प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड खुल्यो

गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ । बेनी नगरपालिका–४ मा रहेको सो कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले कुण्डमा स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा  नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत नियमित आ...

सम्बन्धित सामग्री

पाहुनालाई कोसेली बन्दै म्याग्दीका असला माछा

फागुन १७, म्याग्दी  । म्याग्दी नदीका असला माछा प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराक र जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो कोसेली बनेका छन् । बेनी नगरपालिका–४,सिङगास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकको रोजाइँमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेका हुन् ।  बजारको छेउमै रहेको म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले यहाँका माछालाई पौष्टिक आहारको रुपमा खाने गरेका छन्, भने घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रुपमा लिएर फर्कने गरेका छन् । अन्यत्र पाइने माछा भन्दा यहाँका माछा बढी स्वादिष्ट हुने भएपछि अहिले ताजा माछाप्रति केजी एक हजार ५०० मा विक्री हुने गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम कम भएपछि हिजोआज तातोपानी कुण्डमा नुहाउने बिरामीको भीड बढेको छ ।  कुण्डमा चलहपहल बढेपछि म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाटसमेत माछा मारेर व्यापारीले विक्रीका लागि  तातोपानीसम्म ल्याउने गरेका छन् ।  असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पुर्‍याउन धौधौ हुने गरेको तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताए । ‘माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ, तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकको माग थेगिनसक्नु हुन थालेपछि पुर्‍याउन सकिएको छैन’ उनले भने, ‘माछा कमै पाइने भएकाले कोसेलीको रुपमा लिएर जान चाहनेलाई दिएर पठाउन हम्मेहम्मे परेको व्यवसायीको भनाइ छ ।’  घुम्ने र तातोपानीमा स्नान गर्न जानेले कोसेलीको रुपमा लैजाने भएकाले जति रकम तिरेर भए पनि माछा किन्ने प्रचलन बढेपछि माछाको मूल्य पनि बढेको छ । पछिल्ला केही वर्ष नदीमा माछा कम हुँदै गएकाले स्थानीयवासीको सहयोगमा प्रहरीलेसमेत विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाएको छ । तातोपानीका होटलका भान्सामा विषादीरहित माछा पाक्ने गरेको छ । माछासँगै फापरको ढिँडोले यहाँको होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको स्थानीय होटल व्यवसायीको भनाइ रहेको छ ।  विगतमा सामान्य मानिने फापर स्वास्थ्यलाई हितकर हुने भएपछि पछिल्लो समय फापरको पिठोको ढिँडोसँगै माछा सबैको रोजाइँमा पर्न गएको स्थानीय होटल व्यवसायी कृष्ण केसीले बताए ।  तातोपानीको उपल्लो र तल्लो बजार क्षेत्रमा सञ्चालनमा रहेका होटलमा वा स्वाथ्यका लागि राम्रो गर्ने र स्वादिलो हुने भएकाले म्याग्दी नदीको लोकल माछा र फापरको ढिँडो खान धेरैले मन पराउने गर्दछन् । खासगरी म्याग्दी नदीको माछा मीठो हुनेहुँदा माछासँगै मुस्ताङी फापरको ढिँडोको विक्री ह्वात्तै बढेको होटल व्यवसायीले बताएका छन् । फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राई आइटमका खाना पर्यटकको रोजाइँमा रहेको होटल व्यवसायी एवम् तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिवकुमार केसीले बताए । उनले तातोपानीका युवाले म्याग्दीखोलामा जाल थापेर दैनिकजसो माछा मारेर विक्री गर्ने गरेका छन् ।  तातोपानी बजारमा पछिल्लो समय आधुनिक सुविधासम्पन्न होटल थपिएका छन् । फापरको ढिँडोसँगै एक प्लेट माछाका परिकार खाएको रू. ४०० देखि ५०० सम्म तिर्नुपर्दछ । यसैवर्ष तातोपानीमा सञ्चालनमा आएको श्रेष्ठ होटल हटस्पिङमा पुग्ने स्वदेश तथा विदेशी पाउनालेसमेत लोकल माछा रोज्ने गरेकाले दैनिक खपत हुने गरेको होटल सञ्चालिका साधना श्रेष्ठले बताए । प्राकृतिक उपचारको चिकित्सालयको रुपमा विकसित हुँदै गइरहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामी बढेका छन् । जमिन मुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा बिरेनूनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्एिको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोग निको हुने जनविश्वाससँगै स्थानीय माछा र अर्गानिक खाना तातोपानीको प्रमुख विषेशता छ । रासस

तातोपानी कुण्ड खुल्यो

म्याग्दीको बेनी नगरपालिका-४ स्थित प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड खुल्ने भएको छ ।

