मोरङ–६ मा शेखर कोइरालाको अग्रता कायमै, लालबाबु पण्डित पछ्याउँदै (कसको कति मत ?)

काठमाडौं, ५ मंसिर । मोरङ–६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । १३ सय मत गणना हुँदा कोइरालाले ५६० मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार लालबाबु पण्डितले पछ्याईरहेका छन् । पण्डितले ४२६ मत ल्याएका छन् ।

सम्बन्धित सामग्री

मोरङ-६ मा निर्वाचनको अलग्गै चर्चा

विराटनगर– आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं ६ धेरैको चासो र चर्चाको विषय बनेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला लोकतान्त्रिक-वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार हुनुहुन्छ भने उनका प्रमुख प्रतिस्पर्धीका रुपमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य लालबाबु पण्डित छन्। पूर्वमन्त्री पण्डितसँगै यसअघि विसं २०७४ को निर्वाचनमा कोइराला […]

उम्मेदवार पुरानै, परिवेश फरक

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ–६ मा कांग्रेसका शेखर कोइराला र एमालेका लालबाबु पण्डित प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा मुख्य प्रतिस्पर्धी उम्मेदवार पुरानै भए पनि परिवेश भने बदलिएको छ। अघिल्लो चुनावमा एमाले–माओवादी गठबन्धन थियो, एमाले एकढिक्का थियो। तर ...

मोरङ ६ मा लालबाबु पण्डित अगाडि

विराटनगर । मोरङ ६ मा कांग्रेस उम्मेदवार डा. शेखर कोइराला पछाडि नै छन् । उनले ११०१६ मत ल्याउँदा एमालेका लालबाबू पण्डितले १३०७९ मत ल्याइसकेका...