मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले साउन १ गते आइतबारदेखि एकिकृत कारोबार गर्ने भएका छन् । दुवै कम्पनी एक अपासमा मर्ज भएर हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् ।दुवै कम्पनीले बैशाख २३ गते एक आपसमा मर्जमा जाने सम्झौतामा हस्ताक्षर गरेका थिए भने असार २ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए । बीमा समितिले असार ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो भने कमपनी रजिष्ट्रार कार्यालयले असार २३ गते स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको संयुक्त मर्जर कमिटिको असार २४ गते समपन्न बैठकले  साउन १ गते आइतबारदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो। मर्जर प्रयोजनको लागि १००:८५ रुपैयाँको स्वाप तय भएको छ ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ता जे. बि. राजभण्डारी एण्ड डिबिनस् (J. B. Rajbhadary & DiBins), चार्टड एकाउन्टेण्टस्द्वारा तयार गरिएको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (Due Diligence Report (DDR) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा स्वाप निर्धारण गरिएको कम्पनीले जनाएको छ । जस अनुसार एभरेष्ट इन्सोरेन्स कम्पनी लि. को १०० कित्ता शेयर वरावर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. को ८५ कित्ता (१:०.८५) शेयर पाउने छन् ।हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभिए पश्चात् बन्ने निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “हिमालयन एभरेस्ट ईन्स्योरेन्स लिमिटेड” तथा अंग्रेजीमा 'Himalayan Everest Insurance Limited' कायम हुने छ ।मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा रहने छ ।  

सम्बन्धित सामग्री

नेप्सेले तोक्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको ओपनिङ रेन्ज

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको ओपनिङ रेन्ज तोकिएको छ । नेप्सेले साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर पश्चात कायम हुन आएको संस्थापक सेयरको ओपनिङ रेन्ज तोकिएको हो ।नेप्सेले कम्पनीको संस्थापक सेयरको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम २१० रुपैयाँ तोकिएको हो । सोही अनुसार कम्पनीको संस्थापक सेयर दोस्रो बजारमा कारोबार हुनेछ ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर औपचारिक रुपमा एकीकृत कारोबार सुरु भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली बीमाको इतिहासमा पहिलो पटक दुई वटा बीमा कम्पनीहरु मर्जर भएर एकीकृत कारोबार सुरु गरेका हुन् । एकीकृत कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्नुभएको हो । अध्यक्ष सिलवालले बीमा कम्पनीहररुमा […]

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर

काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ। काठमाडौंमा आइतबार एक कार्यक्रमबीच नेपाली बिमाको इतिहासमा पहिलोपटक दुई वटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन्। हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै […]

साउन १ गतेदेखि ’हिमालयन एभरेष्ट इन्स्योरेन्स’को संयुक्त कारोबार

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा साउन १ गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ । बीमा समितिले असार ९ गते बिहीबार यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको असार २ गते सम्पन्न भएको विशेष साधारण सभाले […] The post साउन १ गतेदेखि ’हिमालयन एभरेष्ट इन्स्योरेन्स’को संयुक्त कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’को संयुक्त कारोबार साउन १ गतेदेखि

काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा साउन १ गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ। बीमा समितिले असार ९ गते बिहीबार यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो। दुवै कम्पनीको असार २ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव […]

साउन १ गतेदेखि 'हिमालयन एभरेष्ट इन्स्योरेन्स'को संयुक्त कारोबार सुरु हुने

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जर पछि  हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा साउन १ गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ । बीमा समितिले असार ९ गते बिहीबार यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको असार २ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेले हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर प्राप्त गर्ने

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने प्रस्ताव पारित

६ असार, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारणसभाले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गरेको छ । २ असारमा भएको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यी दुई कम्पनी गाभिएपछि बन्ने कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड राख्ने र सो कम्पनीबाट निर्जीवन बीमा व्यवसाय गर्नेसम्बन्धी […]

एभरेष्ट इन्स्योरेन्सको विशेष सभा सम्पन्न

काठमाडौं, २ असार । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको विशेष सभा अग्रवाल भवन, कमलपोखरी आज सम्पन्न भएको हो । उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साथै सभाले सम्पत्ति दायित्व मुल्याङ्कन […]

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स आपसमा गाभिने

एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी एकापसमा गाभिने (मर्ज) भएका छन् । एभरेष्ट इन्स्योरेन्सको बिहीबार सम्पन्न विशेष साधारण सभाले दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको हो । साथै सम्पत्ति दायित्व मुल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरू पनि साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।  सभाले मर्जर पछि

हिमालयन जनरल र एभरेष्ट इन्स्यारेन्सले गरे मर्जर सम्झौता

२२ वैशाख, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीम मर्जरमा जाने सहमति भएको छ । दुई कम्पनीहरुबीच बिहीबार १ बराबर १ सेयर स्वाप रेसियो हुने गरी मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यी दुई कम्पनीहरुको सम्झौता बीमा क्षेत्रमै पहिलो हो । यस अघि पनि बीमा कम्पनीहरु बीच मर्जरको […]