आइसीसी टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल क्यानडाकाे सामना गर्दै

काठमाडौँ – आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार नेपालले क्यानडाकाे सामना गर्दैछ। ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ। नेपालले छनोटअन्तर्गत यसअघि भएको समूह चरणका दुई खेलमा जीत निकालेको छ। छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई […]

सम्बन्धित सामग्री

श्रीलंका एकदिवसीय ग्लोबल छनोट च्याम्पियन

श्रीलंका एकदिवीय विश्वकप ग्लोबल छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । जिम्बावेको हाररेमा आइतबार भएको फाइनलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई एक सय २८ रनको अन्तरले पराजित गर्‍यो । श्रीलंका र नेदरल्यान्ड्स सुपर सिक्सको शीर्ष दुई...

श्रीलंकाको जितसँगै आयरल्यान्ड बाहिरियो

टेस्ट राष्ट्र आयरल्यान्ड एकदिवसीय विश्वकप ग्लोबल छनोट प्रतियोगिताबाट बाहिरिएको छ । जिम्बावेको बुलावायोमा आइतबार आयरल्यान्डले समूह ‘बी’मा लगातार तेस्रो हारको सामना गरेपछि ग्लोबल छनोटबाटै बाहिरिएको हो । पूर्वविजेता श्रीलंकासँगको तेस्रो खेलमा आयरल्यान्ड...

टी–ट्वान्टी वरीयतामा नेपालको दुई स्थान सुधार

नेपालले ओमानमा सपन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट खेलेको थियो । छनोटमा तेस्रो भएको नेपालले ५ खेलमा ४ खेल जितेको थियो ।

विश्वकप ग्लोबल छनोट ए मा कुशलको पाँचौं अर्धशतकसँगै नेपालको तेस्रो स्थान

काठमाडौँ- आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोलीलाई ९ विकेटले पराजित गर्दैँ छनोटको सुखद अन्त्य गरेको हो । जितसँगै नेपालले छनोटमा ४–१ को विजयी अंक बनाउन सफल भएको छ । ओमानले दिएको ८८ […]

टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट: नेपालले लियो दुई विकेट

आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले दुई विकेट लिएको छ। पहिलो ओभरको पाँचौँ बलमा नेपालका कमल ऐरीले क्यानडाका म्याथ्यू स्पोर्सलाई शून्य रनमा पेभेलिएन फर्काएका छन्। ऐरीले फ्यालेको बल छक्का हान्न खोज्दा कुशल भुर्तेलले क्याच गरेका छन्। त्यस्तै, ऐरीले नै अर्को विकेट लिँदै क्यानडाका कप्तान नवनीत धालिवाललाई पनि खेलबाहिर पारिदिएका छन्। […]

नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हरायो

नेपालले ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध २१९ रनको विशाल लक्ष्य दिएको हो।...

फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरातमा भएको टसमा फिलिपिन्सका कप्तान जोनाथन हिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो । नेपालले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । फिलिपिन्स पहिलो खेलमा क्यानडासँग १ […]

ओमानमाथि नेपालको सानदार जित

मस्कट (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको सहयोगमा नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानमाथि सानदार जित हात पारेको छ । ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि नेपालले बलिङमा उत्कृष्ट प्रदर्शनका साथ घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा सानदार विजयी सुरुवात […]

नेपाल विश्वकपमा छनोट हुने प्रशिक्षक र कप्तानको विश्वास

आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानविरुद्धको खेलअघि दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।