सित्तैको प्रचार र नेपालको पर्यटन

नेपाल कोरोनाबाट थलिएको विश्व पर्यटनले बिस्तारै गति समात्दै छ । बाह्य पर्यटक आगमन उल्लेख्य नभए पनि आन्तरिक पर्यटककै भरमा धेरै देशको पर्यटनले पुनरुत्थानको बाटो लिइरहेको छ । नेपालमा कहिलेबाट बाह्य पर्यटक आउलान्, आन्तरिक पर्यटकलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ठोस र प्रभावकारी रणनीति तय भएको छैन । न सरकार, न पर्यटन बोर्ड न त व्यवसायीले नै यसमा राम्रो तयारी गरेको देखिन्छ । अहिले लोन्ली प्लानेटले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेपछि पर्यटन व्यवसायी खुशी भएका छन् । लोन्ली प्लानेटले हरेक वर्ष विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्ने गरेको छ । अरू वर्षहरूमा जसरी नै नेपालको नाम पनि यसमा समावेश गरिएको छ । तर, यसपटक सगरमाथा र अन्नपूर्ण सर्किटबाहेक मुस्ताङको विशेष चर्चा गरेको छ ।  पर्वतारोहीहरूका लागि मुस्ताङ पनि उत्तिकै आकर्षक स्थल रहेको उल्लेख छ । त्यहाँको मरुभूमि समान अलौकिक दृश्यको मजा लिनुका साथै स्थानीय होमस्टेहरूमा नेपालका विशेष परिकारको स्वाद पनि लिन पाइने उल्लेख गरिएको छ । जस्तै याकको बटरसँग कफी, कोठे शैलीको मःमः लगायत विभिन्न स्वादिष्ट परिकारबारे पनि उल्लेख गरिएको छ । विश्वका अन्य आकर्षक गन्तव्यहरूमा इजिप्टको पिरामिड्स अफ गिजा, मलावी, ओमान, एङविला, स्लोभेनिया, बेलिज, मोरिसियस, नर्वे र कुक आइलन्ड्स रहेको छ । यसरी विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा नेपाल पर्नु ठूलो महŒवको कुरा हो । विभिन्न संस्थाले पर्यटकलाई नयाँनयाँ गन्तव्यहरूको सूची जारी गरेर त्यहाँको विशेषतालाई उजागर गरिदिने गरेका छन् । फोब्र्सको सूची होस् बा लोन्ली प्लानेट वा ट्रिप एडभाइजर नै किन नहोस् । तिनले नेपालको नाम छुटाउने गरेको छैनन् । नेपालका विभिन्न पर्यटकीय गन्तव्य र विशेषताहरूको चर्चा तिनीहरूले गर्ने गरेका छन् । नेपालले करोडौं रुपैयाँ खर्च गरेर पनि गर्न नसक्ने विज्ञापन यिनीहरूले गरिदिएका छन् । अहिले विश्वभरि नै पर्यटन बजारमा मन्दी आएका बेला लन्ली प्लानेटको सूची महत्त्वपूर्ण मान्नुपर्छ । पर्यटन बिस्तारै लयमा आउन खोजेको आभास भइरहँदा यस्ता निःशुल्क रूपमा भएका विज्ञापनले ठूलो अर्थ राख्छ । तर, प्रचार हुनुमात्रै पर्याप्त होइन भन्नेमा हाम्रो ध्यान जानु पनि उत्तिकै महत्त्वपूर्ण छ । यस्ता पर्यटकीय चर्चामा नेपालको नाम आउँदा हामी मख्ख पर्छौं । तर, त्यस्तो प्रचारबाट पाएको अवसरको उपयोगमा भने हामी मजाले चुकेका छौं । विश्वभरि नै नेपालको भौगोलिक र प्राकृतिक अद्वितीयताको चर्चा राम्रै भएको पाइन्छ । त्यहाँका मानिसहरूको ड्रिम डेस्टिनेशन अर्थात् सपनाको गन्तव्य नेपाल बनेको पनि पाइन्छ । तर, उनीहरू नेपाल घुम्न चाहेर पनि घुम्न पाइरहेका छैनन् । यो सरासर हामी नेपालीको कमजोरी हो । यसमा सरकार, पर्यटन बोर्ड र हामी व्यवसायीहरू कुनै न कुनै रूपमा दोषी छौं । तिनलाई नेपाल सुरक्षित छ, घुम्नका लागि सहज सुविधा छ र तिनले नेपाल भ्रमणका कुनै अवरोध वा समस्या भोग्नु