४४ अर्ब डलरमा ट्वीटर किन्ने निर्णयबाट पछि हटे इलोन मस्क

अर्बपति इलोन मस्क सामाजिक सञ्जाल ट्वीटर किन्ने निर्णयबाट पछि हट्नुभएको छ । उहाँले आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्न लागेको बीबीसीले जनाएको छ । मस्कले गएको अप्रिलमा ट्वीटर किन्ने निर्णय गर्नुभएको थियो । तर ट्वीटरले स्पाम र नक्कली खाताहरूको सङ्ख्याबारेमा पर्याप्त जानकारी नदिएकाले पछि हटेको उहाँले बताउनुभएको छ । सम्झौता कार्यान्वयन गर्न कानुनी प्रक्रियामा जाने योजना रहेको ट्वीटरले जनाएको छ । ट्वीटरका अध्यक्षले आफ्नो कम्पनी खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागू गराउन टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कमाथि ...

सम्बन्धित सामग्री

घरभाडा नतिरेको भन्दै इलोन मस्क विरुद्ध मुद्दा

अमेरिकी अर्बपति इलोन मस्कको ट्वीटर कम्पनीविरुद्ध घरभाडा नतिरेको भन्दै मुद्दा दायर भएको छ। अमेरिकाको सन्फ्रान्सिस्कोस्थित एक अदालतमा ट्वीटर कम्पनीविरुद्ध मुद्दा दायर भएको हो। ट्वीटरले १ लाख ३६ हजार २५० डलर भाडा तिर्न ...

इलोन मस्क आएपछि खुल्यो डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट

ट्वीटरका नयाँ मालिक इलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट खुला गरिएको बताएका छन्। ट्वीटरमै उनले गरेको एक सर्वेक्षणपछि ट्रम्पको अकाउन्ट खुला गरिएको उनले बताए। ‘मानिसहरूले आफ्नो मत दिएका छन्,’ मस्कले ट्वीट गर्दै डेढ करोडभन्दा बढी ट्वीटर प्रयोगकर्ताहरू मध्ये ५१.८ प्रतिशतले प्रतिबन्ध हटाउनको लागि मतदान गरेको बताए।   The…

इलोन मस्क ट्वीटरको अस्थायी सीईओ बन्न सक्ने

काठमाडौं : इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेसँगै आफैँ कम्पनीको अस्थायी सीईओ बन्न सक्ने अपेक्षा गरिएको छ। टेस्लाका सीईओसँगै मस्क ‘द बोरिङ कम्पनी’ र ‘स्पेस एक्स’का मालिक हुन्। बिहीवार टेस्लाको सेयर मूल्य आठ प्रतिशतले घटेको छ। टेस्लाका लगानीकर्ताहरु मस्क ट्वीटरतर्फ आकर्षिक हुँदा टेस्लालाई हेरविचार गर्न सहज नहुने भन्दै चिन्तित छन्।…

इलोन मस्क भन्छन्– ट्वीटर खरिद गर्न ४६.५ अर्ब डलर संकलन भइसक्यो

इलोन मस्कले ट्वीटर खरिद गर्न ४६.५ अर्ब डलर रकम जम्मा गरिसकेको र खरिद सहमतिको लागि कम्पनीसँग छलफल गरिरहेको बताएका छन् ।  गतसाता मस्कले ट्वीटर कम्पनीलाई प्रति शेयर ५४.२० डलरमा किनेर नीजि बनाउने प्रस्ताव गरेका थिए । मस्कको प्रस्तावका आधारमा ट्वीटरको मूल्य ४३ अर्ब डलर हुने थियो । मस्कले सुरुमा ट्वीटर कम्पनी किन्ने प्रस्ताव राख्दा त्यसका लागि पैसा कसरी जम्मा गर्छन् भनेर बताएका थिएनन् ।  बिहीबार अमेरिकी नियामक संस्था सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसइसी) मा दायर गरेको कागजातमा उनले ट