो बनाउने काममा अन्य सरकारी निकायहरू समेतको समन्वयको आवश्यकता पर्ने हुन्छ । कृषि कर्जाको वर्तमान व्यवस्थामा प्रणालीगत सुधारकै खाँचो छ । त्यो भनेको अब कृषि कर्जाका लागि मात्र भनेर एउटा बेग्लै वित्तीय संस्था ( कृषि बैंक) कै स्थापना गर्नु हो । यो क्षेत्रमा दीर्घकालीन, मध्यकालीन र अल्पकालीन कर्जा लगानी गर्ने हाल कुनै पनि संस्था छैनन् । वाणिज्य बैंकहरूबाट हालको प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी गर्ने नीतिगत व्यवस्थाबाट यो क्षेत्र खासै खगाडि बढ्न सक्दैन । किनभने तिनले लगानी गर्ने भनेको निश्चित सीमामात्र हो र त्यो माथि उल्लेख गरिएको अवस्थामा बढ्न सक्दैन । वाणिज्य बैंकहरूले दीर्घकालीन कर्जा लगानी गर्दैनन् । चिया, कफी र फलफूल खेतीमा दीर्घकालीन लगानीको आवश्यकता पर्छ । यसैले अब कमसेकम पनि ५० अर्बको चुक्ता पूँजी भएको कृषि बैंक खोलिनुपर्छ । त्यसमा हालका बैंक वित्तीय संस्थाहरूले गर्नुपर्ने प्राथमिक क्षेत्रअन्तर्गतको कृषिक्षेत्रमा लगानी गर्नुपर्ने रकम यसको शेयरमा लगानी गर्ने व्यवस्था गर्न सकिन्छ । त्यसो भयो भने ती बैंकले हाल गरेजस्तो अलमल र ढलपलको कृषि कर्जा लगानी प्रणालीको पनि अन्त्य हुन्छ । प्रस्तावित कृषि बैंकले आफ्नो कार्य बढाउँदै लैजान थालेपछि बैंकहरूको कृषि कर्जा व्यवस्थालाई अनिवार्य नगर्न पनि सकिन्छ । कृषिक्षेत्रले गार्हस्थ्य उत्पादनमा अझैपनि करीब ३० प्रतिशत अंश ओगटेको देखिन्छ भने अधिकांश नेपालीको जीविकोपार्जनको क्षेत्र पनि यही हो । तर, बिडम्बना यतिका बैंक वित्तीय संस्थाहरू हुँदा पनि सरकारले कहिल्यै कृषि कर्जा व्यवस्थाका लागि बेग्लै बैंक आवश्यक पर्छ भन्ने कुरा ठम्याउनै सकेन । प्रस्तावित बैंक स्थापना हुनसके अहिलेका लघुवित्तीय संस्थाहरू, जसका कार्यसञ्जाल ७७ ओटै जिल्लामा पुगेका छन् र यससित करीब ५० लाख सदस्य आबद्ध छन्, तीमार्फत पनि यो क्षेत्रमा कर्जा विस्तार गर्न सकिन्छ । हाल करीब ३५ हजारको संख्यामा रहेका सहकारी संस्थामध्ये संस्थागत सुशासन भएका संस्थाहरूलाई सरीक गराएर लैजान नसकिने पनि होइन । मूलकुरो, सरकार, केन्द्रीय बैंक र सरोकारवाला संस्थाहरू कृषि कर्जाको आवश्यकतालाई प्रणालीगत सुधार गरेर लाने विषयमा इमानदारीका साथ कटिबद्ध भएर अगाडि अउनसक्नुपर्छ । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

सरकारले निगम नचलाएकै जाति

पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगमको पुनः संरचनामा लागि आधा दर्जनभन्दा बढी अध्ययन समिति बने पनि तिनले दिएको सुझावलाई कार्यान्वयन गर्ने हिम्मत कुनै पनि सरकारले गरेको पाइँदैन । संस्थानको संरचनामा सञ्चालित निगमलाई अहिले कम्पनीमा रूपान्तरण गर्न लाग्दा कार्यरत कर्मचारीहरूले तीव्र विरोध गरिरहेका छन् । सरकारले कम्पनीका रूपमा लैजाने भनी बजेट वक्तव्यमा राखेअनुसार काम अघि बढाउन शुरू गरिएको हो । कम्पनीमा लगे पनि यसको सञ्चालन मोडलबारे