जीवित देवी कुमारीको दर्शनका लागि समय थप :: Pahilopost.com

काठमाडौैः  जीवित देवी कुमारीको दर्शनका लागि वसन्तपुरस्थित कुमारीघरमा आजदेखि सर्वसाधारणलाई सहजरूपमा खुला गरिएको छ ।  प्रत्येक वर्ष फूलपातीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ ।  बिहान ९ देखि साँझ ७ बजेसम्म कुमारीघरमा रहनुभएकी कुमारीको दर्शन गर्न सकिने कुमारीघरका संरक्षणकर्ता गौतमरत्न शाक्यले जानकारी दिनुभयो

सम्बन्धित सामग्री

सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न थप दुई दिनको म्याद थप

काठमाडौं :  नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप दुई दिनको म्याद थप गरेको छ।यसअघि थपिएको म्याद सकिएपछि प्रहरीलाई अनुसन्धानका लागि अदालतले थप दुई दिनको म्याद थप गरेको हो।गत असोज २० गते विमानस्थलबाट सन्दीपलाई पक्राउ गरी गौशाला हिरासतमा राखिएको छ। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो।

बझाङमा दुई मतदानस्थल थप

बझाङमा दुई  मतदानस्थल थप भएका छन् । जिल्लाको छबिसपाथिभेरा र केदारस्यूँ गाउँपालिकामा मतदानस्थल थप भएका हुन् । छबिसपाथिभेरा गाउँपालिका– ५ मा रहेको शान्ति माविको मतदान केन्द्रलाई विभाजन गरेर चन्द्रोदय मावि खतेडामा (नयाँ मतदान केन्द्र) थप गरिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए ।उनका अनुसार केदारस्यूँ–४ मा पनि मतखान केन्द्र विभाजन गरिएको छ । जगन्नाथ माविको मतदान केन्द्र विभाजन गरेर नयाँ मतदानस्थल शिक्षोदय मावि बागथलामा तोकिएको हो ।

ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप

आगामी  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानस्थल थपघटको सिफारिस गर्न जिम्मेवारी पाएको समितिले स्थानीय तहको अगुवाइ र समन्वयमा सर्वदलीय सर्वपक्षीय छलफलमार्फत मतदानस्थल थप ग

अपूर्वक्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न म्याद थप

हास्यकलाकार अपूर्वक्षितिज सिंहलाई थप पाँच दिन थुनामा राख्न म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई थुनामा राख्न म्याद थप गरेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी...

कांग्रेस महाधिवेशनमा मतदानको समय थप

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जारी मतदानको समय थप गरिएको छ। मतदानको समय चार घण्टा थप गरेर रातको ९ बजेसम्म कायम गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। कार्यतालिका अनुसार निर्वाचनको...

अनियमितताबारे अख्तियारद्वारा थप अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा भएको अनियमितताबारे थप अनुसन्धान थालेको छ । गाउँपालिकामा भएका विभिन्न निमार्णका काममा अनियमितता भएको भन्दै पटक पटक उजुरी परेपछि आयोगले थप अनुसन्धान अघि बढाएको हो ।  गाउँपालिकाबाट थप कागजात माग गरी परेका उजुरीबारे थप अनुसन्धान थालिएको आयोगको हेटौँडा कार्यालयका उपसचिव एवं सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । आयोगको टोलीले उजुरी परेका विभिन्न योजना तथा कार्यक्रमका कागजात  गाउँपालिकाको कार्यालयबाट झिकाएको ...

सिड्नीमा लकडाउनको समयावधि फेरि थप

सिड्नी । अष्ट्रेलियाको राजधानी सिड्नीमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बृहत् सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागु गर्ने निर्णय भएको हो । नयाँ थप गरिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागु हुने भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको […]

सात दिन थप निषेधाज्ञा थप

जिल्लामा कोरोना सङ्क्रमण फैलिरहेकाले यस सङ्क्रमणको रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा सात दिन थप निषेधाज्ञा थप गरेको छ ।  कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।  जिल्लामा यसअघि जारी निषेधाज्ञा भोलि बिहीबार राति १२ बजे सम्पन्न हुँदैछ । सोही समयदेखि लागू हुने गरी आजको बैठकले निषेधाज्ञा उक्त समयसम्मका लागि लागू गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा, थप कडा हुने

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेका हुन्। थप भएसँगै निषेधाज्ञा जेठ १३ गतेसम्म हुने भएको छ।...

उपत्यकामा थप कडाइ

कोभिड–१९ सङ्क्रमण जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्नेगरी निषेधको आदेश एक साता थप गर्ने निर्णय गरिएको छ । यसअघि वैशाख १६ देखि २२ (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप कडाइ गर्दै निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो । काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले केही कडाइ गर्ने गरी वैशाख २९ गते राति १२ बजेसम्मका लागि उक्त आदेश थप गरिएको जानकारी दिए । यसअघिको आदेशमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरीदबि...