बैतडीमा नेपाली काँग्रेसको वडा अधिवेशन आज

बैतडी । बैतडीमा नेपाली काँग्रेसको वडा तहको अधिवेशन आज हुँदै छ । देशका अधिकांश जिल्लामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु भएको भए पनि आवश्यक तयारी नपुगेको भन्दै बैतडीमा भने निर्धारित मितिभन्दा हुन लागेको हो । आज भदौ २१ गते वडा अधिवेशन गर्ने यसअघिको निर्णय अनुसार जिल्लाका ८४ वटै वडामा अधिवेशन हुन लागेको बैतडीका उपसभापति […]

सम्बन्धित सामग्री

सुर्खेतमा आजदेखि वडा अधिवेशन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुर्खेतमा आजदेखि वडा अधिवेशन सुरु हुँदैछ । क्रियाशील सदस्यताको विवादका कारण रोकिएको अधिवेशन आज हुन लागेको नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए ।उनका अनुसार अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको छ । रेग्मीले रातोपाटीसँग भने,‘ सुर्खेतका ९९ वटै वडामा हाम्रो तयारी पुरा भइसकेको छ। सुर्खेतमा हाम्रा झण्डै ११ हजार ५ सय बढी क्रियाशील सदस्य रहेका छन् ।’ सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रिया

कैलालीमा आजदेखि वडा अधिवेशन सुरु

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिए । उनले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको बताउँदै अधिवेशन सफल बनाउन एक हजार ५०१ जनाको मुल समिति र ११ वटा उपसमिति गठन गरिएको बताए । कैलालीमा टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।

काठमाडौंसहित बागमतीका ३ जिल्लामा काँग्रेसको वडा अधिवेशन आज

बागमती प्रदेशको ३ जिल्लामा आज नेपाली काँग्रेसको वडा अधिवेशन जारी रहेको छ । संघीय राजधानी रहेको काठमाडौं जिल्लासहित सिन्धुपाल्चोक र काभ्रेमा मंगलबार बिहानैदेखि काँग्रेसको वडा अधिवेशन सुरु भएको हो । क्रियाशील सदस्य विवादका कारण गत भदौ १८ गतेदेखि २३ गतेसम्म तोकिएको वडा अधिवेशन केही ढिला गरी सुरु गरिएको हो ।क्रियाशील सदस्यता विवाद मिलेसँगै गत शुक्रबार बसेको नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिको बैठकले असोज ५ गते अर्थात् आजका लागि अधिवेशनको मिति तय गरेको थियो । काठमाडौंको ११ स्थ

नेपाली काँग्रेस डडेलधुराद्वारा वडा अधिवेशन अस्वीकार

डडेलधुरा । नेपाली काँग्रेस डडेलधुराले एकपक्षीय रुपमा गरिएको वडा अधिवेशन अस्वीकार गरेको छ । डडेलधुरा काँग्रेसले पत्रकार सम्मेलन गर्दै एकपक्षीय रुपमा गरिएको अधिवेशन अवैधानिकसमेत रहेको भन्दै अस्वीकार गरेको हो । यस्तै सबै वडा इकाई समितिहरुलाई यथावत् रुपमा पार्टीका नियमित कामकाज गर्न पनि सूचित गरिएको छ । जिल्लाबाट सर्वसम्मत पठाइएका सदस्यहरु मध्ये ४ सय ६० जनाको […]

क्रियाशील सदस्यताका विषयमा नेपाली काँग्रेस डडेल्धुरामा फेरी लफडा शुरु

डडेलधुरा । क्रियाशील सदस्यताका विषयमा नेपाली काँग्रेस डडेल्धुरामा फेरी लफडा शुरु भएको छ । सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता सार्वजनिक भए पनि नियोजित षडयन्त्र गरिएको भन्दै फेरी विवाद सुरु भएको हो । क्रियाशिल सदस्यताको सुचिबाट केही व्यक्तिको नाम हटेपछि अधिवेशन गर्ने वा नगर्ने भन्नेमा विवाद चर्किएको छ । वडा अधिवेशन समेत सुरु […]

मकवानपुरमा काँग्रेस वडा अधिवेशन : अधिकांशमा सर्वसम्मत, १३ वटामा निर्वाचन

मकवानपुरमा सबै वडामा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । आइतबार बिहानैदेखि जिल्लाका सबै वडाहरूमा सुरु भएको अधिवेशन राति सकिएको हो । जिल्लाका १० वटै स्थानीय तहका १०२ वटै वडामा एकैसाथ सुरु भएको वडा अधिवेशन विवादरहित तवरले सम्पन्न भएको र क्रियाशील नेतृत्व चयन गर्न सफल भएको नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । उनले वडा कमिटी काँग्रेस पार्टीको मूल जग भएकोले सबै वडाहरूमा सौहार्दताका साथ नेतृत्व चयन गर्ने गरी सबै क्रियाशील सदस्यहरूलाई जिम्मेवारी

गाउँपालिका अध्यक्षको वडामा न मतदान, न सहमति

नेपाली काँग्रेस लमजुङको वडा अधिवेशन धमाधम सकिएपनि दुधपोखरी गाउँपालिका वडा नं. ५ कोल्कीको वडा अधिवेशन सम्पन्न हुन सकेको छैन । वडाको सभापति र  महिला सदस्य बाहेकका खुल्ला पदहरुमा सहमति जुटेपनि अन्य पदमा सहमति जुटेको छैन । यहीबीच क्रियाशील सदस्यहरुले विवादको छिनोफानो मतदानबाट गर्न आग्रह गरेपनि दुधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङले निर्वाचनमा जान आनाकानी गर्दा वडा अधिवेशन सम्पन्न हुन नसकेको हो ।दुधपोखरी गाउँपालिकाको सबै वडाहरुमा सर्बसम्मत रुपमा नेतृत्व चयन भएपनि गाउँपालिका अध्यक्षको आफ्नै

काँग्रेसको वडा अधिवेशन : गाउँमा सर्वसम्मत, नगरमा निर्वाचन

नेपाली काँग्रेसको वडा अधिवेशन अन्तर्गत मकवानपुरका ८ वटा गाउँपालिका क्षेत्रका अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाका अनुसार अधिवेशनले नेतृत्व चयन गरे पनि आधिकारिक घोषणा गर्न भने बाँकी छ ।नगरक्षेत्रका वडाहरूमा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको उनले बताए । कोइरालाका अनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रको ५ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, ६, १०, १६ र १७ वडामा अधिवेशन सम्पन्न भएको

मकवानपुरमा भदौ २० गते काँग्रेसले वडा अधिवेशन गर्ने

नेपाली काँग्रेस मकवानपुरको वडा अधिवेशन भदौ २० गतेका लागि तोकिएको छ । केन्द्रीय तहको निर्देशनअनुसार भदौ १८ गते देखि २३ गते भित्रमा सम्पन्न गरिसक्नुपर्ने वडा अधिवेशन मकवानपुरका १०२ वटै वडामा एकैदिन गर्नेगरी २० गतेका लागि तोकिएको नेपाली काँग्रेस संसदीय दलका नेता एवम् नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले बताए । बुधबार एक पत्रकार सम्मेलन आयोजना गर्दै नेता बानियाँले काँग्रेसले भदौ २० गते हुने वडा अधिवेशनसँगै स्थानीय तहको संगठन विस्तारको अभियानलाई समेत सक्रियतापूर्वक अगाडि बढाउ