सरकारले कुनै तयारी गरेको देखिँदैन । तर, निगमका कर्मचारीहरू भने यसलाई निजीकरण गर्न लागिएको भन्दै विरोधमा उत्रिएका छन् । वास्तवमा निगमलाई बलजफ्ती चलाउनुभन्दा बन्द गरिदिए वा निजीकरण गरिदिए पनि देशलाई भने लाभ हुन्छ । कम्पनीको मोडल भनेको सबै समस्याको समाधानको उपाय होइन । अहिलेको अवस्थामा केही फरक भने आउन सक्ला, त्यो अलग विषय हो । निगमको दायित्व यति बढिसक्यो कि त्यो तिर्न सरकारलाई हम्मेहम्मे पर्ने देखिन्छ । करदाताको रकमबाट अनुदान वा अन्य कुनै खालको सहयोग दिएर रुग्ण उद्योग चलाइरहनु कुनै पनि तर्कले सही सिद्ध गर्न सकिँदैन । निगमको महाप्रबन्धकले यसलाई कम्पनी बनाए पनि निजीकरण नगरी सुधार्न सकिने तर्क गरेका छन् । कम्पनी मोडलमा लगे पछि सबै समस्या समाधान हुने उनको तर्क छ । कम्पनीमा गएपछि यो व्यावसायिक बन्ने उनको भनाइ छ । तर, यसलाई पत्याउने आधार भने देखिँदैन । नेपाल आयल निगम पनि कम्पनी मोडलमा छ र यसले अन्तरराष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजन गर्ने सुविधा पाए पनि यो घाटामा नै गइरहेको छ । विभिन्न सरकारी कम्पनी पनि घाटामा गएर बन्द भए वा अब बन्द गरिनपर्ने अवस्थामा समेत पुगेका छन् । त्यसैले कम्पनीको मोडल भनेको सबै समस्याको समाधानको उपाय होइन । अहिलेको अवस्थामा केही फरक भने आउन सक्ला, त्यो अलग विषय हो । निगमका कर्मचारीले विरोध गर्न थालेपछि सरकारले निजीकरण गर्न लागेको होइन भनी स्पष्टीकरण दिएको छ । यो सरकारको कमजोरी हो । कहिल्यै नाफामा जान नसक्ने, व्यवसाय विस्तार गर्न नसक्ने तथा आन्तरिक उडानमा निजीक्षेत्र जत्तिको पनि व्यापार गर्न नसक्ने सेतो हात्ती पालेर राख्न सकिँदैन भनेर सरकारले स्पष्ट रूपमा भन्न सक्नुपर्ने हो । कर्मचारीहरूले विरोध गर्नुमा कारण छ । संस्थानअन्तर्गत रहँदा उनीहरूले पेन्सन, फ्री टिकटलगायत सुविधा पाउँछन् । निगम जति नै घाटामा गए पनि उनीहरूले पाउने सुविधा उच्च छ । तर, कम्पनीमा परिणत गरियो भने त्यो निजीकरणको दिशामा एक कदम अघि बढेको बराबर हुन्छ र यसैबीच ती सुविधाहरू कटौती हुने उनीहरूमा भय छ । त्यसैले उनीहरू विरोधमा उत्रिएका हुन् । यस्तोमा सरकारले हालसम्म कार्यरत र पूर्वकर्मचारीको दायित्व लिएर अब उठ्ने थप दायित्वबाट पछि हट्नुपर्छ । यसो गर्दा कर्मचारीको विरोध पनि साम्य हुन्छ र निगमलाई नयाँ मोडलमा लैजान सहज पनि हुन्छ ।   खास विवाद गर्नुपर्ने विषय सरकारले व्यापार व्यवसाय गर्ने कम्पनी चलाउने कि नचलाउने भन्ने हुनपर्ने हो । नेपालमा मात्र होइन अन्य देशमा पनि कुनै बेला यस्तो थियो जतिबेला व्यवसायीहरूले ठूला कम्पनी खोल्न र चलाउन सक्दैनथे । त्यति बेला सरकारले नै व्यापार व्यवसाय गर्ने संस्थानहरू चलाउनुपर्ने अवस्था थियो । त्यही भएर तत्कालीन अवस्थामा अन्यत्रका पनि सरकारले थुप्रै कम्पनी खोलेको देखिन्छ । तर, अहिले सरकारी कम्पनीभन्दा निजी कम्पनी अब्बल साबित हुन थालेका छन् । त्यसैले अहिले