एमालेद्वारा आज पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध

नेकपा एमालेले सोमबार पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । एमालेले अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ।एमाले सासंदहरुले बैठक सुरु हुनासाथ ‘हाम्रो माग पूरा गर , दलीय मर्यादा  कायम गर’ जस्ता नारा लगाएका थिए। एमालेकाे निरन्तर नाराबाजीपछि बैठक २:३० सम्मका लागि स्थगित गरिएको छ ।दुई सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने भन्दै लुम्बिनीमा एमालेले बैठक

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभा बैठक फागुन १७ गते बस्ने

लुम्बिनी – लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ। झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ। प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक बुधबार दिउँसो १ बस्ने छ। लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको […]

लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको अवरोध

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक सञ्चालन हुन नदिने रणनीति बनाएको छ । प्रदेशसभाको बैठक भदौ ३० गतेका लागि आह्वान गरिएको छ । एमालेले भदौ ३० गते आह्वान गरेको संसद बैठक पनि अवरुद्ध गर्ने रणनीति बनाएको छ । यसअघि पनि एमालेले लुम्बिनी प्रदेशसभा बैठक लगातार अवरुद्ध गरेको थियो । लगातारको अवरोधपछि […]

एमालेद्वारा लुम्बिनी प्रदेशसभा अबरुद्ध, आधा घण्टाका लागि स्थगित

काठमाडौँ, ७ भदौ। लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएसंगै (नेकपा एमाले)का सांसदले अजय शाही र बिमला वलीलाई पदमुक्त गर्न माग गर्दै नाराबाजी गरि रहेकाले आधा घण्टाका लागि सभा स्थगित गरिएको छ । एमालेले सांसद अजय शाही र बिमला वलीलाई पदमुक्त नगरेसम्म संसद चल्नन दिने भन्दै सभामुखलाई पत्र बुझाएको थियो । एमालेले सांसद शाही र वलीलाई पदमुक्त […]

लुम्बिनी प्रदेशसभा बैठक सञ्चालन हुन नदिने एमालेको अडान कायमै

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक लगातार अवरुद्ध गर्दा नयाँ सरकारलाई काम गर्न असहज हुन थालेको छ । सत्ताबाट बाहिरिएलगत्तै एमालेले प्रमुख प्रतिपक्षका रुपमा प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।एमालेले सांसदद्वय अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान राखेको छ । प्रदेशसभाको बैठक सोमबार (आज) दिनको १ बजे बस्ने कार्यसूची छ तर, एमालेले सांसदद्वय शाही र वलीलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने अडान राखेको छ । अर्कोतिर प्रदेशसभा सचिवालयले दुवै सांसदमाथि कारवाह

एमालेको चेतावनीकाबीच  लुम्बिनी प्रदेशसभा बैठक बोलाइयो

काठमाडौं : लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठक आज पनि बोलाइएको छ।  नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित भएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो। एमालेले प्रदेशसभाका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै बैठक अवरोध गर्दै आएको छ। एमालेकै अवरोधका कारण आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना न्यून छ।  एमालेले विना विभागीय मन्त्री शाही र सांसद वलीलाई पार्टीको ह्वीप, विधान र आचारसंहिता उल्लंघन गरेको भन्दै पदमुक्त गर्न  प

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, एमालेले फेरि अवराेध गर्ने

लुम्बिनी प्रदेशसभाको बैठक आज (साेमबार) दिउँसो १ बजे बस्ने तय गरिएको छ। आज नवौं अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो।

प्रतिपक्ष एमालेद्वारा लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले फेरि अवरुद्ध गरेको छ ।

मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनी प्रदेशसभा स्थगित

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेशसभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । विशेष अधिवेशन अन्तर्गत आजै बसेको दोस्रो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री पोखरेलको राजीनामाबारे जानकारी गराए। पहिलो बैठकमा अविश्वासको प्रस्ताव पेश भए पनि जवाफ दिन मुख्यमन्त्री अनुपस्थित भएपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको थियो। त्यसपछि प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको राजीनामा प्राप्त भएको पत्र प्रदेशसभामा पठाएपछि सोही पत्र पढेर सभ

सूचना टाँसेर लुम्बिनी प्रदेशसभा बैठक स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँस गरेर भोलि शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । बजेट निर्णयार्थ पेश गर्ने बेला सत्तापक्षीय सांसदले नै बैठक बहिस्कार गरेपछि आधा घण्टाको लागि बैठक स्थगित भएको थियो । सभामुख पूर्णबहादुर घर्तीको विशेष निर्देशन अनुसार भोलि शुक्रवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरिएको छ ।