सुदूरपश्चिममा एकीकृत समाजवादीमा धक्का, पूर्वमन्त्रीसहित ३ नेता एमाले फर्कंदै

धनगढी : नेकपा (एकीकृत समाजवादी)को पार्टी पुनर्गठन दिवस आज मनाइरहेको छ। माधव कुमार नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीले देशभर पुनर्गठन दिवस मनाइरहेको हो। तर, एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेका सुदूरपश्चिमका ३ नेताले एमालेमै फर्कने तयारी गरेका छन्। पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङ, पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र पूर्वमेयर अशोक चन्दले एमाले फर्कने तयारी गरेका हुन्। उनीहरु केही दिनमै एमालेमा फर्किन लागेको स्रोतल

सम्बन्धित सामग्री

घनश्याम भुसाल भाेलि एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने

काठमाण्डाै – नेकपा एमालेका पूर्व–उपमहासचिव एवम् वामपन्थी नेता घनश्याम भुसाल भोलि शुक्रवार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुहुने भएको छ । शुक्रवार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक हुनुहुन्थ्यो । तत्कालीन समयमा प्रधानमन्त्री रहेका ओलीले संसद् विघटन गरेपछि उहाँले चर्को विरोध गर्न...

एकीकृत समाजवादी पर्वतका जिल्ला सचिव लामिछाने एमालेमै फर्किए

पर्वत : माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी पर्वतका जिल्ला सचिव लोकेन्द्रजंग लामिछाने नेकपा (एमाले)मै फर्किएका छन्। एमालेका नेता लामिछाने माधव समूहले नयाँ पार्टी गठन गरेसँगै एकीकृत समाजवादीमा लागेका थिए।आफू आबद्ध रहेको एकीकृत समाजवादी राष्ट्रियताको पक्षमा कमजोर रहेको आरोप लगाउँदै उनी एमालेमा फर्किएका हुन्। तत्कालीन एमालेभित्र केही मुद्दामा आफ्नो असहमति रहे पनि अहिले पुनः एमाले नै रोजाइमा परेको भन्दै पूर्वपार्टीमा नै फर्किने निर्णय गरेको लामिछानेको भनाइ छ। एकीकृत समाजवादी सत

एमालेबाट निर्वाचित वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेबाट निर्वाचित एक वडाध्यक्षले नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । अछामको तुर्माखाँद गाउँपालिका  ५ का वडाध्यक्ष तुलाराम जैसी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।एमाले अछामको जिल्ला अधिवेशन सम्पन्न भए यता एमालेका नेता र कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर नै चलेको छ ।एमालेमा १० भाइ समूहका नेताका रुपमा परिचित नेता डा.भीम रावल पार्टीमा जिम्मेवारी विहीन भएको र एकीकृत समाजवादीले संगठन निर्माणलाई तिव्रता दिएको अवस्थामा एमाले कार्यकर्ताहरूले पार्टी छोड्दै गएको अ

गुल्मीका एमाले नेता ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश

गुल्मीका नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रभावशाली नेता राम मल्ल ठकुरी सो पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।एमाले भित्र धनाढय विचौलियाहरुको राज हुन थालेको भन्दै उनले आफू त्यस्तो पार्टीमा रहन नचाहेको प्रस्ट पारे । सुरुमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो अडानमा सही छन् भन्ने लागेर पार्टी विभाजनको समयमा एमालेमै रहने निर्णय गरेको उनको भनाइ छ ।सुरुदेखि आफू माधवकुमार नेपाल पक्षधर रहे पनि पार्टी विभाजनकोसमयमा भने नेपाललाई साथ नदिएर एमालेमै रहने निर्णय गर

एमाले जिल्ला सदस्यसहित नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमाले दाङका जिल्ला कमिटि सदस्य तथा  तुलसीपुर उपमहानगरपालिकाकी कार्यपालिका सदस्य जानका रेग्मी एकीकृत समाजवादीमा प्रवेश गरेकी छन् । आइतबार तुलसीपुरमा एकीकृत समाजवादी निकट युवा संघको कार्यक्रममा रेग्मीसहित तुलसीपुरकै कार्यपालिका...

एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । बिहीबार पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन् । पार्टी विभाजनपछि नेकपा एमालेबाट नेकपा एसमा जाने जोशी सबैभन्दा प्रभावशाली नेता पनि हुन् । उनलाई अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गरेका छन् । एकीकृत समाजवादीमा […]

एमाले कञ्चनपुरको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

कञ्चनपुर : नेकपा (एमाले) कञ्चनपुरको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन उत्रिएपछि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समान्तर कमिटी गठन गरेको थियो।समान्तर कमिटीका सबै पदाधिकारी एकीकृत समाजवादीमा गएका छन्। एमालेका तत्कालीन जिल्ला अध्यक्ष तारालामा तामाङको अध्यक्षतामा समानान्तरण कमिटी गठन भएको थियो। एमालेका तत्कालीन जिल्ला सल्लाहकार सन्तोस नेपालीले अध्यक्ष तामाङ, उपाध्यक्ष जीवनराज थापा, सचिव रणबहादुर महरा र उपसचिव रबिन्द्र कु

एकीकृत समाजवादीमा नेताको जिम्मेवारी बाँडफाँड

काठमाडौं, भदौ २१। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नेताको जिम्मेवारी बाँडफाँड गरेको छ । एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा नेताको जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख गरिएको छ । पार्टीले सात सदस्यीय स्थायी कमिटी गठन गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपा बनेपछि स्थायी कमिटीमा रहेका नेता एकीकृत समाजवादी […]

कर्णाली प्रदेश : एमाले त्याग्दै ३ जनाले रोजे एकीकृत समाजवादी

काठमाडौं : नेकपा एमालेबाट कर्णाली प्रदेशसभामा निर्वाचित ३ जना सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका छन्। प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरुले माधवकुमार नेपालको पार्टीमा सनाखत गराएका हुन्। देवी ओली, चन्द्रबहादुर शाही र पद्म बहादुर रोकायाले एमाले त्याग्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका हुन्। वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले विभाजन…

एकीकृत समाजवादी रोजेका प्रदेश १ प्रदेशसभा सदस्यले आज सनाखत गर्ने

विराटनगर : नेकपा (एमाले) विभाजनपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका प्रदेश १ का सांसदहरुले आज सनाखत गर्ने तयारी गरेका छन्।प्रदेशसभा सांसदहरूलाई निर्वाचन आयोगले दल विभाजन भएको मितिदेखि २१ दिनभित्र दल रोज्न समय सीमा तोकेको छ। जसअनुसार प्रदेश १ का एमाले सांसदहरुले एकीकृत समाजवादी रोजेका सांसदहरुले बुधबार १२ बजे विराटनगरस्थित आयोगको कार्यालयमा सनाखतको तयारी गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले जानकारी दिए।राईको नेतृत्वमा एकीकृत समाजवादीमा आवद्ध सांसदहरुले मंगलबार नै सनाखत गर्