विराटनग : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विराटनगरका जमिन्दार परिवारको रुपमा चिनिएका कोइरालाको नाममा महानगर क्षेत्रभित्र ८५ कठ्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। प्रमुख कोइरालाको नाममा विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको जग्गाको विवरण मात्र सम्पति विवरणमा उल्लेख गरेका छन्। दुई वटा वडाका कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी उनको नाममा २८ हजार ७१९ वर्गमिटर ९८५ कठ्ठा जग्गा रहेको