नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ। मधेश र बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको अन्तिम परिणाम आएसँगै गणना सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फका केन्द्रीय सदस्यहरूको गणना बिहीबार राति नै सकिएको […]
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा सरकारका नियमित कामकारबाही तथा प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय हुने बताइएको छ।
काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक (असई) पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले शुक्रबार एक सूचना जारी गर्दै नेपाल प्रहरीको विज्ञापन नम्बर ०६/०८२-८३ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी सहायक निरीक्षक पदको लिखित नतिजा सार्वजनिक गरेको हो । हेर्नुहोस् सूचना:
एकहत्तरौँँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले बदलिँदो अपराधको स्वरूपअनुसार प्रहरीको कार्यशैली पनि समयानुकूल र नागरिकमैत्री हुनुपर्ने बताए।