निर्वाचन आयोगले निर्वाचन स्वच्छ र भयरहित बनाउन निर्वाचन सुरक्षा योजना पुनरावलोकन गर्ने बताएको छ । बुधबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सुरक्षा योजना पुनरावलोकन गर्ने बताएका हुन् । ‘सुरक्षा योजनाको पुनरावलोकन गर्छौ । निर्वाचन बिथोल्न दिने छैनौ, यसमा हामी सचेत छौ’, प्रमुख थपलियाको भनाइ छ ।