मनाङ मर्स्याङ्दी र मच्छिन्द्रको बराबरी

काठमाडौँ : शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन्।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि दुबै टोलीले बराबरी खेल्दै एक–एक अंक बाँडेका हुन्। बराबरीसँगै पछि पाँच अंक बटुलेको मनाङ लिगको पाँचौँ स्थानमा उक्लिएको छ। जितविहीन रहेको मच्छिन्द्रले बराबरीपछि १ अंक जोडेको छ।आजै भएको अर्को खेलमा न्यूरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले पनि बराबरी

सम्बन्धित सामग्री

चेल्सी र लिभरपुलको बराबरी

२९ साउन, काठमाडौं । प्रिमियर लिगमा चेल्सी र लिभरपुलले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु  मैदान स्टानफोर्डब्रिजमा भएको खेलमा एक गोलले पछि परेको चेल्सीले बराबरी गोल फर्काएको हो । खेलको १८औं मिनेटमा लुइस डियाजले मोहमद सालाहाको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि सालाहा आफैले २९औं मिनेटमा गोल गरेका थिए […]

पहिलो हाफमा डेनमार्कसँग फ्रान्सको बराबरी

विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले डेनमार्कसँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ ।  शनिबार राति भएको खेलमा डेनमार्कले फ्रान्ससँग गोलरहित बराबरी खेलेको हो । पहिलो हाफको खेलमा दुई टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरी खेलेका हुन् ।  आजको  खेलमा जित निकाल्दै फ्रान्स विश्वकपको अन्तिम १६ मा पुग्ने योजनामा छ ।

सेभियासँग टोटेनहमको बराबरी

स्पेनिस क्लब सेभियासँग प्रिमियर लिग क्बल टोटेनहमले बराबरी खेलेको छ । प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा टोटेनहम र सेभियाले १–१ गोलको बराबरी खेलेका हुन् ।दक्षिण कोरियामा शनिबार भएको मैत्रीपूर्णमा खेलमा सुरुआती अग्रता भने टोटेनहमले बनाएको थियो । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा गोल गरेका थिए ।खेलको ५० औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए । यता सेभियाका लागि खेलको ६४ औं मिनेटमा इभान राकिटिचले गोल गर्दै सेभिया

फ्रान्स र क्रोएसियाको बराबरी

एजेन्सी – विश्व विजेता फ्रान्स र उपाविजेता क्रोएसियाले युइएफए नेसन्स लिग ए ग्रुप १ अन्तरगतको दोस्रो राउन्डको खेलमा बराबरी खेल्दै अक बाँडेका छन् । क्रोएसिया र फ्रान्सले १–१ गोलको बराबरी खेलेका हुन् । क्रोएसियामा सोमबार राति भएको खेलमा घरेलु टोलीविरुद्ध फ्रान्सले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरी खेल्न बाध्य बनेको हो । खेलको सुरुवादेखि […]

इटाली र जर्मनीको बराबरी

एजेन्सी – इटाली र जर्मनीले युइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् । इटाली र जर्मनीले १–१ गोलको बराबरी खेलेका हुन् । इटालीको बोलोग्नामा शनिबार राति भएको खेलमा घरेलु टोलीका लागि लोरेन्जो पेलिग्रेनीले गोल गर्दा जर्मनीका योसुवा किम्मिखले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा […]

चेल्सी र लेस्टरको बराबरी

एजेन्सी – लन्डन क्लब चेल्सी र लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थितिमा लेस्टर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा लेस्टरका जेम्स म्याडिसनले गोल गर्दा घरेलु टोलीका मार्काेस अलन्सोले बराबरी गोल फर्काए । दुवै गोल […]

जावलाखेल संकटाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लब र संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो अन्तिम खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् । जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेल्दै यो सिजनको लिगको अन्त्य गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा जावलाखेलका सुनिल खड्काले गोल गर्दा संकटाका उत्तम राईले बराबरी […]

संकटा र एपीएफबीचको खेल बराबरी

१ फागुन, काठमाडौं । संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा छैटौं बराबरी खेलेको छ । आइतबार भएको एपीएफविरुद्धको खेलमा गोलरहित बराबरी खेल्दै अ‌क बाँडेको हो । दुई टिमले बराबरी खेलेसँगै एपीएफ १० खेलबाट ११ अंकसहित नवौं स्थानमा रहँदा संकटाले पनि समान खेलबाट १५ अंक जोड्दै पाचौं स्थानमा उक्लिएको छ । सातदोबाटोको पनि १५ अंक […]

नेपालद्वारा बराबरी गोल

काठमाडौं, २७ असोज । नेपालले बङ्गलादेशविरुद्ध बराबरी गोल गरेको छ । अञ्जन बिष्टले पेनाल्टीमार्फत् बराबरी गोल गरेका हुन् । साफ च्याम्पियनशिपमा नेपालले महत्वपूर्ण गोल गरेसँगै फाइनलमा पुग्ने देखिएको छ ।

रोनाल्डोले गरे कीर्तिमान बराबरी, फ्रान्स र पोर्चुगलले खेले बराबरी

१० असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २-२ गोलको बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका हुन् । उनले १७७ खेल खेल्दै १०९ गोल गरेका हुन् । अली […]