पर्दैन भन्ने विश्वास पर्यटकलाई दिलाउन सकेका छैनौं । पर्यटकले हेर्ने विविध कुरामध्ये सुरक्षा पनि एक हो । ट्रेकिङ आदिमा आउने पर्यटक दुई चार जनाको समूहमा हिँड्न रुचाउँछन् । एक्लै हिँड्न रुचाउने पर्यटक पनि हुन्छन् । तिनबाट उचित शुल्क लिएर यस्तो अवसर दिलाउनुपर्छ । उनीहरूलाई यी खालका क्रियाकलापमा समस्या छैन, आपत्ति आइपर्दैन भन्ने जानकारी राम्ररी दिन सकेमात्रै पनि गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन नसकिने होइन । नेपालमा पछिल्लो समयमा स्तरीय होटलहरू खुल्ने क्रम निकै बढेको छ । ठूला व्यापारिक घराना र गैरआवसाीय नेपालीहरूले यसमा ठूलो लगानी गरेका छन् । पर्यटकीय बसहरू चल्न थालेका छन् । आन्तरिक हवाई उडानको पनि राम्रै व्यवस्था छ । अर्थात् पर्यटकीय सेवाहरू पस्कन हामी तयार भएर बसेका छौं । १ वर्षमा २० लाख पर्यटक नेपाल आए भने पनि तिनलाई सेवा दिन सक्ने हैसियत पर्यटन व्यवसायीको रहेको छ । पर्यटक नेपाल आउन तयार छन्, नेपालभित्र पर्यटकलाई सेवा दिन व्यवसायीहरू तयार छन् तर पर्यटक नेपाल आउन सकेका छैनन् । किन उनीहरू नेपाल आउन नसकेका हुन् त ? तिनलाई नेपाल ल्याउन कस्तो रणनीति आवश्यक पर्छ त भन्नेमा नै हाम्रो पर्याप्त तयारी रहेको देखिँदैन । पर्यटनहरू नेपाल आउन नसक्नुको एउटा प्रमुख कारण हवाई सेवा गन्तव्य मुलुकहरूमा नहुनु हो । नेपाल वायु सेवा निगमले जापानमा उडान शुरू गर्नेबित्तिकै कोरोना शुरू भयो । जर्मनी, बेलायत र फ्रान्सजस्ता गन्तव्यमा नेवानिको उडान कहिलेदेखि हुन्छ अत्तापत्तो छैन । यी देशमा नेवानिको सेवा सञ्चालन भएका वर्षहरूमा त्यहाँबाट गुणस्तरीय पर्यटक आएको इतिहास छ । नेवानिसँग विमान भएर पनि उसले उडान विस्तार गर्न नसक्नुको परिणाम पर्यटन व्यवसायले भोगिरहेको छ । विगतमा नेवानिसँग विमान थिएन तर अहिले विमान भएर पनि उसले पर्यटक ल्याउन सकेको छैन । नेवानिको सस्तो उडान यूरोपेली मुलुकमा गर्न सक्ने हो भने लोन्ली प्लानेट वा अन्य पर्यटन उडभाइजरहरूले गरेको प्रशंसा र प्रचारको फल नेपाली पर्यटन क्षेत्रले पाउन सक्छ । निजीक्षेत्रको हिमालयन एयरलाइन्सले पनि पर्यटकीय बजारमा उडान गर्न सकेको छैन । नेपालीहरू जाने क्षेत्रमा मात्र उसले उडानमा रुचि राखेको छ । अर्काले प्रचार गरिदिए पनि त्यसको लाभ लिन नसक्नुको कारण विदेशी पर्यटक एजेन्टसँग राम्रो सम्बन्ध राख्न नसक्नु हो । नेपालीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण गन्तव्य मुलुकहरूका एजेन्टले नेपालजस्तै भूभाग भएको भारत वा अन्यत्र जान पर्यटकरूलाई प्रेरित गरेको पाइन्छ । पर्यटन एजेन्सीहरूसँग राम्रो सम्बन्ध कायम गर्न सके यो प्रचारको फाइदा लिन सकिन्छ । पर्यटन बोर्डको भूमिका पनि सन्तोषजनक देखिएको छैन । परिणाममुखी नयाँ सोचको काम गर्नुभन्दा दैनिक प्रशासनिक काममा सीमित रहनु नै बोर्डको काम देखिएको छ । यसरी नेपालको पर्यटन व्यवसायमा समन्वयको अभाव भएकाले तथा सही नीति राज्यले लिन नसकेकाले पर्यटनको सम्भाव्यता दोहन गर्न नसकिएको हो । पन्त नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

