बहुचर्चित अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न बोलाइएको भनेर चर्चा भएको प्रतिनिधि सभाको बैठक ११ दिनका लागि स्थगित भएको छ ।
बुधवारको बैठकमा केही अध्यादेश स्वीकृत भएसँगै सभामुख अग्नि सापकोटाले पुस १८ गतेसम्मका लागि संसद् बैठक स्थगित गरेका छन् ।
डिसेम्बर महिनाको अन्तिमसम्ममा एमसीसी अनुमोदन गर्ने भनेर सरकारले एमसीसीका उच्च अधिकारीलाई आश्वासन दिएको थियो । अब प्रतिनिधि सभाको बैठक सन् २०२२ को जनवरी २ तारिखका दिन बस्नेछ ।
नेपाल भ्रमणमा आएकी एमसीसीकी उपाध्यक्ष फतिमा...