दक्षिण कोरिया महिला टिमले आर्चरीमा जित्यो लगातार नवौं पटक स्वर्ण

एजेन्सी। दक्षिण कोरिया महिला टिमले लगातार नवौं पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ। आन सान नेतृत्वको टिमले रुसलाई ६–० को स्कोरमा हराउँदै स्वर्ण पदक जितेको हो। दक्षिण कोरियाले १९८८ को सियोल ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। सियोल ओलम्पिकबाटै आर्चरीले ओलम्पिकमा प्रवेश पाएको हो। जर्मनीले बेलारूसलाई ५–१ को स्कोरमा हराउँदै काश्य पदक जित्यो।

सम्बन्धित सामग्री

एसियन गेम्सको पदक तालिकामा चिनको अग्रता कायमै

काठमाडौं । एसियन गेम्सको पदक तालिकामा चिनको एकलौटी अग्रता कायम रहेको छ । अहिलेसम्म चिनले १ सय ३८ वटा स्वर्ण पदक जितिसकेको छ । ३० वटा स्वर्ण पदक जितेको जापान दोस्रो स्थानमा उक्लिंदा समान ३० स्वर्ण जितेको दक्षिण कोरिया तेस्रो स्थानमा झरेको छ । १३ वटा स्वर्ण पदकसहित भारत चौथो स्थानमा रहँदा चाइनिज ताइपेइले १२ […]

टोकियो ओलम्पिकः ६० देशले जिते २४४ वटा स्वर्ण पदक

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को १३औं दिनसम्म आइपुग्दा विश्वका ६० देशले एक वा एकभन्दा बढी स्वर्ण पदक जित्न सफल भएका छन्।हालसम्म २४४ स्वर्ण पदकको टुङ्गो लागिसक्दा सबैभन्दा बढी चीनले ३२ वटा जितेको छ। यस्तै, अमेरिकाले २५, जापानले २१, बेलायतले १५,अष्ट्रेलियाले १५, रुसी खेलाडीले १४, जर्मनीले ९ र फ्रान्स, इटाली, नेदरल्याण्ड्स, दक्षिण कोरिया र न्यूजल्याण्डले ६–६ वटा स्वर्ण हात पारेका छन्।

टोकियो ओलम्पिकः ५७ देशले जिते २२५ स्वर्ण

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ मा हालसम्म २२५ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ।आयोजकका अनुसार ५७ देशले एक वा एकभन्दा बढी स्वर्ण हात पारेका छन्।हालसम्म सबैभन्दा बढी चीनले ३२ वटा स्वर्ण पदक जितेको छ। अमेरिकाले २४, जापानले १९, अष्ट्रेलियाले १४, रुसी खेलाडीले १३, बेलायतले १३, जर्मनीले ८, फ्रान्स, नेदरल्याण्ड्स, दक्षिण कोरिया र न्यूजिल्याण्डले ६–६ र इटालीले ५ वटा स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिक : १७६ स्वर्ण पदकको छिनोफानो, चीनकाे अग्रता कायमै

काठमाण्डाै - जापानमा भइरहेको टोकियो ओलम्पिकमा १७६ स्वर्ण पदकको छिनोफानो भएको छ । अहिलेसम्म ओलम्पिकमा चीनले अग्रता कायमै गरेको छ । चीनले अहिलेसम्म २४ स्वर्णसहित ५१ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्णसहित ५९ पदक जितेको  छ । यस्तै, तेस्रो स्थानको आयोजक देश जापानले १७ स्वर्णसहित ३१ पदक जितेको छ ।  चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्णसहित  ३१ पदक जित्दा पाँचौँ स्थानमा रहेको रुस ओलम्पिक कमिटीले १२ स्वर्ण सहित ४४ पदक जितेको छ । यस्तै,  बेलायतले  १०, दक्षिण कोरिया र फ्रान्...

