जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरू छिट्टै सरकारमा सहभागी हुने बताएका छन् ।
निर्वाचन आयोग परिसरमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले सरकारमा सहभागिताबारे अब ढिलो नगर्ने बताएका हुन् ।
‘हामी चाँडै सरकारमा जान्छौँ, यो हाम्रो सरकार हो,’ यादवले भने । पार्टी विवाद मिलेपछि सरकारमा सहभागी हुने भन्दै जसपा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको थिएन ।
जसपाका अर्का नेता महिन्द्र राय यादवले पनि पार्टी विवाद टुंगिनासाथ सरकारमा सहभागी ...