सम्बन्धित सामग्री

प्रेमराजा महतले बर्सेनि कुनै एक पर्यटकीय थलोबारे गीत बनाउने

काठमाडौं । गायक प्रेमराजा महतले संगीतमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय हुने बताएका छन् । मुलुकका विभिन्न पर्यटकीय थलोमा गीतको छायांकन गरेर यसबारे देशविदेशमा प्रचार गर्ने उनको योजना छ । यही योजनाअनुसार उनले केही दिनअघि ‘घर हम्रा हुम्ला जुम्लामा’ गीत रिलिज गरे । गीतको छायांकन पनि नेपाली भाषाको उत्पत्ति थलो मानिने कर्णालीको जुम्लामा गरिएको छ । […]

पश्चिम नेपालको पर्यटन प्रवर्द्धनका लागि सेल्स मार्ट शुरू

काठमाडौं । पश्चिम नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रवर्द्धनका लागि नेपालगञ्जमा तीनदिने ‘वेस्टर्न ट्राभल मार्ट फेम ट्रिप वी सेल्स मिसन’ शुरू भएको छ । नेपाल र भारतका टुर एण्ड ट्राभल्स कम्पनी तथा अन्य सरोकारवालाको सहभागितामा आइतवारदेखि उक्त मिसन शुरू भएको छ । पश्चिमका पर्यटकीय गन्तव्यको राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम शुरू भएको हो । कार्यक्रम माघ १७ गतेसम्म हुनेछ । नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), बाँके च्याप्टरको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै सभासद् डा. धवलशमशेर जबराले नेपाल भारतका लागि नजिकको उत्कृष्ट पर्यटकीय गन्तव्य भएको भन्दै यसको लाभ लिन भारतीयहरूलाई आग्रह गरे । नेपालगञ्जबाट दिल्ली, देहरादुन लगायत भारतीय शहरमा सीधा उडानका लागि पहल भइरहेको उनले बताए । नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठले भारत नेपालको महत्त्वपूर्ण पर्यटकीय स्रोत बजार रहेकाले पर्यटन बोर्डले भारतलाई विशेष महत्त्व दिएको बताइन् । नाट्टाका अध्यक्ष रमेश थापाले नेपाल सबै सिजनका लागि उत्कृष्ट गन्तव्य रहेको बताए । भारतीय पर्यटकको स्वागतका लागि नेपाल सधैं तयार रहेको भन्दै उनले यो कार्यक्रमले पश्चिम नेपालको पर्यटकीय सम्भावना उजागर गर्ने बताए ।

पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट विभिन्न देशको भाषामा बनाउन आग्रह

२१ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघले नेपालको पर्यटक भित्र्याउनको लागि पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट विभिन्न देशको भाषामा बनाउन आग्रह गरेको छ । सोमवार काठमाडौंमा नेपालको पर्यटन क्षेत्रको विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषय अन्तरक्रिया कार्यक्रम गर्दै संघले नेपाल टुरिजम बोर्डलाई यस्तो आग्रह गरेको हो । संघले अबको युग डिजिटल युग भएकाले नेपालको […]

पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट गर्न गैरआवासीय नेपाली संघको आग्रह

गैरआवासीय नेपाली संघले नेपालको पर्यटक भित्र्याउनको लागि पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट विभिन्न देशको भाषामा बनाउन आग्रह गरेको छ । सोमबार काठमाडौंमा नेपालको पर्यटन क्षेत्रको विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषय अन्तरक्रिया कार्यक्रम गर्दै संघले नेपाल टुरिजम बोर्डलाई यस्तो आग्रह गरेको हो । संघले अबको युग डिजिटल युग भएकाले नेपालको पर्यटन क्षेत्रको प्रचार पुरानो शैलीमा नभएर नेपालको समग्र पर्यटन क्षेत्रको जानकारी दिनेगरी छोटो भिडियो बनाएर प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताएको

पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट गर्न गैर आवासीय नेपाली संघको आग्रह

उनले नेपालको पर्यटन क्षेत्रको प्रचार भिडियो बाहिर देशको भाषामा नै बनाएर प्रचार गर्दा प्रभावकारी हुने बताउँदै त्यसको लागि संघ बोर्डसँग सहकार्य गर्न तयार रहेको बताए।...

पर्यटन प्रवर्द्धनमा कलाकारको भूमिका अहम हुन्छ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धनमा कलाकारहरुको अहम भूमिका रहेको बताएका छन् । बक्स अफिस इन्टरनेशनल ग्रुपले सोमबार आयोजना गरेको १६औँ ब्लक–बस्टर नेपाली फिल्म अवार्ड कार्यक्रममा उनले कलाकारहरुले निर्माण गरेका नेपाली फिल्महरुका कारण हाम्रा पर्यटकीय क्षेत्रहरु देश विदेशमा चिनिएको बताए । उनले भने, ‘नेपाली […]

नेपालको पर्यटन प्रवर्द्धनमा व्यस्त इटालीका माम्बेर्टो

‘फिनाले फर नेपाल’...नझुक्किनुहोला, यो कुनै खेल वा ‘रियालिटी सो’ को प्रचार होइन । बरू इटालीका कार्लो माम्बेर्टोले आफ्नो जन्मस्थल इटालीको एक सुन्दर पर्यटकीय नगरी फिनालेको सम्झनामा नेपालमा स्थापना गरेको एउटा सामाजिक संस्थाको नाम हो ।

नेपालको प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक करोड लिएर विदेशी फरार

अख्तियारले थाल्यो छानबिन नेपालको पर्यटन प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक लाख अमेरिकी डलर (एक करोड १३ लाख