धानबालीमा गबारो र ब्याक्टेरियल रोगको प्रकोप बढेपछि किसान चिन्तित

बिवेक भण्डारी नवलपुर । गत वर्ष गरिमा धान लगाए उत्पादन घटेका नवलपुरका किसानहरुलाई यो बर्ष रोगको प्रकोपले चिन्तित बनाएको छ । समयमै पानी पर्दा रोपाँई पनि समयमै भएकोले धान उत्पादन बढ्ने आशा गरेका किसान निरास बनेका छन् । धानमा बाला लाग्ने समयमा ब्याक्टेरियल, ढुसीजन्य रोग र गबारो जस्ता रोग देखिन थालेको छ । कृषि ज्ञान […]

सम्बन्धित सामग्री

धानमा रोगको प्रकोप, किसान चिन्तित

गौर : रौतहटमा किसानले लगाएका धानखेतीमा गबारो, पातबेरुवा र ब्लास्ट रोगको प्रकोप देखिएको छ। गबारोको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन्। रोगको प्रकोप देखिएपछि यो वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञानकेन्द्र रौतहटले जनाएको छ।रौतहटमा ९८ प्रतिशत किसानले व्यावसायिक रूपमा धानबालीखेती गर्दै आएका छन्। रौतहटमा रोगले व्यापक क्षति गरेकाले यो वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषकहरूको भनाइ छ।अन्य वर्षभन्दा यो वर्ष छिटै मनसुन सक्रिय भई पानी परेकाले किसानले सुरुमा गोडमेल गरेको धानमा

धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित

गलेश्वर (म्याग्दी), ४ भदौ  । म्याग्दीका किसानले लगाएको धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गबारो कीराको प्रकोपले बढ्दै गरेको धानका बिरुवाका पात पहेंलो हुनुका साथै धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । समयमा नै वर्षा नभएकाले ढिलोगरी कष्टका साथ रोपाइँ गरेका यहाँका किसान हुर्कंदै गरेका धानका बिरुवामा पातबेरुवा र गवारोको […]

कफीका बोटमा सिन्दुरे रोगको प्रकोप

पाल्पा । पाल्पामा लगाइएको कफी खेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ । यी रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । कफी व्यवसायी संघ पाल्पाका संयोजक कमलराज खनालले यो वर्ष कफीका बोटमा सिन्दुरे र गबारो रोग देखिएको र यसका बोट सुकेर जान थालेको जानकारी दिए ।      जिल्लामा गत वर्ष झण्डै १५ टन कफी उत्पादन भएको थियो । गत आवमा अत्यधिक चिसोका कारण कफी उत्पादन कमी भएको कफी उनले बताए । तानसेन छापका किसान भीमबहादुर मिधुनले सुकेको कफीको बोट काटेर हेर्दा हाँगाका किरा भेटिएको बताए । कफी खेती छाहरीमा गरिने छाहरी अभावका चिसोले समस्या देखिएको बताइएको छ । कफी खेतीबाट आम्दानी लिन तीन–चार वर्ष कुर्नुपर्ने बाध्यता रहेको र लगानीअनुसार प्रतिफल नभएपछि किसान विस्थापित हुन थालेका छन् । कफी खेती गर्ने युवा वैदेशिक रोजगार, तराईमा बसोबास झर्दा ज्याला मजदुरी गर्नेको अभाव भएको छ ।       व्यावसायिक रूपमा कफी खेती गर्दा २० रुपैयाँमा एक किलो बिक्री गर्नुपर्ने बाध्यता थियो तर अहिले प्रतिकिलो ९० मा गाउँबाटै बिक्री हुन्छ । राम्रो आम्दानी हुने भएपछि गाउँले व्यावसायिक रूपमै यसतर्फ आकर्षित भएको स्थानीय यमबहादुर थापाले बताए । पाल्पाका आठ स्थानीय तहमा व्यावसायिक कफी उत्पादन, संकलन, बजारीकरणको पहुँच विस्तार गरिएको छ ।      आठ स्थानीय तहमा १६३ हेक्टर क्षेत्रमा व्यावसायिक रूपमा कफी खेती हुने गरेको छ । कफीका बोटलाई रोगले आक्रमण गरेपछि यसको उत्पादन वृद्धिमा समस्या देखिएको छ । रासस

केरा र आलुमा रोग देखिएपछि किसान चिन्तित

म्याग्दी : केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन्। केरामा खपटे घुन र गबारो तथा आलुमा डढुवा रोगका कारण बोट सुक्न थालेका छन्।बेनी नगरपालिका– २ बगरफाँट, खबरा‚ मंगला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको केरामा रोगको प्रकोप देखिएको हो। केरा गाउँको रुपमा परिचय बनाएको खबरा र बगरफाँटमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाइएको केराका बोट सुक्न थालेको खबराका चन्द्रबहादुर कार्कीले बताए। केरा नपसाउँदै सुक्न थालेको उनले बताए। कार्कीले करिब आठ रोपनी