दरवारमार्गको प्रहरी वृत्त छेउबाटै स्कुटी चोरी

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिभाइस शोरुम अगाडिबाट मंगलवार राति होन्डा डिओ स्कुटी चोरी भएको छ ।  शोरुम परिसरमा पार्किङ गरिएको ग्रे रङको बा९१प ७० नम्बरको स्कुटी चोरी भएको हो । उक्त शोरुम महानगरीय प्रहरी वृत्त, दरबारमार्ग छेउमा छ । उक्त स्कुटी निकेश महर्जनको नाममा छ ।  शोरुमको सीसीटीभी फुटेज हेर्दा मंगलवार राति खाली खुट्टा रहेका र मास्क लगाएका युवकले डोर्याएर स्कुटी लगेको देखिन्छ । प्रहरीको सीसीटीभी फुटेजमा भने मंगलवार राति ८ः१२ बजे युवकले डोर्याएर स्कुटी लगेको देखिएको सवारीधनी महर्जनले बताए ।  स्कुटी हराएको थाहा पाएलगत्तै मंगलवार राति सवारीधनी महर्जनले खोजतलासका लागि महानगरीय प्रहरी वृत्तमा निवेदन दिएका थिए । उक्त निवेदनमा मंगलवार राति ७ः५० बजे स्कुटी हराएको उल्लेख छ ।   सवारीधनी महर्जनले उक्त स्कुटी खोजतलास गरिदिन भन्दै बुधवार (आज)  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पनि निवेदन दिएका छन् ।  दरबारमार्गजस्तो व्यस्त र प्रहरीको चेकिङ हुने ठाउँबाटै स्कुटी चोरी भएको भन्दै सवारीधनी महर्जनले प्रहरी प्रशासनमाथि नै प्रश्न उठाएका छन् । उनले प्रहरी प्रशासनले स्कुटी खोजीमा खासै चासो नदिएको आरोपसमेत लगाएका छन् ।  यता प्रहरीले भने स्कुटीको खोजतलास गरिरहेको जनाएको छ । 

सम्बन्धित सामग्री

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा  चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका...

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँ पटक पक्राउ

काठमाडाैँ- नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका-१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका-४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीबार साँझ पक्राउ गरेको हो। पक्राउ तामाङ यसअघि पनि पटक-पटक चोरी गर्ने कार्यमा संलग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी […]

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँ पटक पक्राउ

काठमाडौं : नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार रुपैयाँ चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका-१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका-४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीवार साँझ पक्राउ गरेको हो। पक्राउ परेका तामाङ यसअघि पनि पटक-पटक चोरी गर्ने…

नरदेवी मन्दीरबाट गणेशको चाँदीको मूर्ति चोरी

काठमाडौंः काठमाडौंको नरदेवी मन्दीरबाट मूर्ति चोरी भएको छ। काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित नरदेवी मन्दिरबाट चाँदीको गणेशको मूर्ति बुधबर दिउँसो चोरी भएको हो। मन्दिरको मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

आठ तोला सुनका गरगहना चोरी गर्ने दुई पक्राउ

काठमाडाैँ – नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका- १४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका-९ घर भई चन्द्रागिरि -९ मच्छेगाउँ बस्ने २३ वर्षीय रवीन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई बिहीबार पक्राउ गरेको […]

मूर्ति चोरी गर्ने दुईजना पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका– ५ का १८ वर्षीय रमेश बागदासलाई बुधबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक […]

सुनाकोठीकाे बालकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानो मूर्ति चोरी

ललितपुर – ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ। महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राति बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो। बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन्। उनले भने, ‘मूर्ति चाहिँ पित्तलको हो। तर हाम्रा जिजुबराजुको पालाको।’ केही गहना […]

काँडाघारीबाट सुन र नगद चोरी

काठमाडौं महानगरपालिका–३२ स्थित काँडाघारीबाट सुन तथा नगद समेत करिब ६ लाख ५३ हजार चोरी भएको छ । आइतबार राति सिन्धुपाल्चोक घर भई काँडाघारीमा बस्ने यादव केसीको कोठाबाट ३० हजार नगद र सुनका गहना चोरी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।चोरीमा संलग्नहरूले केसीको कोठा फोडेर चोरी गरेका थिए । चोरीमा संलग्नहरु फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

चोरी गरेको आरोपमा पाँचजना पक्राउ

२६ चैत, काठमाडौं। घरमा कोही नभएको मौका पारी दिउँसै चोरी गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बालाजु, महाराजगंज क्षेत्रलाई आधार बनाएर काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानहरुमा दिउँसै चोरी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त,महाराजगञ्‍जले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बालाजुका २५ बर्षीय राजेश लामिछाने ‘कुखुरे’, नुवाकोटका २५ वर्षीय भिम तामाङ ,काठमाण्डौ चन्द्रागिरीका २३ […]