सरकारले व्यापार व्यवसाय गर्नु उपयुक्त होइन । अहिले धेरै देशमा सरकारले यस्तो व्यवसायबाट हात झिकिसकेको छ । मुलुकको आप्mनै ध्वजावाहक कम्पनी हुनुपर्छ भन्ने कतिपयको भनाइ पाइन्छ । वास्तवमा यो जरुरी छैन । निगम भ्रष्टाचारमा सबैभन्दा बढी बदनाम कमाएका संस्थामध्ये एक हो । विभिन्न सरकारले यसलाई यसरी भारी बोकाइदिएका छन् कि यसले अब त्यो बोक्नै सक्दैन । चीनमा बनेका प्लेन मात्र होइन, एयरबस पनि अब सम्पत्तिभन्दा दायित्व भइसके । यी सबै कुराको हिसाब गर्दा यसलाई चलाउनुभन्दा पूरै नया“ एयरलाइन्स स्थापना गर्दा फाइदा हुने अवस्था देखिइसकेको छ । नेपालको सन्दर्भमा सार्वजनिक संस्थान मुनाफामा चलाउन सक्ने सम्भावना ज्यादै कम छ । अतः व्यापार व्यवसाय गर्ने संस्थाहरू सबैलाई निजीकरण गर्नुपर्छ ।

सक्रिय कर्जा प्रवाह (सम्पादकीय)

विश्वव्यापी कोभिड–१९ (कोरोना) सङ्क्रमणले थलिएको नेपाली अर्थतन्त्रमा पछिल्लो समय सकारात्मक परिसूचक देखापरेका छन् । चालू आर्थिक वर्षको सुरुदेखि कोरोना महामारीले व्यवसायमा देखिएका चुनौती पछिल्ला महिना कोरोना सङ्क्रमणमा आएको सुस्तता, सरकारले उपचार तथा खोपको आयात र वितरणमा गरेको प्रभावकारी कदमले व्यावसायिक मनोविज्ञानमा पारेको सकारात्मक प्रभावसँगै अर्थतन्त्रमा सुधारका सङ्केत देखिएका छन् । परिस्थितिमा भएको सुधारले बैङ्क तथा वित्तीय संस्थाहरू पूर्ववत् सक्रियतामा फर्किन थालेका छन् भने कोभिड–१९ महामारीका कारण लामो समयसम्म कर्जा विस्तारमा सुस्त देखिएका बैङ्कहरूले कर्जा विस्तार गरेसँगै व्यावसायिक गतिविधिमा तीव्रता आएको छ । कोरोना सङ्क्रमणमा गरिएको बन्दाबन्दी हटाइएपछि अर्थतन्त्रमा देखिन थालेकोे क्रमिक सुधारले आगामी दिनमा गति बढाउने देखिन्छ । निर्यातमा भएको बढोत्तरी, महँगीमा कमी तथा विपे्रषण वृद्धिलगायतले अर्थतन्त्र सुधारको दिशामा जान थालेपछि बैङ्कहरूको व्यवसाय विस्तार पूर्ववतः अवस्थामा आएको देखिन्छ । बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह, आर्थिक गतिविधि, राजस्व तथा कर असुली, आर्थिक वृद्धिमा सकारात्मक सङ्केत देखिएको छ भने आयात निर्यात सन्तुलन हुँदै गएकाले व्यापार घाटा कम गर्दै लगेको छ । कर्जा प्रवाहमा भएको वृद्धिले लगानीका विविध क्षेत्र उत्साहजनक रूपमा सक्रिय हुन पुगेका देखिन्छ । पछिल्लो एक साता (फागुन ७ देखि १४ गते) वाणिज्य बैङ्कहरूले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेकाले मुलुकको समग्र आर्थिक क्षेत्र चलायमान हुन पुगेको छ । फागुन १४ सम्ममा वाणिज्य बैङ्कहरूले ३८ खर्ब नौ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् भने ३३ खर्ब ६२ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् । कर्जा प्रवाहले अर्थतन्त्रमा ल्याएको सकारात्मक परिणाम हेर्दा नेपालले कोरोनाको घाउ पुर्न लामो समय पर्खिनु नपर्ने अवस्था देखिएको छ । कर्जा प्रवाह आफैँमा आर्थिक गतिविधि सक्रिय गर्ने पहिलो