नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । “हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता यही हो, स्थिरताका लागि गठबन्धन आवश्यक छ”, सम्पादकहरूसँग राजधानीमा सोमबार भएको छलफलमा वरिष्ठ नेता पौडेलले भने । उनले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्दै देशलाई उन्नति र प्रगतिको पथमा अघि लैजानु अहिलेको आवश्यकता भएको बताए । उनले जनताले चाहेको सुशासन र विकासमा राजनीतिक दल र