हिमालयन जनरल र एभरेष्ट इन्स्यारेन्सले गरे मर्जर सम्झौता

२२ वैशाख, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीम मर्जरमा जाने सहमति भएको छ । दुई कम्पनीहरुबीच बिहीबार १ बराबर १ सेयर स्वाप रेसियो हुने गरी मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यी दुई कम्पनीहरुको सम्झौता बीमा क्षेत्रमै पहिलो हो । यस अघि पनि बीमा कम्पनीहरु बीच मर्जरको […]

सम्बन्धित सामग्री

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर औपचारिक रुपमा एकीकृत कारोबार सुरु भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली बीमाको इतिहासमा पहिलो पटक दुई वटा बीमा कम्पनीहरु मर्जर भएर एकीकृत कारोबार सुरु गरेका हुन् । एकीकृत कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्नुभएको हो । अध्यक्ष सिलवालले बीमा कम्पनीहररुमा […]

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर

काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ। काठमाडौंमा आइतबार एक कार्यक्रमबीच नेपाली बिमाको इतिहासमा पहिलोपटक दुई वटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन्। हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै […]

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार १ साउनदेखि

२८ असार, काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले १ साउनदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जर पश्चात् हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएको हो । गत २३ वैशाखमा दुवै कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको थियो । सम्झौता पश्चात दुवै कम्पनीले २ असारमा विषेश साधारण सभा बोलाएर मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका […]

हिमालयन जनरल र एभरेष्ट बिमा कम्पनी मर्जरलाई अन्तिम स्वीकृति

१० असार, काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले अन्तिम मर्जर स्वीकृति पाएका छन् । शुक्रबार बीमा समितिले यी दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले बताए । ‘शुक्रबार हामीले दुई कम्पनीलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएका छौं,’ प्रवक्ता पौडेलले भने, ‘अब कम्पनीले एक महिना भित्रै सबै प्रक्रिया पुरा गर्नुपर्ने छ […]

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स आपसमा गाभिने

एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी एकापसमा गाभिने (मर्ज) भएका छन् । एभरेष्ट इन्स्योरेन्सको बिहीबार सम्पन्न विशेष साधारण सभाले दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको हो । साथै सम्पत्ति दायित्व मुल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरू पनि साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।  सभाले मर्जर पछि

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको मर्जरको लागि ८५ रुपैयाँको स्वाप तय

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले असार २ गते बिहिबार विशेष साधारणसभा आह्वान गरेका हुन् ।हिमालयनको साधारणसभा एयरपोर्ट स्थित एयरपोर्ट होटेलमा हुने छ भने एभरेष्टको साधारणसभा कमलपोखरी स्थित अग्रवाल भवनमा हुने छ । मर्जर प्रस्ताव पारित गर्न दुवै कम्पनीले विशेष साधारणसभा आह्वान गरेका हुन् । दुवै कम्पनीले बैशाख २३ गते एक आपसमा मर्जमा जाने सम्झौतामा हस्ताक्षर गरेका थिए ।  दुवै कम्पनीले एक आपसमा मर्जमा जाने सम्झौता गरेपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का छ। शेयर कारोबार रोक्का हुनु अगाडीसम्म कायम शेयरधनीले साधारणसभामा  भाग लिन सक्ने छन् । बीमा समितिले चुक्ता पुँजी वृद्धिको योजना ल्याएपछि २ कम्पनीले मर्जमा जाने सम्झौता गरेका हुन् ।  मर्जर प्रयोजनको लागि १००:८५ रुपैयाँको स्वाप तय भएको छ ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ता जे. बि. राजभण्डारी एण्ड डिबिनस् (J. B. Rajbhadary & DiBins), चार्टड एकाउन्टेण्टस्द्वारा तयार गरिएको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (Due Diligence Report (DDR) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा स्वाप निर्धारण गरिएको कम्पनीले जनाएको छ । जस अनुसार एभरेष्ट इन्सोरेन्स कम्पनी लि. को १०० कित्ता शेयर वरावर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. को ८५ कित्ता (१:०.८५) शेयर प्रदान गर्ने गरि गाभ्ने गाभिने (मर्ज) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव सभामा पेश हुने छ ।हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभिए पश्चात् बन्ने निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “हिमालयन एभरेस्ट ईन्स्योरेन्स लिमिटेड” तथा अंग्रेजीमा 'Himalayan Everest Insurance Limited' कायम हुने छ । मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा रहने छ । त्यस्तै मर्जरपछि नयाँ संचालक समिति चयन हुने छ भने हाल रहेका सबै संचालकको कार्यकाल सकिएको मानिने छ ।

एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स मर्ज हुने, बीमा क्षेत्रकै पहिलो मर्जर !

