काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका पूर्व सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच छलफल भइरहेको छ ।
सिंहदरबारमा रहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई जना नेताबीच दिउँसाे १ बजदेखि छलफल भइरहेको हो । छलफल एमालेबाहेकको वाम गठबन्धन बनाउने विषयमा केन्द्रित रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
जनता समाजवादी पार्टीबाट निष्कासनमा परेर नयाँ पार्टी गठन गर्ने तयारीमा रहनुभएका भट्टराईले माओवादी केन्द्रमै आफू प्रवेश नगर्...