गाँजा खेतीको सम्भाव्यता अध्ययन कार्यदल गठन

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाउने छ । अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले  गठन गरेको कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्य सचिव रहने छन् …

सम्बन्धित सामग्री

गाँजा खेती सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

काठमाडौं, २१ कात्तिक। सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ।अर्थमन्त्री डा.प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो। कार्यदलले काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

स्थानीय निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे अध्ययन गर्न कार्यदल

काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगबारे अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ। आयोगले निर्वाचनको तयारीस्वरुप मेसिन प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो। विज्ञहरुसहितको बुधबार निर्वाचन आयोगमा भएको छलफलमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका […]

निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल झाको संयोजकत्वमा कार्यदल गठन भएको जनाएको छ ।

स्थानीय चुनाव : विद्युतीय भोटिङ मशिन प्रयोगको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

आसन्न स्थानीय तह निर्वाचनमा विद्युतीय भोटिङ मशिन प्रयोगको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन भएको छ । निर्वाचन आयोगमा बुधवार भएको छलफलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा मन्त्रालय र आयोगका अलावा सूचना विभाग, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, नास्ट लगायतका निकायका प्रतिनिधि सामेल छन् । कार्यदललाई विद्युतीय भोटिङ मशिनको उपलब्धता, यसको विश्वसनीयता, प्रयोगको सम्भाव्यता आदिका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ । देशैभरी...

बन्ला त, लोकल रक्सीको ब्राण्ड ?

काठमाडौं। घरेलु मदिरालाई ब्रान्डिङ गर्ने सम्भाव्यता अध्ययन सुरु हुने भएको छ। लोकल मदिरालाई ब्राण्डिङ गर्न अध्ययनका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले कार्यदल गठन गरेको हो। कार्यदलले ४५ दिनसम्म प्रतिवेदन तयार गर्नेछ। सामाजिक विकास मन्त्री उषाकला राईले देखापढीसँग भनिन्, "कार्यदलले सामाजिक, सांस्कृतिक र वातावरणीय प्रभावको पहिचानसहित र कृषकलाई आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहायताका विषयमा अध्ययन गर्नेछ।"

कोदोको रक्सी ब्रान्डिङ गर्न मन्त्रालयद्वारा कार्यदल गठन

विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले कोदोको रक्सी ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्रदेश योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजक रहेको कार्यदल गठन भएको मन्त्रालयले जनाएको छ । कार्यदलको सदस्यहरुमा प्रदेश योजना आयोग सदस्य मीना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक...

कोदोको रक्सीलाई 'ब्राण्ड' बनाउन कार्यदल गठन

सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको छ ।