कांग्रेसद्वारा दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा कांग्रसका मुख्य सचेतक रमेश लेखकले पार्टीका सांसदहरुलाई ह्वीप जारी गर्नुभएको हो । संसदीय दलले ह्वीप लगाएपछि कांग्रेसका असन्तुष्ट सांसदहरु पनि दाहाललाई मत दिने पक्षमा पुगेका छन् । कांग्रेसको मंगलबार […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न नाउपाको ह्वीप

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् । उनले  चारै जना सांसदलाई अनिवार्य उपस्थिति हुन र प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न निर्देशन समेत दिइन । ‘भोलि ३० गते बिहान ११ […]

बजेटको पक्षमा मतदान गर्न सांसदलाई माओवादीको ह्वीप

१२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट निणायार्थ भोलि बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ । मुख्य सचेतक हितराज पाण्डले बजेट पारित गर्नका लागि संसदमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न सांसदहरुलाई निर्देशन दिएका हुन् । पाण्डले निकालेको सूचनामा […]

मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्वीप’

नेपाली कांग्रेस १ नम्बर प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री भीम आचार्यले राखेको विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । नेकपा एमाले विभाजन भएपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा राखेका छन् । सोमवार बस्ने प्रदेशसभा बैठकमा प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत : वामदेव गौतम

३ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् । उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको अनलाइनखबरलाई बताए । ‘धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप […]

कर्णाली सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । मंगलवारको प्रदेशसभा बैठकमा निर्णयार्थ पेश हुने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गरेको हो । सर्वाेच्च अदालतले पुनर्बहाली गरिदिएका ४ सांसदमध्ये प्रकाश ज्वाला दलको बैठकमा सहभागी थिए भने सरकारमा सहभागी ३ सांसदहरू सहभागी थिएनन् । सांसद ज्वालाले संसद बैठकमा उपस्थिति हुने र विपक्षमा मतदान गर्ने बैठकमा जानकारी गराएका प्रमुख सचेतक गुलाबजङ्ग शाहले बताए ।&n...

बागमतीमा बादलको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

जेठ ६ गतेका लागि तय भएको बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई मत हाल्न एमालेले ह्वीप जारी गरेको छ ।  एमाले महासचिव ईश्वर पोखरेलले सूर्य चिन्हमा मतदान गर्न भन्दै पार्टीका तर्फबाट प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पत्र पठाउँदै ह्वीप जारी गरेका हुन् ।  बागमतीमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् । एमालेमा विवाद रहँदा माधव कुमार नेपाल पक्ष समेतको सहमतिमा खिमलाल देवकोटालाई विपक्षी गठबन्धनबाट उम्मेदवार बनाइएको ...

बागमतीमा बादलको पक्षमा मतदान गर्न एमालेको ह्वीप

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई मत हाल्ने एमालेले ह्वीप जारी गरेको छ । बागमतीमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् । एमाले महासचिव ईश्वर पोखरेलले सूर्य चिन्हमा मतदान गर्न भन्दै पार्टीका तर्फबाट प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई ह्वीप जारी गरेका हुन्।

काभ्रे एमालेको ह्वीप : सबै जनप्रतिनिधिले सूर्य चिन्ह र बादलको पक्षमा मतदान गर्नु

काठमाडौं। जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनका लागि नेकपा एमाले काभ्रेले ह्वीप जारी गरेको छ।काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले भने,“एमालेको सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा र नगरपालिका गाउँपालिका प्रमुख उपप्रमुखलाई राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न अनुरोध गरेका छौं।” तीन दिनभित्र पीसीआर परीक्षण गर्ने र परिचयपत्र लिएर मतदान गर्न जानुपर्ने बताइएको छ।

कर्णाली प्रदेश : विपक्षमा मतदान गर्न एमालेको ह्वीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत नदिन एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका नेता यमलाल कँडेलको निवासमा बसेको संसदीय दलको बैठकले आफ्ना पार्टीका सांसदहरुलाई मुख्यमन्त्री शाहीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।एमाले सांसद गुलाबजंग शाहले विश्वासको मतको विपक्षमा मतदान गर्न एमालेका सांसदहरुलाई ह्वीप जारी गरिएको रातोपाटीलाई बताए ।दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको म