विराटनगर : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुद्धीकरण अभियान चलाएर आन्दोलनरत पक्षले प्रतिष्ठानका स्वास्थ्य सेवाहरू बन्द गर्ने चेतावनी दिएका छन्।सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन गर्न ढिलाई गरेको भन्दै संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक सेवा, कोभिड र यसअघि निर्धारित परीक्षाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेर कडा आन्दोलनमा उत्रने चेतावनी दिएको हो।सरकारले छानबिन समिति गठन गरेर अनुसन्धान गर्नुका साथै वार्ता टोली बनाएर सहमति गरे पनि कार्यान्वयन गर्