घनश्याम भुसाल भाेलि एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने

काठमाण्डाै – नेकपा एमालेका पूर्व–उपमहासचिव एवम् वामपन्थी नेता घनश्याम भुसाल भोलि शुक्रवार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुहुने भएको छ । शुक्रवार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक हुनुहुन्थ्यो । तत्कालीन समयमा प्रधानमन्त्री रहेका ओलीले संसद् विघटन गरेपछि उहाँले चर्को विरोध गर्न...

सम्बन्धित सामग्री

घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौँ। नेकपा एमाले छाडेका नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्दैछन्। एमाले छाडेर मंसिर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका भुसाल आज एकीकृत समाजवादी पार्टी प्रवेश गर्न लागेका हुन्। दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा भुसालले एकीकृत समाजवादीमा समाहितको स्वघोषणा कार्यक्रम राखेका छन्।

दीपक मनाङे भन्छन् : अप्ठ्यारोमा साथ दिन त म छँदैछु

केही समयअघि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेर चर्चामा आएका दीपक मनाङे (राजीव गुरुङ)ले सोमबार गठन भएको गण्डकी प्रदेश सरकारलाई समर्थन गरे । एकाएक प्रदेश प्रमुखको कार्यालयमा देखिएका मनाङेले पुनः एमाले नेतृत्वको सरकारलाई कसरी समर्थन गरे भन्ने विषयमा उनी फेरि चर्चामा आएका छन् । यसअघि एमाले नेतृत्वको सरकार ढलाउन मनाङेले नै भूमिका खेलेका थिए ।

नीति–सिद्धान्त मेल खाने भन्दै दीपक मनाङेले रोजे नेकपा एस

मनाङ प्रदेशसभा २ बाट निर्विरोध निर्वाचित (राजीव गुरुङ) दीपक मनाङे नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् ।

ओली कम्पनीको आयु अब मङ्सिर ३ सम्म मात्रै : मन्त्री चौधरी

नेपाल सरकारका सहरी विकास मन्त्री तथा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले लोकतन्त्रको हरण गर्ने खोज्ने प्रतिगमनकारीहरू अब जनताले दण्डित गर्ने बेला आएको बताएका छन् । एकीकृत समाजवादी पार्टी राजपुर गाउँ कमिटीले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । मन्त्री चौधरीले नव प्रवेशीहरुलाई स्वागत गर्दै मुलुकलाई अन्योलमा पार्ने गरी ओली कम्पनीले जनमत कदर नगरी जनताले प्राप्त गरेको उपलब्धिलाई नै धरापमा पार्ने काम गरेकाले आगामी मङ्सिर ४ मा प्रति

एकीकृत समाजवादीका दुई प्रदेश सांसदसहित ११ जना एमाले फर्किए

बारा : एकीकृत समाजवादी पार्टी पतनको बाटोमा हिँडेको भन्दै मधेस प्रदेशका दुई सांसदसहित ११ जना नेता नेकपा एकीकृत समाजवादी त्यागेर नेकपा एमाले फर्किएका छन्।भक्तपुर बालकोटस्थित एमालेको केन्द्रीय कार्यालयमा विहीबार आयोजित कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन्।उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए। पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले बाटो बिराएर केही समय अन्यत्र रहेपनि पुनः फर्किने निर्णय लिएकोमा खुशी व्यक्त गर्दै पार्टीको काममा सक्रिय भएर लाग्न निर्

एमालेबाट जितेका तानसेनका पूर्व मेयर र उपमेयर नेकपा एसमा

बुटवल । एमालेबाट निर्वाचित पाल्पाको तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाही, उप प्रमुख लक्ष्मीदेवी पाठक नेकपा एसमा प्रवेश गरेका छन । उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेको जनाएका हुन । नेकपा एमालेभित्रबाट विभिन्न घटनाक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसा...

एमालेमा नै फर्किए श्रीधर पोखरेल

नेकपा एकीकृत समाजवादीको मकवानपुर अध्यक्षबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेमा फर्किएका छन् । पार्टी विधि र पद्धति अनुसार नचलेको भन्दै पोखरेलले एकीकृत समाजवादी पार्टी परित्याग गरेका थिए ।उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि आफु साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका थिए । एकीकृत समाजवादी छोडे लगत्तै उनि बिहिबार एमाले प्रवेश गरेका छन् । बुधबार काठमाडाैंमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख अतिथि रहेको पार्टी प्रवेश कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका थिए ।केही व

एमाले र जसपा नेताहरु एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) पार्टीका पूर्व नेताहरु नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन्। आइतबार एकीकृत समाजवादीको पार्टी मुख्यालयमा भएको एक कार्यक्रमको बीच अध्यक्ष माधवकुमार नेपालले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्।

इटहरीका मेयर द्वारिकलाल चौधरी नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने!

इटहरी। इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने भएका छन्। नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित मेयर चौधरी एकीकृत समाजवादी पार्टी प्रवेश गर्न लागेकाे एमाले निकट स्राेचकाे दावी छ।

अबको चुनावमा समाजवादी पार्टी शक्तिशाली हुन्छ : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अगामी तीनै तहको चुनावमा एकीकृत समाजवादी पार्टी शक्तिशाली हुने बताउनुभएको छ । सिरहाको लहानमा बुधबार जिल्ला कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।