म्याग्दीमा तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

म्याग्दी । म्याग्दीको सिंगा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सा सेवा सञ्चालनको तयारी थालिएको हो ।      तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक रूपमै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योग, फिजियो थेरापी, मसाज थेराप सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागिको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । उनका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष संघीय सरकारबाट प्राप्त ५० लाख र कुण्डको आन्तरिक आम्दानी ५० लाख गरी १ करोड लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ । साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरण खरीद गरिएकोे छ । त्यसैगरी कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिनेगरी एक प्राकृतिक चिकित्सकको व्यवस्था गरिएको छ । चिकित्सालयमा प्रदान गरिने सेवामध्ये मसाज थेरापी तथा योगाभ्यासका लागि तालीमप्राप्त जनशक्तिको आवश्यकता पर्ने भएकाले अहिले तालीम सञ्चालन भइरहेको र दशैंपछि बिरामीको उपचार शुरू गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा. आयुशा अधिकारीले जानकारी दिइन् । अस्पतालमा तत्कालका लागि फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टाफसहित १५ भन्दा बढी स्वास्थ्यकर्मीको आवश्यक पर्ने उनको भनाइ छ । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार अहिले तत्कालका लागि पाँच शय्या तयार गरिएको छ । परम्परागत रूपमा तातोपानी कुण्डमा डुबुल्की मारेर उपचार गराउँदै आएका बिरामीलाई विकसित चिकित्सकीय पद्धति र प्रविधिको प्रयोग गरी अत्याधुनिक रूपमा सेवा प्रदान गर्न प्राकृतिक अस्पताल सञ्चालन गर्न लागिएको सचिव केसीको भनाइ छ । अस्पताल सञ्चालनमा आएपछि जलचिकित्सा, योगासन, अकुपञ्चरलगायत विधिबाट बिरामीको उपचार गरिने केसीले बताइन् । म्याग्दी नदीको किनारमा जमीनभित्रबाट बीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा चर्मरोग, बाथरोग, ढाड दुख्ने, सुन्निएको, मर्किएको लगायत समस्या निको हुने विश्वासका साथ यहाँ वर्षेनि हजारौंको संख्यामा मानिस आउँछन् । पछिल्लो समय प्राकृतिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि जिल्लाका अन्य तातोपानी कुण्डलाई पनि व्यवस्थित गर्न थालिएको छ । म्याग्दीमा साना–ठूला गरी करीब एक दर्जन तातोपानीका कुण्ड छन् । रासस

म्याग्दीको सिङ्गा ताताेपानीमा प्राकृतिक चिकित्सालय खुल्दै

म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई प्रयोग गरेर नेपालमै पहिलो प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ । बेनी नगरपालिका ४ सिङ्गामा तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याउने तयारी गरिएको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक तातोपानीलाई प्रयोग गरेर योगाथेरापी, फिजियोथेरापी, मसाजथेरापी, जलचिकित्सा, अकुपञ्चर र डाईथेरापी विधिबाट विरामीको उपचार गर्न प्राकृतिक चिकित्सालय बनाउन लागेको हो ।

