काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिप भदौमा नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको छ । एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँगको भेटमा महिला साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको बताइएको छ । […]