टोकियो ओलम्पिकमा जापान फेरि शीर्ष स्थानमा, दाेस्राेमा अमेरिका

काठमाण्डाै – टोकियो ओलम्पिकमा जापान फेरि शीर्ष स्थानमा पुगेको छ । जापानले ११ स्वर्ण र चार रजतसहित २० पदक जितेर शीर्ष स्थान ओगटेको छ भने अमेरिकामा १० स्वर्ण र १० रजतसहित २९ पदक जितेर दोस्रो स्थानमा छ । यस्तै, तेस्रो स्थानमा रहेको चीनले १० स्वर्ण र ५ रजतसहित अहिलेसम्म २३ पदक जितेको छ । अहिलेसम्म रसियन ओलम्पिक कमिटीले ७, अस्ट्रेलियाले ६, बेलायतले ५, दक्षिण कोरिया र फ्रान्सले ३/३ स्वर्ण जितेका छन् । यस्तै, नेदरल्याण्डस्, क्यानडा, हंगेरी, जर्मनी र कोशोभोले २/२ स्वर्ण जितेका छन् भने स्विट्जरल्याण्ड, इटाली, ब्राजिल, रोमानिया, स्ल...

टोकियो ओलम्पिकमा आज २२ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदै

काठमाडौं। टोकियो ओलम्पिक २०२० को आज चौथो दिन २२ वटा स्वर्ण पदकका लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुँदैछ। तीन दिनमा ५० स्वर्ण पदकको छिनोफानो भइसकेको छ। आज स्वीमिङ, बास्केटबल, सफ्टबल, जिम्नास्टिक, स्केटबोर्डिङ, हकी, बक्सिङ, शुटिङ, टेबल टेनिस खेलमा आज प्रतिस्पर्धा हुनेछ। तेस्रो दिनसम्म सबैभन्दा बढी स्वर्ण पदक जित्ने देशमा जापान, अमेरिका, चीन, रुसी खेलाडी, बेलायत, दक्षिण कोरिया रहेका छन्।

टोकियो ओलम्पिकको दोस्रो दिन आज १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं।टोकियो ओलम्पिकको दोस्रो दिन आज विभिन्न विधामा १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।आज आर्चरी, साइक्लिङ, डाइभिङ, फेन्सिङ, जुडो, सुटिङ, स्केटबोर्डिङ, स्वीमिङ, तेक्वान्डो, भारत्तोलनका विभिन्न खेलहरु हुनेछन्।ओलम्पिकको पहिलो दिन हिजो ११ स्वर्ण पदकको छिनोफानो भएको थियो।पहिलो दिन ९ देशले स्वर्ण पदक जितेका थिए।सबैभन्दा बढी चीनले ३ वटा जितेको थियो।इटाली, जापान,दक्षिण कोरिया,इक्वेडर,हंगेरी, इरान, कोशोभो र थाइल्याण्ड एक–एक वटा स्वर्ण जितेका थिए।

टोकियो ओलम्पिकको पहिलो दिन ९ देशले जिते स्वर्ण पदक

काठमाडौं। टोकियो ओलम्पिक २०२० को पहिलो दिन कुल ११ स्वर्णको लागि भएका विभिन्न प्रतिस्पर्धामा ९ देशले स्वर्ण पदक हात पारेका छन्। पहिलो दिन सबैभन्दा बढी चीनले ३ वटा स्वर्ण पदक हात पारेको छ भने इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्डले एक–एक वटा स्वर्ण जितेका छन्। पहिलो दिन कुल १९ देशले विभिन्न पदक प्राप्त गरेका छन्।

टोकियो ओलम्पिकः पहिलो दिन चीनलाई तीन स्वर्ण

एजेन्सी। टोकियो ओलम्पिकमा पहिलो ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। त्यसमा चीनले तीन स्वर्ण पदक जित्यो। इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्यान्डले एक÷एक स्वर्ण पदक जिते। दोस्रो दिन आइतबार १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। चीनकी याङ क्विन टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन्। उनले महिला १० मिटर इयर राइफलमा स्वर्ण पदक जितेकी थिइन्।

टोकियो ओलम्पिकमा तीन स्वर्णसहित चीन शीर्ष स्थानमा, नेपालका दुई खेलाडी पराजित

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ । प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई÷दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइलैण्ड एक एक स्वर्ण जित्दै पदक तालिकाको चौंथो स्थानमा रहेका छन् । यस्तै सर्विया, बेल्जियम, स्पेन, भारत, नेद