५ महीनापछि खुले म्याग्दीका शैक्षिक, धार्मिक र पर्यटकीय क्षेत्र

असोज ३, म्याग्दी । कोरोना संक्रमणका कारण विगत पाँच महीनादेखि बन्द रहेका म्याग्दीका शैक्षिक, धार्मिक र पर्यटकीय क्षेत्रहरु खुलेका छन् । यी क्षेत्रहरु खुलेसँगै बजारको रौनक बढेको छ थलिएका व्यापार व्यावसाय, शिक्षण र पर्यटकीय क्षेत्रहरु पुरानै लयमा फर्किन थालेका छन् । शुक्रवारदेखि जिल्लाका शिक्षण संस्था, धार्मिक, पर्यटकीय क्षेत्र र प्राकृतिक चिकित्सालय अर्थात् तातोपानी कुण्डहरु खुला गरिएको छ । कोभिड-१९ को संक्रमणका कारण बन्द गरिएको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड पनि शुक्रवारदेखि नै खुला गरिएको हो । शिक्षण संस्था, धार्मिक र पर्यटकीय क्षेत्रहरु खुला गरिए पछि जिल्लामा चहलपहल बढेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) म्याग्दीको निर्णयअनुसार शैक्षिक संस्था, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र खुला गरिएको हो ।  म्याग्दीमा कोरोना संक्रमण दर घटेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरी विद्यालय,तातोपानी कुण्ड र धार्मिक क्षेत्र खुला गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।  सरकारले ल्याएको कोभिड–१९ सम्बन्धी सुक्ष्म योजना र ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार यी क्षेत्रहरु खुलाउने निर्णय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए । डीसीसीएमसी बैठकको निर्णयअनुसार म्याग्दीका सबै पालिकामा रहेका विद्यालय फेरि सञ्चालनमा आएका छन् । गएको वैशाख तेस्रो हप्तादेखि म्याग्दीका विद्यालय बन्द भएका थिए भने वैशाख २३ गतेदेखि लकडाउन गरिएको थियो । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ बिग्रिने र अनलाइन कक्षा सञ्चालन गरिए पनि प्रभावकारी नभएपछि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनासहित विद्यालय सञ्चालन गरिएको छ । तातोपानी कुण्ड पनि खुल्यो प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिंगा तातोपानीमा अवस्थित तातोपानी कुण्ड पनि शुक्रवारदेखि पुनः खुला गरिएको छ । कोरोना भाइरसका कारण गएको वैशाख दोस्रो हप्तादेखि बन्द गरिएको तातोपानी कुण्ड डीसीसीएमसी बैठकको निर्णयअनुसार सञ्चालन गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जानकारी दिएको छ ।  तातोपानी कुण्डको कुल क्षमताको आधारमा तत्कालका लागि ५० प्रतिशतलाई मात्र स्नान गर्ने गरी सञ्चालन गर्न अनुमति दिइएको प्रजिअ अधिकारीले बताए । अहिले म्याग्दीका नागरिकलाई मात्रै तातोपानीका कुण्डमा प्रवेशको अनुमति दिइएको छ । कोरोनाविरुद्धको खोप लगाएको १० दिन नाघेका, ७२ घण्टाभित्रको पीसीआर तथा एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट भएका जिल्लावासीले तातोपानीका कुण्डमा पुगेर स्नान गर्न पाउने छन् ।  मठमन्दिर र देवालयहरुमा जान थाले भक्तजन कोरोना संक्रमणको दर घट्दै जान थालेपछि म्याग्दीका मठ मन्दिर, देवालय, चर्च र मस्जिदहरुमा भक्तजनहरु जान थालेका छन् । शुक्रवारदेखि धार्मिक क्षेत्र पनि खुला गरिएपछि दोस्रो पशुपतिनाथका नामले चिनिएको म्याग्दीको गलेश्वर धाम, पुलस्त्य पुलहाश्रम, जगन्नाथधाम, मालिका धुरीलगायत म्याग्दीका विभिन्न ठाउँमा रहेका धार्मिक क्षेत्रहरुमा भक्तजनहरु पुगेर दर्शन तथा पूजाआजा गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका धार्मिक क्षेत्र पनि स्वास्थ्य मापदण्डसहित धेरै भिडभाड नहुने गरी खुला गरिएको छ ।   शिक्षण संस्था, धार्मिक र पर्यटकीय क्षेत्र खुला भएसँगै बजारमा पनि चहलपहल बढेको छ । पर्यटकीय स्थलहरुमा पनि बढ्यो चलहपहल : लयमा फर्किदै व्यवसायी जिल्लाका पर्यटकीयस्थलहरु खुल्न थालेपछि व्यवसायीहरु पनि उत्साहित भएका छन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि गत वैशाख दोस्रो सातादेखि बन्द भएका पर्यटकीय क्षेत्रहरु शुक्रवारदेखि खुला गरिएको हो ।  कोरोना संक्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउनेक्रम चलिरहेकाले आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीयस्थल खुलाइएको हो ।  प्रशिद्ध पर्यटकीय स्थलघोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, मालिकाधुरी, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, लभ्लीहिल लगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आगमन शुरु भएको छ ।

तातोपानी कुण्डमा प्राकृतिक चिकित्सालय

गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा बेनी–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना गरिएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले चिकित्सकका निगरानीमा औषधिको प्रयोगबिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो । समितिका सचिव कृष्ण खड्काले भवन निर्माण, उपकरण जडान, व्यवस्थापन र चिकित्सक नियुक्त भइसकेको आगामी असोजदेखि बिरामी भर्ना गरेर सेवा सुरुआत गर्ने तयारी …

बेनीकाे सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना

सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले चिकित्सकका निगरानीमा औषधिको प्रयोगबिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो।

म्याग्दीका प्राकृतिक चिकित्सालय र योग केन्द्र बन्द

गलेश्वर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको त्रासका कारण प्राकृतिक चिकित्सालयको नामले चिनिएका म्याग्दीका तातोपानी कुण्ड र योग केन्द्रहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्लाको बेनी नगरपालिका–४ मा अवस्थित सिंगा तातोपानी कुण्ड बुधबारदेखि बन्द गरिएकोे कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए। म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको […]