विराटनगर : प्रदेश १ को नामकरणका लागि आज शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका बिचमा सर्वदलीय छलफल हुँदैछ। प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आव्हानमा सर्वदलीय छलफल बोलाइएकाे हो।प्रदेशसभा गठन भएको चार वर्ष ६ महिना बितिसक्दा पनि प्रदेश १ को नामकरण हुन सकेको छैन। नामकरणको प्रस्ताव अगाडि बढाउने जिम्मेवारी प्रदेशसभाको भएपनि सभामुखले पहिलो पटक नामका विषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका हुन। यस अघि उनले अनौपचारिक रुपमासमेत दलहरुसँग छलफल गरेका छन्। सर्वदलीय बैठक दिउँसो १ बजे