काठमाडौँ । आइतबार सरकारी बिदा दिने विषयले मन्त्रिपरिषदमा प्रवेश पाएको छ । बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकमा सार्वजनिक बिदालाई सातामा दुई दिन दिने नेपाल आयल निगमको प्रस्तावबारे छलफल भएको हो । सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै निगमले उक्त प्रस्ताव अघि सारेको थियो […]