वैशाख २२, काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक अर्कामा मर्ज हुने भएका छन् । बीमा समितिले चुक्ता पूँजी बढाउने निर्णय गरेर कम्पनीहरूलाई मर्जरमा जान अप्रत्यक्ष दबाब दिइरहेको बेला दुई कम्पनी मर्जरमा जाने निर्णयमा पुगेका हुन् । बिहीवार दुवै कम्पनीका सञ्चालक समितिबीच एक अर्कामा मर्जरमा जाने समझादारी भएको हो । उक्त समझादारी पत्र (एमयोयु) मा एभरेष्ट इन्स्योरेन्सको तर्फबाट अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरलको तर्फबाट महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । एभरेष्ट इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले हिमालयन जनरलसँग एकअर्कामा मर्ज हुने गरि समझादारी भएको आर्थिक अभियानलाई बताए ।    मर्जर प्रक्रिया अगाडि बढाउन दुवै कम्पनीका ३/३ जना सञ्चालकको प्रतिनिधित्वमा ६ सदस्यीय मर्जर कमिटी समेत गठन गरिएको छ । अब उक्त कमिटीले नै मर्जरको थप प्रक्रिया अगाडि बढाउने छ ।  ‘अब मर्जर कमिटीले सम्पत्ति दायित्व मुल्यांकन गर्ने (डीडीए), स्वाम रेसियो निर्धारण गर्नेदेखि मर्जरपछि कम्पनीको संरचना कस्तो बनाउनेसम्मको निर्णय गर्नेछ,’ उनले भने, ‘त्यसपछि हामी एक अर्कामा मर्ज हुनेछौं । एक अर्कामा मर्ज हुने भएकाले कम्पनीको नाम पनि दुवै कम्पनीको अस्तीत्व हुने गरि राखिने छ ।’ साथै, चालु आर्थिक बर्ष भित्रनै एकीकृत कारोबार गर्ने लक्ष्य लिइएको उनले बताए । ‘अब समितिबाट सैद्धान्तिक स्वीकृत लिएर आवश्यक प्रक्रिया अगाडि बढाँउछौं । समग्रमा चालु आव भित्रनै एकीकृत कारोबार गर्ने हाम्रो प्रारम्भिक लक्ष्य हो,’ उनले भने, ‘बीमा क्षेत्रकै पहिलो मर्जर कम्पनी बनाउने पनि हाम्रो लक्ष्य हो ।’ बीमा समितिले एक महिनाअघि बीमा कम्पनीको चुक्तापूँजी बढाउने निर्णय गरेको थियो । हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था छ ।   आगमी चैत मसान्तभित्र चुक्तापूँजीको न्यूनतम सिमा निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पु¥याउनुपर्ने समितिको निर्देशन छ । चुक्तापूँजी बढाउने नाममा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिनुनै समितिको मनाशय छ । सोही सन्दर्भमा यी २ कम्पनी मर्जर जाने समझौता गरेका हुन् ।

दुई बिमा कम्पनीको मर्जर तयारी, स्वाप रेसियोको विषयमा छलफल

९ भदौ, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनीबीच मर्जरको विषयमा थप छलफल सुरु भएको छ । मर्जर गर्न दुबै पक्ष सहमत भएपनि स्वाप रेसियोको विषयमा सहमति हुन सकेको छैन । श्रोतका अनुसार यी दुई कम्पनीका सञ्चालकहरुबीच मर्जरका लागि २४ साउनमा नै भद्र सहमति भएको थियो । तर, सेयर अनुपात (स्वाप रेसियो) […]

सगरमाथा र हिमालयन जनरल इन्स्याेरेन्स मर्ज हुँदै, देशकै ठूलो बिमा कम्पनी बन्ने

२७ साउन, काठमाडौं । बैंकिङ क्षेत्र पछि अब बिमा क्षेत्रमा पनि मर्जर सुरु हुने भएको छ । सगरमाथा इन्स्यारेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनी एक आपसमा गाभिने भएका छन् । यी दुई संस्थाहरु मर्ज भएर बन्ने कम्पनी देशकै ठूलो बिमा कम्पनी हुनेछ । हाल सगरमाथाकोे चुक्तापुँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ छ […]