प्राकृतिक प्रकोपका कारण म्याग्दीको तातोपानी कुण्ड जोखिममा

म्याग्दी (बेनी), भदौ २३ गते । म्याग्दी नदीको कटान, बाढीपहिरो तथा भू–क्षयलगायत प्राकृतिक प्रकोपका कारण तातोपानी कुण्ड उच्च जोखिममा परेको...

सम्बन्धित सामग्री

तातोपानी कुण्ड व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन

म्याग्दी । तातोपानी कुण्ड व्यवस्थापन समितिको शनिवार सम्पन्न आठौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले कृष्णबहादुर खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले कुण्ड व्यवस्थापन समितिको उपाध्यक्षमा उजेली श्रीष, सचिवमा कुमार केसी, कोषाध्यक्षमा प्रेम श्रीष र सहसचिवमा गणेशबहादुर बानियाँ चयन हुनुभएको हो । यसैगरी कुण्ड व्यवस्थापनको कार्यसमिति सदस्यहरुमा हिमाल बानियाँ, आकाश […]

स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड

काठमाडौँ,३० कार्तिक । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार दैनिक दुई सयदेखि तीन […]

स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड

म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी …

प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड खुल्यो

गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ । बेनी नगरपालिका–४ मा रहेको सो कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले कुण्डमा स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा  नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत नियमित आ...

तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या

म्याग्दी । मुख्य आयस्रोतको रूपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीले तिर्ने शुल्क र चन्दाबाट विगत १२ वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइँदै आएको थियो । कोरोनाको महामारीका कारण पछिल्लो दुई वर्षयता तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा असर परेको प्रधानाध्यापक सुरत बानियाले बताए । ‘१६ जनामध्ये चारजना शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक एक लाखका दरले सहयोग गर्दै आएको थियो,’ उनले भने, ‘कुण्ड बन्द हुँदा ऋण खोजेर शिक्षकको तलब, भत्ताको जोहो गर्नुपरेको छ । तीन महिनामा दुई महिनाको तलब दिने र एक महिनाको पछि दिनेगरी भुक्तानी गरिएको छ ।’      गतवर्षसम्म १० निजी स्रोतका शिक्षक रहेकामा बेनी नगरपालिकाले दरबन्दी मिलानका क्रममा यसपालि प्रावि तहका पाँचजना शिक्षक पठाएको छ । यसअघि प्रावि तहका पाँचजना मात्र स्थायी दरबन्दीका शिक्षक थिए ।      मावि तहका एकजना शिक्षण सहायता अनुदानबाट नियुक्त गरिएका शिक्षक छन् । प्राविको दरबन्दीमा नियुक्त भए पनि निमावि र माविमा पढाउनेलाई भत्ता र निजी स्रोतका शिक्षकलाई भत्ता दिन तातोपानी कुण्डलाई आयस्रोत बनाइएको थियो । २०६५ सालदेखि निमावि र २०६९ सालदेखि मावि तह सञ्चालन भएको विद्यालयमा २५६ जना विद्यार्थी छन् । २०७६ चैतदेखि बन्द भएको तातोपानी कुण्ड २०७७ माघ १ गतेदेखि खोलिएकोमा कोरोनाको दोस्रो लहर फैलिएपछि २०७८ वैशाखदेखि बन्द भयो । गत असोज १ गतेदेखि खुलेको कुण्ड पुनः माघदेखि बन्द छ । आर्थिक वर्ष २०७६/७७ मा बिरामीको प्रवेश शुल्क र चन्दा सहयोगबाट एक करोड २१ लाख आम्दानी गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७/७८ मा ४० लाख आम्दानी गरेको छ । समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले गतवर्ष ६ हजार जनाले स्नान गरेकोमा चालू आर्थिक वर्षको हालसम्म जम्मा दुई हजार पाँच सयजना मात्र आएको बताए । रू. ३५० तिरेर १० दिनसम्म स्नान गर्न पाइन्छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ । बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ । प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिस आउने गर्छन् । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा एकपटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ । रासस

तातोपानी कुण्ड बन्द हुँदा स्कुल चलाउनै समस्या

म्याग्दी- मुख्य आयस्रोतका रुपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीहरुले तिर्ने शुल्क र चन्दाबाट विगत १२ वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइँदै आएको थियो । कोरोना (भाइरस)को महामारीका कारण पछिल्लो दुई वर्षयता तातोपानी कुण्ड बन्द हुँदा विद्यालय […]

तस्वीर : सुनसान बनेको बेनीस्थित तातोपानी कुण्ड

सुनसान बनेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड । कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै तातोपानी कुण्डमा स्नान गर्ने मानिस नआएपछि सुनसान भएको हो । तस्वीर : रासस

म्याग्दीका तातोपानी कुण्ड र योग केन्द्र बन्द

म्याग्दी (अस) । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै म्याग्दीका तातोपानी कुण्ड र योग केन्द्रहरू अनिश्चितकालका लागि बन्द गरिएका छन् । जिल्लाको बेनी नगरपालिका–४ मा अवस्थित सिंगा तातोपानी कुण्डमा प्रवेश बन्द गर्ने निर्णय भएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा हालै बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै तातोपानी कुण्डमा सर्वसाधारणको प्रवेश बन्द गर्ने निर्णय गरेको हो । सिंगा तातोपानीसँगै उत्तरी म्याग्दीको भुरुङ तातोपानी, मुदी बगरको तातोपानी, हिस्तान लगायत ठाउँमा रहेका तातोपानीका कुण्डहरूमा प्रवेश बन्द हुने भएको छ । साथै जिल्ला प्रशासन कार्यालयले गलेश्वर, महारानीथानको नित्यपूजा बाहेकका अन्य गतिविधि नगर्न, विवाहमा बाजा नबजाउन, २५ जनाभन्दा बढी भेला नहुन, जिमखाना, कभर्ड हल र योग केन्द्रहरू पनि बन्द गराउन आदेश जारी गरेको छ । यसअघि बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले वैशाख १५ देखि २८ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउनेगरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । सदरमुकाम बेनीबजार पछिल्लो समय कोरोनाको ‘हटस्पट’बन्दै जान थालेको छ । सदरमुकामबाहेक ग्रामीण क्षेत्रमा समेत संक्रमित भेटिन थालेपछि चिन्ता बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

कोरोनाका कारण तातोपानी कुण्ड र धार्मिकस्थलहरू बन्द

कोरोनाको दोस्रो लहर बढेसँगै म्याग्दीका तातोपानी कुण्डहरू स्नानकार्य र पूजापाठ हुने धार्मिकस्थल बन्द भएका छन् । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अघिकारीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठकलले जिल्लाका सबै तातोपानी कुण्ड र धार्मिकस्थल बन्द गराउने निर्णय गरेको हो ।जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा गलेश्वरधाम मन्दिरलगायतका धार्मिकस्थल, सिंगा, भुरुङतातोपानी लगायतका कुण्ड, योग केन्द्र […]

तातोपानी कुण्ड पुनर्निर्माण गरिने

लमजुङको मस्र्याङ्दी गाउँपालिका–६, बाहुनडाँडा फेदीमा रहेको क्षतिग्रस्त तातोपानी कुण्ड पुनर्निर्माण गरिने भएको छ । गत भदौमा गएको बाढी पहिरोले भत्काएको तातोपानी कुण्ड प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको हो ।