जिल्ला कारागार धनकुटामा मतदान सकियो

धनकुटा : जिल्ला कारागार धनकुटामा मतदान सम्पन्न भएको छ। कारागारमा रहेका ८८ कैदीबन्दी मध्ये ४२ जना मतदाता रहेका थिए। कारागारमा ५० पुरुष र ३८ महिला रहेका छन्। ४२ जना मतदातामा १ जनाको मृत्युु भएको र १ जना भर्खरै छुटेको कारण ४० जनाले मतदान गरेको मतदान अधिकृत शिव श्रेष्ठले जानकारी दिए। पूरा मत नझरेका कारण मत पेटिका शिलको कार्यक्रम ५ बजे मात्रै हुनेछ। धनकुटाका अन्य मतदान केन्द्रमा भने धमाधम मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिए। 

सम्बन्धित सामग्री

धनकुटा कारागारमा मतदान सकियो, ४० जनाले गरे मतदान

४ मंसिर, काठमाडौं ।  जिल्ला कारागार धनकुटामा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका ८८ कैदीबन्दीमध्ये ४२ जना अस्थायी मतदातामा दर्ता भएका थिए । तीमध्ये एकजनाको मृत्यु भएको र एक जना भर्खरै छुटेकाले ४० जनाले मतदान गरेको मतदान अधिकृत शिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार मतपेटिका शिलबन्दी भने ५ बजेपछि मात्रै हुनेछ ।