८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास गठन गर्ने सहमति भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु न्यायाधीशहरुको बुधबार भएको छलफलले मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास तोक्ने समझदारी गरेको एक न्यायाधीशले जानकारी दिए । गोला प्रथाबाट इजलास तोक्ने निर्णय गर्न बिहीबार पूर्ण बैठक ( फूल कोर्ट) बोलाइएको छ । […]